चिकित्सकले मृत घोषित गरेका शिशु दाह संस्कारमा रोएपछि…



चिकित्सकले मृत घोषित गरेका एक शिशु दाह संस्कारको तयारीका क्रममा चिच्चाउन थालेपछि टर्कीका एक दम्पत्ति चकित परेका छन् । टर्कीको युरिजिर स्टेट हस्पिटलका चिकित्सकहरूले शिशु जन्मिँदै मृत भएको बताएपछि ३२ वर्षीया मेलिक सेर्ट र उनका ३४ वर्षीया हसन सर्ट विक्षिप्त बनेका थिए ।

पाँच महिनामा यही २ जनवरीमा जन्मिएका ती शिशु जन्मँदै मृत भएको भन्दै चिकित्सकहरूले ‘मृत्युको प्रमाण पत्र’ दिएका थिए । शिशुको समय नपुगी जन्मिएको अर्थात्र मिसक्यारिज भएको चिकित्सकहरूले बताएका थिए ।

चिकित्सकले दिएको प्रमाणपत्र गोजीमा राखेर बाबु शिशुलाई पुर्न खाल्डो खनिएको स्थानतर्फ कारमा जाँदै थिए । जाने क्रममा अकस्मात कारभित्र शिशु चिच्याउन थाले । शिशु रुन थालेपछि उनले तत्कालै गाडी अस्पताल फर्काएका थिए, जहाँ उनी अहिले जीवन र मृत्युको दोसाँधमा संघर्षरत छन् ।

शिशुलाई जोगाउन तत्काल रगत आवश्यक परेको चिकित्सकले बताएका छन् । शिशु जन्मिनु एक महिनाअघि आमा गम्भीर बिरामी परेकी थिइन् ।

यो पनि

आफ्नै विज्ञापन गरेर प्रेमिकाको खोजी

इतिहासमा आज : बृहस्पतिलाई घुम्ने नयाँ तारा फेलादेखि फ्रान्सको व्यंग्य पत्रिकामा हमला



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

अमेरिकाको प्रान्तीय राज्य अलाबामामा चिकित्सकहरूले वंशानुगतरूपमा परिवर्तन गरिएको सुँगुरको किड्नी एउटा ब्रेन डेड मानिसमा सफलतापूर्वक प्रत्यारोपण गरेका छन् । अलाबामा

सुन, चाँदी, हीरा र मोतीका गहना लगाउन सबैलाई रहर लाग्छ । यो एकदमै महँगो पनि हुन्छ । भर्खरै यस्तो रत्नको

केप टाउन । दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र बिरालोमा पनि कोभिड-१९ देखिएको छ। कोभिड संक्रमित ती दुबै जनावारहरूमा पनि

नासाका एक वैज्ञानिकले बृहस्पति जस्तो अर्को ग्रह पत्ता लगाएका थिए । जुन एक्सोप्लानेटको पिण्ड सूर्यको बराबर छ । अमेरिकाको अन्तरिक्ष

Suggested