English

अपाङ्गता भएका महिलाको जीवन सङ्घर्ष



सुरुङ्गा नगरपालिका–२ की उर्मिला निरौला खेलौना (गुडिया) बनाएर आवश्यकता पूरा गर्दैै आएकी छिन् । उहाँ आत्मनिर्भर बन्न र स्वरोजगार बन्न समेत खेलौना बनाउने सीपसमेतक सिक्दै छिन् । निरौला बौद्धिक अपाङ्गता अभिभावक सङ्घले आयोजना गरेको दुईहप्ते तालिममा सहभागी छिन् ।

निरौला ३५ किलोमिटर टाढा राजविराज आएर दैनिक तालिम लिइरहेकी छिन् । अविवाहित उनले आत्मनिर्भर हुन सीप सिकिरहेको बताइन् । ‘म कसैको बोझ बन्न चाहन्न’, निरौलाले भनिन् । भारतीय बजार नजिकै भएका कारण अगरबत्ती, साबुन, मैनबत्ती जस्ता समानमा प्रतिस्पर्धा गर्न नसक्दा खेलौना बनाउन आकर्षित भएको उनको भनाइ छ ।

निरौला जस्तै अन्य अपाङ्गता भएका महिलाले पनि तालिम लिइरहेका छन् । तालिममा राजविराजसहित सप्तकोसी, सुरुङ्गा, बोदे बर्साइन, हनुमाननगर कङ्काल्नी नगरपालिकालगायतका महिला सहभागी छन् । खेलौना बनाउने तालिममा सहभागी भएपछि उनीहरू आशावादी बनेका छन्म । सप्तकोसी नगरपालिका–१ फत्तेपुरबाट ४० किमीको बसयात्रा तय गरेर तालिममा सहभागी भएकी उर्मिला चौधरी यसबाट जीविकोपार्जन गर्न मद्दत पुग्ने बताउँछिन् । उनका श्रीमान् खगेनको कोभिड–१९ का कारण गत असार ४ गते ज्यान गयो । अपाङ्गता भएकी उर्मिला त्यसयता सहाराविहीन हुनुभएको छ ।

तालिमले केही गरेर बाँच्न सकिन्छ भन्ने मनोबल बढेको छ’, आरतीले भनिन्, ‘घरमै बसेर आयआर्जनको अवसर पाउने विश्वास छ ।

ऐलानी १० धुर जग्गामा बसोबास गरिरहेकी उर्मिलालाई वृद्ध सासूको स्याहार र १३ वर्षीय छोरोको लालनपालनको जिम्मेवारीसमेत सम्हाल्नुपरेको छ । दुवै जनाको स्याहारका लागि कुनै न कुनै सीप सिकेर आम्दानीको बाटो खोज्नुपर्ने उर्मिलाको बाध्यता छ ।

यसैगरी, हनुमाननगर कङ्काल्नी–१२ की सङ्गीता खड्का पनि क्षमता विकास र आयआर्जनका लागि तालिममा सहभागी हुनुहुन्छ । अविवाहिता खड्काले घरमै ट्युसन पढाउने र किशोरी शिक्षा दिने गरिरहेको बताइन् । खेलौनाको माग बढ्दै गएको उनी बताउँछिन् ।

राजविराज नगरपालिका–८ की आरती मण्डल खेलौनाले बनाउने तालिम लिन थालेपछि सीपले जीवन गुजार्न सहज हुने विश्वास व्यक्त गरिन् । ‘तालिमले केही गरेर बाँच्न सकिन्छ भन्ने मनोबल बढेको छ’, उनले भनिन्, ‘घरमै बसेर आयआर्जनको अवसर पाउने विश्वास छ ।’

पहिलोपटक अपाङ्गता भएका महिलालाई तालिम प्रदान गरिएको प्रशिक्षक कविता दासले बताइन् । तालिममा अपाङ्गता भएका २० जना महिला सहभागी छन् ।

यो पनि
मामा-भान्जाकाे कृषि फार्म, युवालाई हाैसला
मलेसियामा डेढ करोड सिध्याएका नरबहादुरलाई च्याउखेतीले बनायो करोडपति



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख गरिएको छ ।

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो