English

वेस्टर्न ड्रेससँग सुहाउने यी नेकलेसहरू



अधिकांश महिलाहरू आफ्नो पहिरनसँगै गहना लगाउन चाहन्छन् । यस्तो अवस्थामा परम्परागत होस् वा पश्चिमी शैलीको पोसाक, महिलाहरूले पक्कै पनि आफ्नो आउटफिटका साथमा नेकलेस लगाउने गर्छन् । तर, पश्चिमी पहिरनमा कस्तो गहना लगाउने भन्नेमा महिलाहरू निकै अन्योलमा छन् । तसर्थ, सबै पोसाकहरूमा सुहाउने केही नेकलेसबारे जानकारी दिँदै छौँ ।

मल्टी कलर स्ट्रिङ

रंगीन हार सबैलाई मनपर्छ । विभिन्न आकार र साइजका पाइने मल्टी कलर स्ट्रिङ हारमा धेरै रंगका मोतीहरू जडिएका हुन्छन् । यो बहुरंगी नेकलेस हो । यो नेकलेसलाई तपाईंले सजिलै जुनसुकै रंगका पोसाकसँग पनि लगाउन सक्नुहुन्छ ।

प्रिन्सेस नेकलेस

यो हार शाही लुक्सका कारण प्रिन्सेस नेकलेस भनिएको हो । यस प्रकारको नेकलेसको लम्बाइ १७ देखि १८ इन्चसम्म हुन्छ । यसको तौल पनि निकै कम रहन्छ । तसर्थ, हलुका गहना मनपराउने महिलाका लागि यो हार उपयुक्त हुन सक्छ ।

टर्क नेकलेस

यो नेकलेस निकै सुन्दर देखिन्छ । यस प्रकारको नेकलेस प्रायः नेकलाइनको छेउबाट खोलिएको हुन्छ । टर्क नेकलेस तपाईंको छालाको सम्र्पकमा रहन्छ र यसको साइज पनि धेरै सानो हन्छ ।
धातुले बनेको यो हार गोलाकार आकारमा हुन्छ । विशेषगरी, यो नेकलेस औपचारिक पोसाकमा धेरै राम्रो देखिन्छ ।

ओपेरा नेकलेस

ओपेरा नेकलेस गहिरो घाँटी भएका पोसाकमा राम्रो देखिन्छ । यो भारी हुनुका साथै स्टाइलिस र आकर्षक पनि हुन्छ । यसको लम्बाइ २५ देखि २६ इन्चसम्म हुन्छ । जसकारण यो नेकलेसलाई एउटै हारमा पनि लगाउन सक्नुहुन्छ ।
यो पनि…
युवतीका लागि जाडो फेसन
ग्ल्यामर्स देखिन अपनाउनुहोस् यस्ता फेसन टिप्स
युवतीका लागि यी हुन् उत्कृष्ट फेसन टिप्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

इटहरी/ विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो ‘एसईई’ यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

Latest










Popular
Suggested