English

राजदूतको साइकल यात्रामा देखिएको पोखरा



बेलायती राजदूत निकोला पोलिटले पोखरा-३१ स्थित वेगनास फेरोमा साइकल यात्रा गरेकी छिन् । साइकल सिटी पोखराको समन्वय र सुदृढ परियोजनाको आयोजनामा उनले वेगनास फेरोको करिब १० किलोमिटर साइकल यात्रा गरेकी हुन् ।

पोखरा महानगरपालिकाको कार्बन न्युटल डेभलपमेन्ट पथ कार्यक्रममा सहभागी हुन पोखरा आएकी उनले कार्यक्रममा सहभागी हुनुपूर्व वेगनास फेरोमा साइकल यात्रा गरेको सृदृढ परियोजना पोखराका संयोजक होमनाथ गैह्रेले जानकारी दिए ।

उनका अनुसार पोलिटले आज बिहान साइकल सिटीका २० जना सदस्यसँगै लेखनाथका विभिन्न तालको दृश्यावलोकनसहित साइकल यात्रा गरेकी हुन् । पोलिटले आफ्नो साइकल यात्राबारे अनुभव सुनाउँदै भनिन्, ‘सोमबारको बिहान निकै रमाइलो भयो । माछापुच्छ्रे सुन्दर दृश्य हेर्दै वेगनास वरिपरिको साइकल यात्रा मेरो लागि निकै रोमाञ्चक र अविस्मरणीय बन्यो ।’

कोभिड-१९ का कारणले विश्वव्यापी रूपमै पर्यटन क्षेत्रमा गम्भीर असर पारेको जनाउँदै उनले अब भिसा प्रोटोकल लुज हुँदै र कोरोना संक्रमण दर घट्दै गएपछि नेपालमा पर्यटकको सङ्ख्या बढ्ने विश्वाससमेत व्यक्त गरिन् ।

पोलिटले भनिन्, ‘नेपाल भूबनोटले असाध्यै सुन्दर छ, यहाँका मानिसहरूका आत्मीयता निकै लोभलाग्दो छ । कोरोना कम हुँदै गएपछि धेरैको रोजाइको शहर पोखरा बन्ने छ ।’

उनले पर्यटकलाई साइकल रूटका बारेमा जानकारी दिन सके र साइकलमैत्री पूर्वाधार बनाउन सके पर्यटन प्रवर्द्धन हुँदै जाने विश्वास व्यक्त गरिन् । सो अवसरमा उनले नेपाल व्रिटिशको कूटनीतिक सम्बन्ध धेरै राम्रो भएको र बेलायतमा नेपाललाई हेर्ने दृष्टिकोण पनि निकै सकारात्मक रहेको बताइन् ।

उनले भनिन्, ‘नेपाल भूबनोटले असाध्यै सुन्दर छ, यहाँका मानिसहरूका आत्मीयता निकै लोभलाग्दो छ । कोरोना कम हुँदै गएपछि धेरैको रोजाइको शहर पोखरा बन्ने छ ।’ उनले नेपालमा धेरै सुन्दर ठाउँहरू रहेको यसको प्रवर्द्धनको आवश्यक रहेको बताइन् ।

उनले व्रिटिशहरूले नेपालका अग्लाअग्ला पहाड हेर्न र हिमाल आरोहण गर्न निकै मन पराउने गरेको बताइन् । राजदूत पोलिटले जलवायु परिवर्तनले नेपालको हिमालयन क्षेत्रमा परेको असरलाई पनि बेलायत सरकारले निकै चासोका रूपमा लिएको बताइन् ।

साइकल सिटी पोखराका अध्यक्ष अभिषेक कोइरालाले लेखनाथको लामास्वाराँदेखि रामदीवेगनास, सुन्दरीडाँडा हुँदै वेगनास फेरोको साइकल यात्रा गरेको जानकारी दिए । राजदूतको साइकल यात्राले यस क्षेत्रको प्रचार-प्रसारमा सकारात्मक भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे ।

‘उहाँले साइक्लिङका क्रममा हामीसँग निकै रमाइलो अनुभव साट्नुभयो, सुन्दर दृश्यवलोकनसहित उहाँले निकै सकारात्मक सन्देश दिने भिडियो पनि खिच्नुभएको छ । यसले हामीलाई निकै उत्साहित बनायो ।’

उनले व्रिटिशहरूले नेपालका अग्लाअग्ला पहाड हेर्न र हिमाल आरोहण गर्न निकै मन पराउने गरेको बताइन् । पोलिटले जलवायु परिवर्तनले नेपालको हिमालयन क्षेत्रमा परेको असरलाई पनि बेलायत सरकारले निकै चासोका रूपमा लिएको बताइन् ।

कोइरालाका अनुसार केही समयअघि वेगनास फेरोमा साइक्लिङ गरेका तस्बिर साइकल सिटी सचिव जय गुरुङले ट्विटरमा पोष्ट गरेको देखेपछि राजदूतले रुचि देखाएर सो साइकल रुटका बारेमा जानकारी लिएकी थिइन् ।

सचिव गुरुङका अनुसार साइकल सिटीले पोखरालाई प्रवर्द्धन गर्नका लागि ‘टुर दी पोखरा’ सँगै नयाँ वषर्मा ‘नयाँ ठाउँ एक गन्तव्य’ कार्यक्रम गर्दै आएको छ । पोखरा पर्यटकीय सहर भएकाले साइकल मैत्री सहर बनाउनुपर्छ भन्ने अवधारणा अघि सार्दै पोखराका विभिन्न २१ स्थानहरूमा साइकल स्ट्यान्ड राखेको छ ।

त्यसैगरी बाढीपहिरा पीडितलाई सहयोग, वृक्षारोपण, रक्तदानलगायत सामाजिक एवम् वातावरण मैत्री कार्यक्रम पनि गर्दै आएको साइकल सिटीमा एक सयभन्दा बढी सदस्य रहेका छन् । साततालको फेरोको ७४ किलोमिटरको साइकल मार्गको प्राजेक्टका लागि पनि काम गर्ने तयारी भएको उनले जानकारी दिए ।

यो पनि
गाईपालनले बढायो आत्मविश्वास



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो