English

कण्डमको प्रयोग गर्दा नगर्नुहोस् यस्ता गल्तीहरू



मानिसहरू सम्भोगको समयमा यौन रोगबाट बच्न वा अनावश्यक गर्भावस्थाबाट बच्न कण्डमको प्रयोग गर्छन् । तर, तपाईंले गलत तरिकाले कण्डमको गरिरहनुभएको त छैन ? सही तरिकाले कण्डमको प्रयोग गर्दा मात्रै पूर्ण सन्तुष्टिका साथै, यौन रोगबाट बच्न सकिन्छ । कण्डमको प्रयोग गर्दा नगर्नुहोस् यस्ता गल्तीहरू ।

प्याकेटलाई दाँतले टोकेर निकाल्ने

कण्डमको प्याकेटलाई दाँत वा नङले कण्डमको प्याकेट खोल्ने गल्ती नगर्नुहोस् । तपाईले दाँत वा नङले कण्डमको प्याकेट खोल्दा फुट्न र बिग्रिन सक्छ । त्यसैले, दाँतले कण्डमको प्याकेटलाई खोल्ने कुरामा सावधान रहनुहोस् ।

सस्तो र कमसल कण्डम

कण्डम किन्नुअघि कमसल, च्यातिएको वा काटिएको छ कि छैन भनेर जाँच्नुहोस् । सस्तो कण्डमले यौनरोग बढाउँछ, यस्तो कण्डमको प्रयोग गर्नुको कुनै अर्थ रहँदैन । साथै, एक्सपाइरी डेट नसकिएको कण्डम मात्र किन्नुहोस् ।

सम्भोगको बीचमा कण्डमको प्रयोग

प्रायः पुरुषहरू सम्भोग शुरु गरेपछि बीचमा कण्डम लगाउँछन्, यसो गर्दा दुवै जनालाई यौन रोगको जोखिम हुन सक्छ । त्यसैले, सधैँ कण्डमको प्रयोग गरेर मात्र सम्भोग शुरु गर्नुहोस् ।

कण्डमको पुनः प्रयोग

सम्भोगको क्रममा स्खलन नभएमा सोही कण्डम फेरि प्रयोग गर्ने गल्ती नगर्नुहोस् । यस्तो गल्तीले दुवैलाई संक्रमण हुन सक्छ । एउटै कण्डमको पुनः प्रयोग गर्दा फुटेर गर्भ रहन सक्छ ।

यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : अधिकांश नेपालीहरूका लागि दशैँ भनेको पुस्तौँदेखि चलिआएको परम्परा धान्न घर फर्कने र परिवारसँग भेटघाट गर्ने समय हो। तर,

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

Latest










Popular
Suggested