English

धान दिएर तरकारी साट्ने गाउँ

धानसँग तरकारी साट्नेका दिन फेरिए


बर्दिबास–३ रजावासका मानबहादुर भट्टराई अहिले निकै खुसी छन् । भट्टराई केही वर्ष पहिला मात्र तरकारीको लागि धान साट्ने गर्थे । महँगोमा धान साट्नुपर्दा तरकारीभन्दा पनि धान कसरी उत्पादन हुन्छ भन्नेमा नै किसानहरूलाई चिन्ता हुने गथ्र्यो । दाल, साग तथा कुनै पनि तरकारी खानका लागि रजावासमा निकै समस्या बन्ने गरेको भट्टराईसँग सम्झना छ । ‘एक किलो तरकारी लिँदा तीन किलो धान दिनुपर्ने बाध्यताले किसानहरू तरकारी खानकै लागि धानको जोहो गर्नुपर्ने हुन्थ्यो ।’ उनी भन्छन् ।

सिँचाइको अभाव र खेती गर्ने तरिकाहरूको विषयमा खासै जानकार नहुँदा रजावास क्षेत्रमा बसोबास गर्ने प्रायः जसो किसानहरूको तरकारी लिने र धान दिने प्रक्रिया कयौँ वर्षसम्म चलिरह्यो । भट्टराईको पनि झन्डै एक पुस्ताले तरकारी खानका लागि धान उत्पादन गरे र जीविकोपार्जनको लागि यही प्रक्रियालाई अवलम्बन गरे ।

तर, भट्टराईका आजकाल दुःखका दिनहरू फेरिएका छन् । घर वरपर हरियाली छ । सुक्खा र पानीको अभावमा डढेलो जस्तो देखिने गाउँका बस्ती अहिले हरियाली बनेका छन् । करेसाबारीमा लहलह तरकारी उत्पादन भइरहेको छ, जसले धान साट्नबाट भट्टराईलाई मुक्ति दिलाएको छ ।

भट्टराईजस्तै हरिमायाका दिनहरू पनि रंगिन बनेका छन् । आकाशे पानीबाट धान उत्पादन हुने र त्यो पनि अपेक्षाकृत उत्पादन हुन नसक्दा हरिमायाले पनि कयौं वर्षसम्म उस्तै समस्या भोगिन् । तरकारीको चरम अभाव र धान दिनुपर्ने महँगो दबाबले जीवनयापनमा नै निकै समस्या बनेको भट्टराईकै जस्तो हरिमायासँग पनि नमिठो सम्झना छ ।

हरिमाया आजकाल आफ्नो करेसाबारीमा लगाएको हरियो तरकारी देखेर निकैबेर बगैँचामा नै हराउँछिन् । हरियो तरकारीको बोटमा लटरम्म फलेका सिमी, बोडी, साग, काउली देखेपछि कहिलेकाहीँ भावुक पनि हुन्छिन् ।

‘आफ्नो जीवनकालमा यस्तो होला भन्ने मैले सोचेको पनि थिइँन, सधैँभरि कसले तरकारी ल्याउला र धान साटौँला भन्दैमा बुढी भएँ । के गर्ने ?’ उनले भनिन् । तरकारी खोज्न चहार्दै हिँड्ने यस गाउँका किसानहरूले अहिले आफैँले उत्पादन गरेको तरकारी बजारसम्म पु¥याउँछन् ।

गाउँको दुःख देखेपछि सुविधा खोज्न गाउँबाट धेरै जना बसाइसराइ गरेको भट्टराई र हरिमायाले देखेका छन् । ‘अहिलेको अवस्था भएको भए कोही पनि बसाइ सर्नुपर्ने अवस्था आउँदैन्थ्यो होला,’ हरिमायाले भनिन् ।

करिब दुई सय घर बसोबास गर्ने यस गाउँमा अहिले सिँचाइको पर्याप्त सुविधा छ । विगत पाँच वर्षदेखि यहाँका हरेक किसानले न तरकारी खान धान साट्नुपरेको छ, न त धान उत्पादनको लागि चिन्ता नै लिनुपरेको छ । पर्याप्त सिँचाइको कारणले तरकारी मात्र लहलह हैन गाउँको रूप नै फेरिएको छ ।

स्थानीय सरकार निर्वाचित भएपछि पनि यहाँको मुहार फेर्न निकै कसरत गरेको वडा अध्यक्ष राजन ढुंगाना बताउँछन् । ‘यहाँको समुदायको समस्यालाई ध्यानमा राखेर हामीले सिँचाइमा ठूलो बजेट विनियोजित ग¥यौँ,’ उनले भने ।

रजावासमा मात्र नगरपालिका, प्रदेश तथा संघीय बजेटबाट करिब तीना करोडको काम भएको छ । खानेपानीको समेत चरम अभाव रहेको यस ठाउँमा अहिले एक घर एक धाराको अवधारणा लागू भएको छ । गाउँको नजिकै दूधेश्वरी माध्यमिक विद्यालय छ । पढ्नका लागि कालापानी, चुरे, भिमान जानुपर्ने समस्याबाट यहाँका बालबालिकाले मुक्ति पाएका छन् । चुरेको काखमा रहेको यस गाउँमा सडक सञ्जालको पनि उत्तिकै विकास भएको छ ।

बर्दिबास बजारसम्म जान रजावास हुँदै पाटु जाने फास्ट ट्र्याक खोलिएको छ । यसले गर्दा कृषि उपजहरूलाई बजारसम्म लैजान निकै सहज भएको स्थानीय बताउँछन । सुक्खा क्षेत्रअन्तर्गत खानेपानीको वैकल्पिक योजनालाई समेत अगाडि बढाइएको छ । यसले गर्दा झन् स्थानीयहरूलाई जुनसुकै समयमा खानेपानीको समस्या नहुने स्थानीयहरूले विश्वास लिएका छन् ।

यो पनि…
बाँझो खेतबारी हरियाली बनाउन एकजुट
मामा-भान्जाकाे कृषि फार्म, युवालाई हाैसला



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

चैत १८, काठमाडौं। नेपालकै प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ(किओच) लाई पाँच करोड आर्थिक

काठमाडौं – अमेरिकामा चिकित्सक पेशामा कार्यरत दम्पती सुरेश बस्नेत र रेहा पोखरेलले ‘सधैं साथमा तिम्रो’ बोलको डेब्यु म्युजिक भिडियो सार्वजनिक

काठमाडौं : एक प्रतिष्ठित कम्पनीले ग्राहकहरूका लागि नयाँ र आकर्षक डिजिटल योजना ल्याउने तयारी गरिरहेको छ । आधुनिक प्रविधिसँग जोडिएको

न्यूयोर्क ।नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले सामुदायिक सरोकारका विषयमा न्यूयोर्कमा नेजा संवाद कार्यक्रम सम्पन्न गरेको छ । परिवर्तित आप्रवासन

Latest










Popular
Suggested