English

युद्धको बर्थडेमा पूजाको सेलिब्रेसन



नायिका पूजा शर्मा अक्सर चर्चामा रहने नाम हो । आफुले दिएका अभिव्यक्तिले होस् वा प्रेम सम्बन्धको चर्चाले होस्, उनी चर्चामा रहने गर्छिन् । फिल्म ‘प्रेमगीत’पछि सफलताको स्वाद चाख्दै आएकी पूजा पछिल्लो समय युद्ध बानियाँसँग प्रेम सम्बन्धमा रहेकोले विषयले चर्चामा देखिन्छन् ।

आकाश श्रेष्ठसँगको प्रेम टुटेपछि उनी युद्धको प्रेममा परेको भन्दै फिल्मी क्षेत्रमा चर्चा हुन थालेको छ । यस विषयमा पूजा र युद्धले केही बताएका छैनन् । तर, यी दुईको प्रेम सम्बन्ध रहेको अड्कलबाजी फिल्मी क्षेत्रमा चर्चाको विषय बनेको छ ।

यही बीचमा शनिबार युद्धले आफ्नो जन्मदिन मनाए । युद्धलाई जन्मदिनको शुभकामना दिने क्रममा पूजाले सामाजिक सञ्जालमा एक भिडियो राख्दै लेखिन्, ‘जन्मदिनको शुभकामना साथी ।’

pooja sharma

यसपछि शनिबार बेलुका जन्मदिनलाई उत्सवमय बनाउन एक क्लबमा गरिएको सेलिब्रेसनका भिडियो पनि सामाजिक सञ्जालमा देखिए । जस कारण उनीहरूबीच प्रेम सम्बन्ध रहेको अड्कलबाजीलाई बल पुर्‍याएको देखिन्छ ।

यो पनि…
‘कठपुतली’ हेर्नेलाई आइफोन–१२ उपहार, यस्तो छ नियम

आयुषले छाडे सलमानको फिल्म



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested