English

सुन्तला खेतीबाट फाइदै फाइदा



म्याग्दीको मङ्गला गाउँपालिका-३ भेडाबारी र भोर्लेनीका किसानले सुन्तला बिक्री गरी रु २१ लाख आम्दानी गरेका छन्। बीस परिवारको बसोबास रहेको दुवै बस्तीको मुख्य आयस्रोत सुन्तलाखेती बनेको छ।

भेडाबारीका अगुवा किसान ओम गिरीले यसपाली झण्डै तीस हजार किलो सुन्तला बिक्री भएको जानकारी दिए। ‘पोखराका व्यापारीले बगैँचाबाटै सुन्तला खरिद गरेर लगे,’उनले भने, ‘सरदर रु ७० प्रतिकिलोका दरले सुन्तला बिक्री भयो।’ एउटा परिवारले सरदर रु एक लाखभन्दा बढी आम्दानी गरेको उनले बताए।।

गत वर्ष रु १५ लाख बराबरको सुन्तला बिक्री भएको थियो। अन्यत्रको सुन्तला बिक्री भइसकेपछि माघको दोस्रो हप्तादेखि भेडाबारीको सुन्तला टिपेर बजार पठाउन थालिएको थियो। पाँच मुरी कोदो फल्ने बारीमा सुन्तलाखेती गरेर वार्षिक रु तीन लाखसम्म आम्दानी गर्ने गरेको बेम गिरीले बताए।

‘अन्नबालीभन्दा सुन्तलाबाट धेरै फाइदा छ,’ उनले भने, ‘त्यही भएर मकै र कोदो लगाउन छाडेर सुन्तला लगाएका छौँ।’ उपयुक्त हावापानी र अनुकूल भूगोल भएकाले भेडाबारीमा सुन्तला खेती फस्टाएको हो।

नयाँ बिरुवा थपिने क्रमसँगै बर्सेनि उत्पादन पनि बढेको छ। किसानले न्यूनतम एक सयदेखि ५०० बोटसम्म सुन्तलाखेती गरेका छन्। उनीहरूले बगैँचाभित्र तरकारी, अदुवा र बेसारखेती गरेर अतिरिक्त आम्दानी पनि गरिरहेका छन्।

सिँचाइ र सडक यातायातको समस्या भेडाबारी र भोर्लेनीको सुन्तला खेतीका लागि चुनौती बनेको छ। सुन्तला बिक्री र आवतजावतका लागि पोक हुँदै भेडाबारीसम्म निर्माण गरिएको सडक स्तरोन्नति हुनसकेको छैन। भेडाबारीबाट सातबिसेसम्म गाडीमा ल्याएको सुन्तला म्याग्दी खोलामा पुल नभएकाले भरियामार्फत तोराखेतमा तारेर त्यहाँबाट गाडीमा राखेर बजार पठाउने गरिएको छ।

सुन्तला बगैँचामा सिँचाइ गर्न समस्या छ। लामो सुख्खा र खडेरीसँगै सुन्तला खेतीमा सिँचाइ पुर्‍याउन समस्या भएको स्थानीय गणेश गिरीले बताए। बाबियाचौरको माटेबगर र अर्मनको पोक जोड्ने मोटरेबल पुल निर्माण सम्पन्न गराउन पहल तथा समूहमार्फत भोर्लेनी र भेडाबारीमा सिँचाइ आयोजना निर्माणको तयारी भएको गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले बताए। सांकेतिक तस्बिर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

काठमाडौं । गायक आशिर्वाद सुवेदी र चर्चित गायिका एलिना चौहानको सुमधुर स्वरमा रहेको नयाँ रोमान्टिक गीत ‘मोहनी लगायो कान्छीले’ सार्वजनिक

काठमाडौं, २३ माघ : कोका–कोला नेपालले ओपन डोर इन्टरटेन्मेन्टसँगको सहकार्यमा आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत नेपालका खेलहरू सार्वजनिक रूपमा

काठमाडौं – सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन तथा नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले आगामी माघ २५ देखि २७

Latest










Popular
Suggested