English

कण्डमको प्रयोग गर्दा नगर्नुहोस् यस्ता गल्तीहरू



मानिसहरू सम्भोगको समयमा यौन रोगबाट बच्न वा अनावश्यक गर्भावस्थाबाट बच्न कण्डमको प्रयोग गर्छन् । तर, तपाईंले गलत तरिकाले कण्डमको गरिरहनुभएको त छैन ? सही तरिकाले कण्डमको प्रयोग गर्दा मात्रै पूर्ण सन्तुष्टिका साथै, यौन रोगबाट बच्न सकिन्छ । कण्डमको प्रयोग गर्दा नगर्नुहोस् यस्ता गल्तीहरू ।

प्याकेटलाई दाँतले टोकेर निकाल्ने

कण्डमको प्याकेटलाई दाँत वा नङले कण्डमको प्याकेट खोल्ने गल्ती नगर्नुहोस् । तपाईले दाँत वा नङले कण्डमको प्याकेट खोल्दा फुट्न र बिग्रिन सक्छ । त्यसैले, दाँतले कण्डमको प्याकेटलाई खोल्ने कुरामा सावधान रहनुहोस् ।

सस्तो र कमसल कण्डम

कण्डम किन्नुअघि कमसल, च्यातिएको वा काटिएको छ कि छैन भनेर जाँच्नुहोस् । सस्तो कण्डमले यौनरोग बढाउँछ, यस्तो कण्डमको प्रयोग गर्नुको कुनै अर्थ रहँदैन । साथै, एक्सपाइरी डेट नसकिएको कण्डम मात्र किन्नुहोस् ।

सम्भोगको बीचमा कण्डमको प्रयोग

प्रायः पुरुषहरू सम्भोग शुरु गरेपछि बीचमा कण्डम लगाउँछन्, यसो गर्दा दुवै जनालाई यौन रोगको जोखिम हुन सक्छ । त्यसैले, सधैँ कण्डमको प्रयोग गरेर मात्र सम्भोग शुरु गर्नुहोस् ।

कण्डमको पुनः प्रयोग

सम्भोगको क्रममा स्खलन नभएमा सोही कण्डम फेरि प्रयोग गर्ने गल्ती नगर्नुहोस् । यस्तो गल्तीले दुवैलाई संक्रमण हुन सक्छ । एउटै कण्डमको पुनः प्रयोग गर्दा फुटेर गर्भ रहन सक्छ ।

यो पनि
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested