English

हल हलमा ‘म यस्तो गीत गाउँछु २’



कोरोना भाइरसको तेस्रो लहरपछि पहिलोपटक नयाँ चलचित्र आज शुक्रबारदेखि सिनेमा हलमा लाग्दैछ । सुदर्शन थापा र पूजा शर्माले निर्माण गरेको ‘म यस्तो गीत गाउँछु २’ आज देशभरका सिनेमा हलमा रिलिज गरिएको हो ।

चलचित्रमा पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको छ । सांगीतिक कथावस्तुमा आधारित ‘म यस्तो गीत गाउँछु २’ सिक्वेल चलचित्र हो । यसअघि ‘म यस्तो गीत गाउँछु’ चलचित्र पनि सफल भएको थियो । पल शाह र पूजा शर्माको अभिनयलाई सबैले मन पराएका थिए ।

तर, यससपटक भने माहोल अलि फरक देखिएको छ । चलचित्रका अभिनेता पल शाहविरुद्ध एक गायिकालाई जबर्जस्ती करणी गरेको आरोपमा तनहुँ प्रहरीमा किटानी जाहेरी परेको छ । सोही कारण पल शाहको जुन लोकप्रियता छ त्यसमा यो काण्डले असर गर्ने र चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को व्यवसायमा प्रत्यक्ष प्रभाव पार्ने अनुमान गरिएको छ । यो कुरालाई निर्माता एवं अभिनेत्री पूजा शर्माले पनि स्वीकारेकी छन् । उनले आफ्नो टिमप्रति कालो छायाँ परेको र कसैको आँखा लागेको टिप्पणी गरेकी छन् ।

नेपाली चलचित्रकर्मीहरूले भने जे जस्तो भए पनि यो महामारीका बीचमा ‘म यस्तो गीत गाउँछु २’ निर्माण टिमले चलचित्र रिलिज गरेर ठूलो जोखिम मोलेको भन्दै दर्शकले नेपाली चलचित्रलाई माया गरिदिनुपर्ने अभिव्यक्ति दिइरहेका छन् । नेपाली दर्शकले धेरै समयदेखि फ्रेस नेपाली चलचित्र हेर्न नपाइरहेको अवस्थामा ‘म यस्तो गीत गाउँछु २’ ले राम्रै साथ पाउने अपेक्षा गरिएको छ ।

याे पनि
पल–समिक्षा : तनहुँको एउटा कोठादेखि प्रहरी अड्डासम्म
समीक्षाले दिइन् पल शाहविरुद्ध किटानी जाहेरी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested