यी फलफूलले राख्छ सधैं फिट



आजकल बढ्दो तौल हरेक व्यक्तिको लागि ठूलो समस्या भएको छ । यो समस्याबाट छुटकारा पाउन मानिसहरू कहिले जिमको सहारा लिन्छ त कहिले डाइटिङ । यति गर्दा पनि तौल नघटेर निराश हुनेको सङ्ख्या पनि धेरै छ ।

तौल कम गर्नको लागि फलफूललाई आफ्नो आहारमा समावेश गर्न सकिन्छ । यी फलफूलमा भिटामिन, फाइबर र अन्य धेरै पोषक तत्त्वहरू पाइन्छ, जसले तौल घटाउन मद्दत गर्छ ।
स्याउ
स्याउमा क्यालोरी कम हुन्छ र खनिज, प्रोटिन, एन्टिअक्सिडेन्ट र फाइबर प्रशस्त हुन्छ । स्याउलाई स्वस्थ फलफूलमध्ये एक मानिन्छ जुन तौल घटाउनुका साथै मस्तिष्कको स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । यसका साथै स्याउले पाचन क्रियालाई राम्रो बनाउन पनि मद्दत गर्छ ।
खरबुजा
तौल घटाउने सोचमा हुनुहुन्छ भने गर्मी मौसममा तरबुजा र खरबुजाजस्ता फलफूलको सेवन गर्नुहोस् । यी फलफूलमा पानीको मात्रा धेरै हुनुका साथै क्यालोरीमा पनि निकै कम हुन्छ ।

यसबाहेक यी फलफूलमा फाइबर, एन्टिअक्सिडेन्ट, पोटासियम, भिटामिन ‘सी’, बिटा क्यारोटिन, लाइकोपिन जस्ता पोषक तत्त्वहरू प्रशस्त मात्रामा हुन्छ । तौल घटाउन यी फलफूलको सलाद वा जुस बनाएर पिउन सकिन्छ ।
मेवा
मेवामा फाइबर, भिटामिन ‘सी’ र भिटामिन ‘ए’ प्रचुर मात्रामा पाइन्छ । मेवा पाचनका लागि राम्रो हुन्छ र यसले कलेजोलाई डिटक्सिफिकेसन पनि गर्छ । यसमा पाइने फाइबरले पेटलाई स्वस्थ राख्नुका साथै तौल घटाउन मद्दत गर्छ । मेटाबोलिजमलाई दैनिक आहारमा समावेश गर्दा मेटाबोलिजम बढ्छ ।
सुन्तला
सुन्तलामा भिटामिन ‘सी’, फाइबर प्रचुर मात्रामा पाइन्छ जसले तौल घटाउन धेरै मद्दत गर्छ । भिटामिन ‘सी’ स्वास्थ्यका लागि धेरै किसिमले फाइदाजनक हुन्छ । यसले मुटुको रोगबाट बचाउँछ र तौल घटाउन पनि मद्दत गर्छ । तौल घटाउन महिलाले दैनिक ७५ मिलिग्राम भिटामिन ‘सी’ र पुरुषले ९० मिलिग्राम भिटामिन ‘सी’ खानुपर्छ ।
स्ट्रबेरी
स्ट्रबेरीमा प्रशस्त मात्रामा फाइबर हुन्छ । यो फल पनि तौल घटाउनको लागि राम्रो मानिन्छ । फाइबरले अत्यधिक भोक लाग्नबाट जोगाउँछ जसले गर्दा व्यक्ति अस्वस्थ वा जङ्कफुड खानबाट बच्न सकिन्छ ।

यो पनि
उल्टो हिँड्दा हुने फाइदा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

विश्व पर्यटन दिवस २०२३ को अवसरमा च्यासा मंका खंलले धिमे बाजाको धुनमा नेवारी लोकप्रिय गीत ‘सचिका चिना’ प्रस्तुत गरेर सहभागी

हरेक वर्ष सेप्टेम्बर २९ का दिन विश्व मुटु दिवस मनाउँदै आइएको छ । नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रमहरू आयोजना गरी

४४औँ विश्व पर्यटन दिवसको अवसरमा बुधवार राजधानीस्थित कीर्तिपुरमा ‘संरक्षणको लागि साँझपखको हिँडाइ’ सम्पन्न भएको छ । कार्यक्रममा संरक्षण विज्ञ अनिल

मंगलबार साँझ हिमालयन उद्धार संघको व्हाट्सएप ग्रुपमा बुधबार बिहान पाटनढोकामा हुने ४४ औँ विश्व पर्यटन दिवस ‘प्रभातफेरी’ मा सहभागी हुन