English

प्रचार-प्रसारको अभावमा गुमनाम सुजेपु झरना



तेह्रथुमको लालीगुराँस नगरपालिका-९ मा रहेको सुजेपु झरना प्रचारप्रसार तथा संरक्षणको अभावमा गुमनाम बन्दै गएको छ । मध्यपहाडी लोकमार्गनजिकै रहेको यो झरना पर्यटकीय रूपमा प्रचुर सम्भावना बोके पनि संरक्षण र प्रचार-प्रसार नहुँदा गुमनाम झैँ बनेको हो ।

वसन्तपुर बजार, लसुने, काँडे हुँदै पुग्न सकिने यो झरनामा सवारी साधानको यात्रापछि करिब आधा घण्टाको पैदल हिँडेपछि पुग्न सकिन्छ । झरनालाई पर्यटकीय रूपमा विकास गर्न स्थानीयवासीहरू संरक्षणमा जुट्दै आएको स्थानीय दिलकुमार लिम्बूले बताए । उनी भन्छन्- ‘यो झरना पर्यटकीय रूपमा विकास गर्न हामी स्थानीयले चासो दिँदै आएका छौँ । तर, प्रचार-प्रसारको अभावले खासै चर्चामा आएको छैन । यो झरनालाई पर्यटकीय रूपमा विकास गर्ने हो भने तेह्रथुम थप पर्यटकीय गन्तव्य बन्नेछ ।’

ग्रामीण स्तरमा लुकेर रहेका, तर सम्भावना बोकेका ऐतिहासिक तथा पर्यटकीय गन्तव्यहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ हामीले यो झरनासहित तेह्रथुमको विभिन्न पर्यटकीय स्थलहरूमा चलचित्र छायांकन गरेका छौ

केही साताअघि मात्र झरनालाई पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली कथानक चलचित्र ‘तिमी कसकाे ?’ यहाँ छायांकन गरिएको चलचित्रका निर्माता तथा निर्देशक जीवन श्रेष्ठले बताए । ‘ग्रामीण स्तरमा लुकेर रहेका, तर सम्भावना बोकेका ऐतिहासिक तथा पर्यटकीय गन्तव्यहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ हामीले यो झरनासहित तेह्रथुमको विभिन्न पर्यटकीय स्थलहरूमा चलचित्र छायांकन गरेका छौ,’ श्रेष्ठले भने ।

६५ मिटर लामो झरना आफैँमा सौन्दर्यताले भरिपूर्ण छ । पर्यटकीय रूपमा प्रचुर सम्भावना रहे पनि सरकारको आँखा पुगेको छैन । झरनाको प्रचार-प्रसारसँगै स्थानीयवासी संरक्षणमा जुट्दै आएको स्थानीय नविन भट्टराईले बताए । ‘झरनालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सरकारले पनि सहयोग गर्छ भन्ने आशा छ । यो झरना स्थानीयको मात्र नभई तेह्रथुमकै गहना भएकाले संरक्षणमा चासो देखाउन सरकारसँग आग्रह गर्छु, ’ उनले भने ।

झरनालाई प्रचार-प्रसारसँगै संरक्षणमा जुट्दै पर्यटकहरू भित्र्याउने हो भने यहाँको स्थानीय उत्पादनमा समेत प्रवर्द्धन गर्ने टेवा पुग्नेछ । सरकार ठुल्ठूला विकास निमार्णहरूमा जुटिरहेको बेला यी र यस्ता पर्यटकीय गन्तव्यको विकासमा पनि ध्यान पुर्‍याउनुपर्ने देखिन्छ ।

यो पनि…
पातलिँदै गए परम्परागत ढुङ्गे घर
राजदूतको साइकल यात्रामा देखिएको पोखरा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

भजनी, कैलालीमा छन्, गुलेली बाजे । उमेरले ८८ वर्ष । कुनै बेला यस्तो पनि थियो जतिबेला उनी गुलेली लिएर शिकारमा

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली

शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या

Latest










Popular
Suggested