English

धान दिएर तरकारी साट्ने गाउँ

धानसँग तरकारी साट्नेका दिन फेरिए


बर्दिबास–३ रजावासका मानबहादुर भट्टराई अहिले निकै खुसी छन् । भट्टराई केही वर्ष पहिला मात्र तरकारीको लागि धान साट्ने गर्थे । महँगोमा धान साट्नुपर्दा तरकारीभन्दा पनि धान कसरी उत्पादन हुन्छ भन्नेमा नै किसानहरूलाई चिन्ता हुने गथ्र्यो । दाल, साग तथा कुनै पनि तरकारी खानका लागि रजावासमा निकै समस्या बन्ने गरेको भट्टराईसँग सम्झना छ । ‘एक किलो तरकारी लिँदा तीन किलो धान दिनुपर्ने बाध्यताले किसानहरू तरकारी खानकै लागि धानको जोहो गर्नुपर्ने हुन्थ्यो ।’ उनी भन्छन् ।

सिँचाइको अभाव र खेती गर्ने तरिकाहरूको विषयमा खासै जानकार नहुँदा रजावास क्षेत्रमा बसोबास गर्ने प्रायः जसो किसानहरूको तरकारी लिने र धान दिने प्रक्रिया कयौँ वर्षसम्म चलिरह्यो । भट्टराईको पनि झन्डै एक पुस्ताले तरकारी खानका लागि धान उत्पादन गरे र जीविकोपार्जनको लागि यही प्रक्रियालाई अवलम्बन गरे ।

तर, भट्टराईका आजकाल दुःखका दिनहरू फेरिएका छन् । घर वरपर हरियाली छ । सुक्खा र पानीको अभावमा डढेलो जस्तो देखिने गाउँका बस्ती अहिले हरियाली बनेका छन् । करेसाबारीमा लहलह तरकारी उत्पादन भइरहेको छ, जसले धान साट्नबाट भट्टराईलाई मुक्ति दिलाएको छ ।

भट्टराईजस्तै हरिमायाका दिनहरू पनि रंगिन बनेका छन् । आकाशे पानीबाट धान उत्पादन हुने र त्यो पनि अपेक्षाकृत उत्पादन हुन नसक्दा हरिमायाले पनि कयौं वर्षसम्म उस्तै समस्या भोगिन् । तरकारीको चरम अभाव र धान दिनुपर्ने महँगो दबाबले जीवनयापनमा नै निकै समस्या बनेको भट्टराईकै जस्तो हरिमायासँग पनि नमिठो सम्झना छ ।

हरिमाया आजकाल आफ्नो करेसाबारीमा लगाएको हरियो तरकारी देखेर निकैबेर बगैँचामा नै हराउँछिन् । हरियो तरकारीको बोटमा लटरम्म फलेका सिमी, बोडी, साग, काउली देखेपछि कहिलेकाहीँ भावुक पनि हुन्छिन् ।

‘आफ्नो जीवनकालमा यस्तो होला भन्ने मैले सोचेको पनि थिइँन, सधैँभरि कसले तरकारी ल्याउला र धान साटौँला भन्दैमा बुढी भएँ । के गर्ने ?’ उनले भनिन् । तरकारी खोज्न चहार्दै हिँड्ने यस गाउँका किसानहरूले अहिले आफैँले उत्पादन गरेको तरकारी बजारसम्म पु¥याउँछन् ।

गाउँको दुःख देखेपछि सुविधा खोज्न गाउँबाट धेरै जना बसाइसराइ गरेको भट्टराई र हरिमायाले देखेका छन् । ‘अहिलेको अवस्था भएको भए कोही पनि बसाइ सर्नुपर्ने अवस्था आउँदैन्थ्यो होला,’ हरिमायाले भनिन् ।

करिब दुई सय घर बसोबास गर्ने यस गाउँमा अहिले सिँचाइको पर्याप्त सुविधा छ । विगत पाँच वर्षदेखि यहाँका हरेक किसानले न तरकारी खान धान साट्नुपरेको छ, न त धान उत्पादनको लागि चिन्ता नै लिनुपरेको छ । पर्याप्त सिँचाइको कारणले तरकारी मात्र लहलह हैन गाउँको रूप नै फेरिएको छ ।

स्थानीय सरकार निर्वाचित भएपछि पनि यहाँको मुहार फेर्न निकै कसरत गरेको वडा अध्यक्ष राजन ढुंगाना बताउँछन् । ‘यहाँको समुदायको समस्यालाई ध्यानमा राखेर हामीले सिँचाइमा ठूलो बजेट विनियोजित ग¥यौँ,’ उनले भने ।

रजावासमा मात्र नगरपालिका, प्रदेश तथा संघीय बजेटबाट करिब तीना करोडको काम भएको छ । खानेपानीको समेत चरम अभाव रहेको यस ठाउँमा अहिले एक घर एक धाराको अवधारणा लागू भएको छ । गाउँको नजिकै दूधेश्वरी माध्यमिक विद्यालय छ । पढ्नका लागि कालापानी, चुरे, भिमान जानुपर्ने समस्याबाट यहाँका बालबालिकाले मुक्ति पाएका छन् । चुरेको काखमा रहेको यस गाउँमा सडक सञ्जालको पनि उत्तिकै विकास भएको छ ।

बर्दिबास बजारसम्म जान रजावास हुँदै पाटु जाने फास्ट ट्र्याक खोलिएको छ । यसले गर्दा कृषि उपजहरूलाई बजारसम्म लैजान निकै सहज भएको स्थानीय बताउँछन । सुक्खा क्षेत्रअन्तर्गत खानेपानीको वैकल्पिक योजनालाई समेत अगाडि बढाइएको छ । यसले गर्दा झन् स्थानीयहरूलाई जुनसुकै समयमा खानेपानीको समस्या नहुने स्थानीयहरूले विश्वास लिएका छन् ।

यो पनि…
बाँझो खेतबारी हरियाली बनाउन एकजुट
मामा-भान्जाकाे कृषि फार्म, युवालाई हाैसला



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो