English

‘सीप सिक्छौँ, आत्मनिर्भर बन्छौँ !’



जुम्लाका महिला सिप सिकेर स्वरोजगार बन्न थालेका छन् । चन्दननाथ नगरपालिकाभित्रका महिला सिप सिकेर स्वरोजगार बन्न थालेका हुन् ।

आर्थिक आयआर्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सिप सिक्न थालेको चन्दननाथ नगरपालिका ६ की संगीता रावलले बताइन् । उनले भनिन्, ‘सीप सिक्छौँ । आत्मनिर्भर बन्छौँ । आर्थिक आयआर्जनको क्रियाकलापमा प्रत्यक्ष संलग्न हुन्छौँ ।’

यो सिपले हाम्रो जीवनस्तरमा सुधार ल्याउने आशा गरेका छौँ, सानो लगानीमा पनि व्यवसाय गर्न सकिने भएकाले आर्थिक अवस्थामा सहयोग पुग्ने आशा गरेका हौँ ।

सामाजिक विकास कार्यालय जुम्लाले बेरोजगार महिलालाई स्वरोजगार सिर्जना गर्नका लागि एक महिने हाते होजियारी सिप सिक्ने व्यवस्था गरेको थियो ।

उनीहरुले टोपी र मोजा बुन्न सिकेका हुन् । अब घरमै बसेर टोपी र मोजा बुनेर नजिकैको बजारसम्म लैजाने तयारी उनीहरुले गरेका छन् । ‘यो सिपले हाम्रो जीवनस्तरमा सुधार ल्याउने आशा गरेका छौँ’, चन्दननाथ ४ की अमृता भारतीले थपिन, ‘सानो लगानीमा पनि व्यवसाय गर्न सकिने भएकाले आर्थिक अवस्थामा सहयोग पुग्ने आशा गरेका हौँ ।’

यसअघि चुलोचौको र पानीपँधेरामा सीमित हुने महिलाले सिप सिकेर आयआर्जन गरेर आत्मनिर्भरको बाटो रोजेका छन् ।

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्कीले सिप व्यावसायिक रुपले अगाडि बढाउन आग्रह गरे । सिकेको सीप निस्वार्थ हुने भएकोले बजारमा पाइने रेडिमेटभन्दा हातले बुनेका मोजा, टोपी बलियो र टिकाउ हुने बताए ।

सीप देखाएर उत्पादन गरे बजारको चिन्ता मान्नु पदैन, घरमै किन्न आउने वातावरण बन्छ । यो वातावरण बनाउनको लागि तयार हुनु अहिलेको आवश्यकता हो ।

‘सीप देखाएर उत्पादन गरे बजारको चिन्ता मान्नु पदैन, उनले भने, ‘घरमै किन्न आउने वातावरण बन्छ । यो वातावरण बनाउनको लागि तयार हुनु अहिलेको आवश्यकता हो ।’

सामाजिक विकास कार्यलय जुम्लाका प्रमुख तुलाराज चौलागाईंले विपन्न तथा आर्थिक रुपमा पछि परेका महिलाहरुको आयआर्जनमा सुधार ल्याउने हिसावले सिप प्रदान गरिएको बताए ।

प्रशिक्षक सरस्वती भारतीले एक महिनासम्म महिलालाई ऊनको धागोबाट टोपी र मोजा बुन्न सिकाइएको बताइन् ।

यो पनि
केराखेतीले फेरियो जिन्दगी
धान दिएर तरकारी साट्ने गाउँ



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख गरिएको छ ।

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो