English

बाँझो खेतबारी हरियाली बनाउन एकजुट



बारी बाँझै पल्टिने तर उब्जनी किनेर खानुपर्ने स्थितिलाई फेर्न बाग्लुङका किसान सामूहिक खेतीमा लागेका छन् । गलकोट नगरपालिका-७ मल्म, टोक्रीका किसानले समूह नै बनाएर बाँझो बारीमा खेती सुरु गरेका हुन् । जे फल्छ त्यही लगाउने तर जग्गा बाँझो नछाड्ने भनेर सामूहिक खेती सुरु गरिएको राम्चेढुङ्गा कृषि तथा पशुपालन समूहका अध्यक्ष विष्णु थापाले बताए ।

वैदेशिक रोजगार र बसाइँसराइले रित्तिदै गएको गाउँ हो, टोक्री । अध्यक्ष थापाका अनुसार त्यहाँको झण्डै ९० प्रतिशत खेतीयोग्य जग्गा बाँझो छ । समूहले पहिलो चरणमा दश रोपनीमा आलुखेती लगाएको छ । अरू तरकारी र अन्न बालीको खेती विस्तार गर्ने योजनामा समूह लागेको छ ।

‘आलुसँगै टिमुर, बेसार, अकबरे खुर्सानी, फर्सी, उखुलगायतको व्यावसायिक खेती गर्ने तयारी छ’, अध्यक्ष थापाले भने, ‘जग्गा पनि व्यवस्थापन गर्दै जाने, खेती पनि बढाउँदै लाने सोचमा छौँ ।’ आलु खेतीका लागि स्थानीय यमकली थापाले जग्गा उपलब्ध गराएको सो समूहले जनाएको छ ।

उनको परिवारका सदस्य बुटवल जापानमा छन् । गाउँ बसेर खेती किसानी गर्ने कोही नभएपछि यमकलीको बारी यसै बाँझो पल्टिएको थियो । ‘समूहले बाँझो जग्गामा खेतीबाली लगाउन थालेको थाहा पाएपछि विदेशमा रहेकाले पनि आफ्नो बारीमा खेती गर्न भन्दै फोन गर्न थाल्नुभएको छ’, अध्यक्ष थापाले भने, ‘गाउँलाई आय-आर्जनसँग जोड्ने, बसाइँसराइ र विदेश पलायनलाई पनि कम गर्ने उद्देश्यले सामूहिक उत्पादनमा लागेका हौँ ।’

आलुखेतीका लागि तत्काललाई ५० हजार खर्च भएको समूहले जनाएको छ । उक्त खर्च समूहमा सहभागी १४ किसानले व्यहोरेका छन् । ताराखोलाबाट बीउ ल्याएर आलु लगाइएको किसान लीला थापाले बताए । आलु लगाउँदा समूहमा रहेका सबै किसानको बराबर श्रम परेको उनको भनाइ छ । ‘यो ठाउँमा राम्रो अन्नपात हुन्छ, अहिले धेरैले घर छाडेपछि खेतबारी बाँझै छन्’, थापाले भने, ‘हामी गाउँमा भएकाले समूहमा मिलेर खेती सुरु गरेका हौँ ।’

मानिसले विदेश र सहर ताक्दा बाँझो भएको गाउँको जग्गालाई हराभरा पार्ने समूहको योजनालाई धेरैले मन पराएका छन् । टोक्रीमा मात्रै झण्डै ४०० रोपनी खेतीयोग्य जग्गा बाँझो रहेको समूहको आकलन छ । केही वर्षअघिसम्म ४० घरधुरीको बसोबास रहेको टोक्रीमा अहिले १४ परिवार मात्र छन् ।

बारी बाँझै पल्टिने तर उब्जनी किनेर खानुपर्ने स्थितिलाई फेर्न बाग्लुङका किसान सामूहिक खेतीमा लागेका छन् । किसानले समूह नै बनाएर बाँझो बारीमा खेती सुरु गरेका हुन् । जे फल्छ त्यही लगाउने तर जग्गा बाँझो नछाड्ने भनेर सामूहिक खेती सुरु गरिएको हो ।

त्यहाँका अधिकांश परिवारका सदस्य वैदेशिक रोजगारीका क्रममा जापानमा छन् । समयक्रममा गाउँ नै रित्तिने होकी भन्ने चिन्ता स्थानीयवासीमा छ । उत्पादन र रोजगारीको सुविधा दिन सकेमा बसाइँसराइ रोक्न सकिने कतिपयको विश्वास छ । समूहले कृषि र पशुपालनको वृहद् अवधारणा बनाएर टोक्रीलाई आत्मनिर्भर गाउँका रुपमा विकास गर्नुपर्ने जनाएको छ । त्यसका लागि राज्यका निकायको पनि सहयोग चाहिने समूहका अध्यक्ष थापाको भनाइ छ ।

उर्वर माटो, हावापानी, चरिचरन भएका कारण त्यस क्षेत्र कृषि र पशुपालनका लागि उपयुक्त छ । सडक सञ्जाल र अरु सुविधा पनि पुगेको हुँदा त्यहाँको उत्पादनलाई बजारीकरण गर्न कुनै समस्या छैन । अध्यक्ष थापाको घुम्टे बाख्रा फार्म पनि त्यहीँ सञ्चालित छ । फार्ममा ५० भन्दा बढी बाख्रा छन् । त्यसबाट उनले राम्रै कमाइ गर्छन् ।

व्यक्ति मात्र सफल भएर नहुने भन्दै सिङ्गै गाउँलाई उत्पादन र आयआर्जनमा जोड्ने उद्देश्यले सामूहिक खेतीका लागि आफूले पहल लिएको अध्यक्ष थापाको भनाइ छ । गाउँलेले पर्यटकीय गतिविधिका लागि टोक्रीमै सामुदायिक घरबासको अवधारणा पनि अघि सारेका छन् । त्यहाँको पर्यटकीय गन्तव्यस्थल राम्चेढुङ्गाको पर्यटन प्रवर्द्धनमा पनि उनीहरूको हातेमालो छ । गलकोट नगरपालिकासहित पर्यटन हेर्ने निकायले राम्चेढुङ्गामा पर्यटकीय पूर्वाधार पुर्‍याउन लगानी गरेका छन् ।

यो पनि
इतिहास बोकेको पोरखेगढी, पर्यटनका लागि उचित गन्तव्य



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, १ फागुन : कोका–कोलाले क्रिएसनसँगको साझेदारीमा पशुपतिनाथ मन्दिर परिसर ‘सफा गरौं’ पहल सुरु गरेको छ । वर्षभरी निरन्तर चल्ने

काठमाडौँः नेपालमा शैक्षिक प्रतिस्पर्धाको स्वरूप परिवर्तन हुँदै आएको छ । ग्लोबल म्याथ डिबेट लिग (GMDL)ले झापा र चितवनपछि लुम्बिनी क्षेत्रीय

प्रेमचन्द्र झा, माघ २९ गते, रौतहट । जिल्लास्थित गौर भन्सार कार्यालयदेखि पूर्वतर्फ बाँध मर्मत तथा सम्भारको नाममा बाँधको थप उच्चाइ

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested