English

घरलाई कसरी सुगन्धित बनाउन सकिन्छ ?



केही घरहरूमा अक्सर अनौठो गन्ध आउने गर्छ । जुत्ता, र्याक, डस्टबिन, भिजेको तौलिया, सोफाजस्ता चिजहरूका कारण गन्ध आउन सक्छ । केही चिजहरू सफा गर्न सजिलो भए पनि केही गाह्रो हुन्छ । जसले गर्दा गन्ध हट्नुको सट्टा झन् बढ्छ । आज हामी तपाईंलाई घरलाई सधैँ सुगन्धित राख्न केही उपायहरू बताउँदै छौँ ।

मैनबत्ती वा कपूर राख्नुहोस्

घरको कुनामा राखिएको स्टयान्ड वा टेबुलमा सुगन्धित मैनबत्तीहरू राख्दा घरमा सधैँ राम्रो सुगन्ध फैलिन्छ । मैनबत्तीलाई प्रत्येक कोठामा राख्न पनि सक्नुहुन्छ ।

यसैगरी, कपूरको धूपले पनि घरलाई सुगन्धमय बनाउँछ ।

गलैँचा सफा राख्नुहोस्

घरमा अनौठो गन्ध आउनुका प्रमुख कारण घरमा हुने गलैँचा पनि हो । त्यसैले, समय–समयमा सफा गर्नु धेरै महत्वपूर्ण हुन्छ । गलैँचा सफा गर्नका लागि यसमा बेकिंग सोडा छर्केर भ्याकुमले सफा गरी स्प्रे गर्न सकिन्छ ।

इन्डोर प्लान्टस रोप्नुहोस्

घरभित्र बोटबिरुवाहरू राख्नले हावा शुद्ध हुन्छ र घरमा राम्रो सुगन्ध पनि आउँछ । यसमा लिली, जस्मिन, गार्डेनिया जस्ता धेरै बिरुवाहरूलाई स्थान दिन सकिन्छ ।

फोहोरलाई डस्टविनमा राख्नुहोस्

हामीले डस्टविनमा अण्डा, बाँकी रहेको दाल, खराब तरकारी र बोक्रा जस्ता धेरै चिजहरूलाई फालिरहेका हुन्छौँ । जसकारण केही समयपछि घरमा धेरै गन्ध आउने गर्छ । त्यसैले, यस्ता वस्तुलाई भान्साबाहिर राख्न सक्नुहुन्छ ।

यो पनि…
घर बनाउने सपना, ‘गुरु’ ले पार्छ साकार

इन्टेरियर डेकोरेसनले घरलाई सुन्दर बनाउनुहोस



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

Latest










Popular
Suggested