English

पार्टनरसँग यी विषयमा कुरा गर्न ढिलो नगर्नुहोस्



कतिपय कुरा कसैलाई पनि भन्न नमिल्ने पनि हुन्छ । तर, केही यस्ता कुरा छन् जो आफ्नो पार्टनरलाई भन्न छुटाउनु हुँदैन । यस्ता कुरा लुकाउँदा दाम्पत्य जीवनै समस्यामा पर्न सक्छ । तसर्थ सुमधुर सम्बन्धका लागि जीवनसाथीलाई निम्न कुरा भन्नै पर्ने हुन्छ ।

पार्टनरसँगको अपेक्षा

पार्टनरसँग आफ्नो केही अपेक्षा छ भने त्यसलाई खुलस्त भन्न सक्नुपर्छ । पार्टनरबाट आफूले के–के अपेक्षा गरेको छ त्यसको बारेमा बताउन ढिलो गर्दा कुरा मनमै रहिरहन्छ ।

निजी काम र एकान्तता

विवाहअघि होस् वा प्रेम सम्बन्धमा, यदि कुनै निजी काममा जाँदै हुनुहुन्छ भने त्यसबारे पार्टनरलाई बताउन आवश्यक हुन्छ ।

साथै आफूलाई थोरै अलग राखेर एकान्तता खोज्नुभएको छ भने पनि यसलाई खुलस्त पार्टनरलाई भन्नुपर्ने हुन्छ । ताकि पछि यसका कारण कुनै द्वन्द्व सिर्जना नहोस् र सम्बन्धमा विश्वास रहिरहोस् ।

किनमेल

किनमेलका कुरामा पार्टनरबीच कुराकानी हुनुपर्दछ । साना वस्तुभन्दा पनि ठूलो बजेट वा महँगो चिज किन्दा यसको बारेमा पार्टनरलाई जानकारी गराउने र स्वीकृति लिनुपर्दछ । यसले खर्चको स्रोत र सम्बन्धमा आशंका पैदा हुनबाट बचाउँछ ।

परिवारको स्वभाव

विशेषगरी नयाँ सम्बन्ध गाँसिएपछि आफ्ना परिवारका सदस्यहरूको स्वभाव बारे पार्टनरलाई थाहा हुँदैन । तसर्थ यसबारे समय छँदै पार्टनरलाई सबैको स्वभावबारे बताउँदा यसले सम्बन्धमा अड्चन आउने खतरा कम हुन्छ ।

यौन सम्पर्क

कहिलेकाहीँ आफूलाई मुड नभएको बेलामा पनि पार्टनरले तर्पांलाई यौन सम्पर्कका बारेमा आग्रह वा कर गर्न सक्छन् । पार्टनरका लागि यो चाहना स्वभाविक भए पनि आफूलाई मुड छैन भने यस बारे खुलस्त भन्नुपर्ने हुन्छ । दुवैजना तयार नभएसम्म गरिने यौनसम्पर्क निरर्थक हुन्छ । त्यसैले, यसबारे भन्न अप्ठेरो मान्नुहुँदैन ।

यो पनि
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा

नेपालको सबभन्दा पुरानो, ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस इतिहासको सबैभन्दा कठिन मोडमा उभिएको छ । मुलुकमा भएका तीन ठूला आन्दोलनको

Latest










Popular
Suggested