English

रोगसँग लड्न यी वस्तु उपभोग गर्नुहोस्



हरेक मानिसको शरीरमा रोग प्रतिरोधात्मक तन्त्र नामको संयन्त्र हुन्छ । जसले ब्याक्टेरिया, भाइरस आदिबाट शरीरलाई टाढा राख्छ । रोग प्रतिरोधात्मक तन्त्रले शरीरमा सम्भावित रोगको संक्रमणबाट रक्षा गर्छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि खानपान र दिनचर्या निकै महत्त्वपूर्ण हुन्छ । त्यसो त हाम्रो भान्सामा यस्ता खानेकुरा उपलब्ध हुन्छन्, जसले रोगसँग लड्ने क्षमता बढाउँछ ।

कागती
कागतीले एक डिटाक्सिफायरको रूपमा काम गर्छ । नियमित रूपमा हरेक बिहान कागती पानी सेवन गर्नुपर्छ । जसले शरीरमा रहेको विषाक्त पदार्थ बाहिर निकाल्छ ।

प्याज

प्याजमा फ्लेवेनाइड्स नामको तत्त्व सामेल हुन्छ, जसले हाम्रो शरीरको धमनीमा विशाक्त तत्त्व जम्मा हुन दिँदैन । यसले सुन्निने समस्या आउन दिँदैन । त्यसैले प्याजको सेवन शरीरको लागि लाभदायक हुन्छ । यसलाई तरकारीमा मिसाएर वा सलादको रूपमा काँचो खान सकिन्छ ।

च्याउ

च्याउमा एन्टिअक्सिडेन्ट भरपुर मात्रामा हुन्छ । यसले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ । च्याउमा भिटामिन डी, बी–१, बी–३, बि–५, बी–६ आदि पाइन्छ । यसले हड्डीलाई पनि बलियो बनाउँछ । तौल घटाउन र सुगर लेबल सही राख्नका लागि च्याउ उपयोगी हुन्छ ।

लसुन

लसुनले हाम्रो शरीरमा ब्लड प्रेसर कम गर्छ । यसमा हुने एन्टिक्यान्सर र एन्टिअक्सिडेन्टले शरीरको विषाक्त तत्त्व बाहिर निकाल्छ । नियमित रूपमा हरेक बिहान उठ्नासाथ खाली पेटमा लसुन सेवन गर्नुपर्छ । यसले श्वास नलीको समेत सफाइ गर्छ ।

बेसार

बेसार एन्टिअक्सिडेन्टको राम्रो श्रोत हो । यसले रगत शुद्ध बनाउने काम गर्छ । साथै शरीरको रूप र रंगमा सुधार ल्याउन पनि बेसार उपयोगी हुन्छ । यसले क्यान्सरदेखि अल्जाइमरसम्मका रोगबाट मुक्त गराउने क्षमता राख्छ । बेसारमा रहेको करक्युमिन नामक तत्त्वले रगतमा सुगरको स्तर नियन्त्रण गर्छ।

पानी

पर्याप्त मात्रामा पानीको सेवन गर्नुपर्छ । यसले गर्दा मृगौलाको कार्य प्रणाली चुस्तदुरुस्त रहन्छ । शरीरको विषाक्त पदार्थ बाहिर जान्छ । यसले प्रतिरोधात्मक क्षमता बढ्छ ।

यसका साथै व्यायाम गर्ने र पर्याप्त निद्रा लिनुपर्छ । यदि राम्ररी निन्द्रा पुगेन भने पनि शरीरको रोगसँग लड्ने क्षमता कमजोर हुन्छ । शरीर र मस्तिष्कले सहि ढंगले काम गर्नका लागि ६ देखि ८ घण्टाको निद्रा आवश्यक छ ।

यो पनि
यी फलफूलले राख्छ सधैं फिट



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested