English

यी फलफूलले राख्छ सधैं फिट



आजकल बढ्दो तौल हरेक व्यक्तिको लागि ठूलो समस्या भएको छ । यो समस्याबाट छुटकारा पाउन मानिसहरू कहिले जिमको सहारा लिन्छ त कहिले डाइटिङ । यति गर्दा पनि तौल नघटेर निराश हुनेको सङ्ख्या पनि धेरै छ ।

तौल कम गर्नको लागि फलफूललाई आफ्नो आहारमा समावेश गर्न सकिन्छ । यी फलफूलमा भिटामिन, फाइबर र अन्य धेरै पोषक तत्त्वहरू पाइन्छ, जसले तौल घटाउन मद्दत गर्छ ।
स्याउ
स्याउमा क्यालोरी कम हुन्छ र खनिज, प्रोटिन, एन्टिअक्सिडेन्ट र फाइबर प्रशस्त हुन्छ । स्याउलाई स्वस्थ फलफूलमध्ये एक मानिन्छ जुन तौल घटाउनुका साथै मस्तिष्कको स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । यसका साथै स्याउले पाचन क्रियालाई राम्रो बनाउन पनि मद्दत गर्छ ।
खरबुजा
तौल घटाउने सोचमा हुनुहुन्छ भने गर्मी मौसममा तरबुजा र खरबुजाजस्ता फलफूलको सेवन गर्नुहोस् । यी फलफूलमा पानीको मात्रा धेरै हुनुका साथै क्यालोरीमा पनि निकै कम हुन्छ ।

यसबाहेक यी फलफूलमा फाइबर, एन्टिअक्सिडेन्ट, पोटासियम, भिटामिन ‘सी’, बिटा क्यारोटिन, लाइकोपिन जस्ता पोषक तत्त्वहरू प्रशस्त मात्रामा हुन्छ । तौल घटाउन यी फलफूलको सलाद वा जुस बनाएर पिउन सकिन्छ ।
मेवा
मेवामा फाइबर, भिटामिन ‘सी’ र भिटामिन ‘ए’ प्रचुर मात्रामा पाइन्छ । मेवा पाचनका लागि राम्रो हुन्छ र यसले कलेजोलाई डिटक्सिफिकेसन पनि गर्छ । यसमा पाइने फाइबरले पेटलाई स्वस्थ राख्नुका साथै तौल घटाउन मद्दत गर्छ । मेटाबोलिजमलाई दैनिक आहारमा समावेश गर्दा मेटाबोलिजम बढ्छ ।
सुन्तला
सुन्तलामा भिटामिन ‘सी’, फाइबर प्रचुर मात्रामा पाइन्छ जसले तौल घटाउन धेरै मद्दत गर्छ । भिटामिन ‘सी’ स्वास्थ्यका लागि धेरै किसिमले फाइदाजनक हुन्छ । यसले मुटुको रोगबाट बचाउँछ र तौल घटाउन पनि मद्दत गर्छ । तौल घटाउन महिलाले दैनिक ७५ मिलिग्राम भिटामिन ‘सी’ र पुरुषले ९० मिलिग्राम भिटामिन ‘सी’ खानुपर्छ ।
स्ट्रबेरी
स्ट्रबेरीमा प्रशस्त मात्रामा फाइबर हुन्छ । यो फल पनि तौल घटाउनको लागि राम्रो मानिन्छ । फाइबरले अत्यधिक भोक लाग्नबाट जोगाउँछ जसले गर्दा व्यक्ति अस्वस्थ वा जङ्कफुड खानबाट बच्न सकिन्छ ।

यो पनि
उल्टो हिँड्दा हुने फाइदा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested