English

यस्ता गल्तीले सधैँ घरलाई फोहोर बनाउँछ



घर सधैँ सफा र व्यस्थित होस् भन्ने हामी सबैको चाहना हुन्छ । तर, घरलाई अझ सुन्दर बनाउने प्रयासमा हामी केही यस्ता गल्ती गर्छौं जसले घरलाई झन् अस्तव्यस्त बनाउँछ । कहिलेकाहीँ हामी आफ्नो घरलाई आवश्यकभन्दा बढी सजाउँछौं र हामी यस्ता चिजहरू किन्छौँ जसले घरलाई झन् अस्तव्यस्त बनाउँछ । त्यसैले, आजको यो लेखमा हामी तपाईंलाई यस्ता कुराहरूको बारेमा बताउन गइरहेका छौँ, जसले घरलाई फोहोर बनाउन सक्छ ।

धेरै तकियाको प्रयोग गर्नु

धेरै संख्यामा तकियाको प्रयोग गर्ने धेरै मानिसहरू छन् । आफ्नो घरको ओछ्यान र सोफामा धेरै कुसन तथा तकियाहरूको प्रयोग गर्दा भद्रगोल देखिन्छ । तकियाका कारण हामीले सहज महसुस गर्छौं तर, यसको धेरै प्रयोगले घरलाई फोहोर गराउँछ । साथै, यसले घरलाई अव्यवस्थित देखाउन सक्छ ।

आवश्यकभन्दा बढी सजावट गर्नु

घरलाई सुन्दर बनाउनका लागि सजावट गर्नु धेरै आवश्यक हुन्छ तर कुनै कुराको अत्यधिक प्रयोग हानिकारक हुन सक्छ र घरको सजावट पनि बिग्रन सक्छ । जब हामीले कतै डेकोरेटिभ सामानहरू देख्छौँ, त्यसलाई किन्न मन लाग्छ । अझ विशेषगरी, घरमा ठाउँको समस्या छ भने त यी सजावटी सामानहरूले घरलाई असंगठित नै बनाउँछ । जसले गर्दा रुम सफा गर्न पनि धेरै समय लाग्छ । यसले घरलाई अस्तव्यस्त पनि बनाउँछ ।

धेरै कम्बलको प्रयोग

कम्बलले जाडोयाममा घरलाई न्यानो अनुभूति दिलाउँछ । तर, धेरै कम्बल हुनु वा तिनीहरूलाई राम्ररी नराख्नाले घरलाई फोहोर देखाउन सक्छ । यदि, तपाईहरू कम्बल किन्दै हुनुहुन्छ भने पहिला यो विचार गर्नुहोस् कि तिनीहरू घरको सजावटसँग मेल खाने हुनुपर्दछ । साथै, आवश्यकभन्दा बढी नकिन्नुहोस् यसले घरलाई फोहोर बनाउँछ ।

यो पनि…
इन्टेरियर डेकोरेसनले घरलाई सुन्दर बनाउनुहोस
बाथरूमकाे सरसफाइले देखाउँछ घरको सुन्दरता



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

यमपञ्चकको दोस्रो दिन आज कुकुरको पूजा गरी कुकुर तिहार मनाइएको छ। वैदिक सनातन धर्ममा कुकुरलाई विशेष महत्व दिएर हेरिन्छ ।

जीवनमा समय धेरै महत्त्वपूर्ण छ । जीवनमा समयले मात्र सही बाटो देखाउँछ तर यसका लागि समयको सही दिशा हुनु आवश्यक

सोफाले हाम्रो बैठक कोठालाई आकर्षक बनाउने काम गर्छ। पाहुनाहरू घरभित्र पस्दा सबैभन्दा पहिले बैठक कोठाको सोफालाई ध्यान दिन्छन् । साथै,