English

पहिलोपटक यौनसम्पर्क गर्दा के–के कुरामा ध्यान दिने ?



पहिलोपटक सेक्स गर्नेबेला पुरुष होस् वा महिला दुवै आत्तिने गर्छन् । उनीहरूमा एकप्रकारको डर सिर्जना हुन्छ । पहिलोपटक सेक्स गर्दा डर सिर्जना नहोस् भनेर केही कुरामा ध्यान दिनु जरुरी छ । विशेषगरी, पुरुषहरूले पहिलोपटक सेक्स गर्दा यी कुरामा ध्यान दिनुपर्छ ?

कन्डम लगाउने

यदि, पहिलोपटक सेक्स गर्दै हुनुहुन्छ भने दिमागमा कुनै पनि डर राख्नु हुँदैन । साथैल कन्डम लगाउन भने नबिर्सिनुहोस् । किनकि, कन्डमले एचआईभी संक्रमण, गर्भ रहनबाट जोगाउँछ ।

हरपल रोमान्चित रहने

खासगरी, पहिलोपटक सेक्स गर्नेबेला पुरुषहरूले आफ्नो राम्रो भूमिका प्रदर्शन गर्नुपर्छ । यदि, तपाईं सेक्स गर्ने मुडमा हुनुहुन्छ र पार्टनर पनि त्यसको लागि राजी छ भने नर्भस नभइकन त्यसको इन्जोए गर्नुहोस् ।

धैर्यता अपनाउने

सेक्सको लागि तयार हुँदा हतार नगर्नुस् । बरु पार्टनरलाई पनि सेक्सको लागि तयार हुन दिनुस् । तर, तपाईको पार्टनरलाई जे राम्रो लाग्छ त्यो कुरा मात्रै गर्नुस् ।

पार्टनरको चाहनालाई ध्यानमा राख्ने

आफ्नो पार्टनरले के चाहन्छ, के चाहँदैन भन्ने कुरा बुझ्नु जरुरी हुन्छ । नवविवाहित जोडीलाई सबैभन्दा अप्ठेरो पर्ने कुरा नै यही हो । आजभोलि बिहेअघि नै धेरैजसोको चिनजान र धेरैपटक भेटघाट भइसकेको हुन्छ । यस्तो बेला एक–अर्काको भावना साटासाट त हुन्छ । तर, बेडरूममा अर्थात् सेक्स गर्ने बेला के मन पर्छ के मन पर्दैन भन्ने कुरा बुझ्नु अत्यत्न जरुरी हुन्छ । यसका लागि सेक्स गर्नुअघि आफ्नो पार्टनरसँग सेक्सको बारेमा खुलेर कुराकानी गर्न सकिन्छ ।

यो पनि
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो

काठमाडौंका धीरज बस्नेत र आर्थिक बस्नेत पुरुष समलिङ्गी जोडी हुन् । उनीहरूले ६ महिनाअघि विवाह गरे । करिब डेढ वर्षको

‘रक्तदान महादान, रक्तदान जीवनदान’ भन्ने नारालाई आत्मसात गर्दै बुटवलस्थित भिमसेन नेवाः मयजु पुचले शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ

पुरुषबाट महिला बलात्कार भएका घटना थुप्रै सुनिन्छ । तर, महिलाले पुरुषलाई बलात्कार गरेको घटना खासै सुनिँदैन/बाहिर आउँदैन । के महिलाले