English

घरलाई नयाँ लुक्स दिन यस्ता वालपेपर उपयुक्त



सुन्दर घरका लागि वालपेपर छनोट गर्न तपाईंले सोच्न आवश्यक छ । वालपेपरको मद्दतले घरलाई नयाँ लुक्स दिन सकिन्छ । साथै यसले पेन्ट हटाउने वा लुकाउने काम पनि गर्छ । तपाईंले कोठाको साइज, प्रकाश, फर्निचरको रंगअनुसार तथा अवस्थाअनुसार भित्ताको संयोजन गर्न सक्नुहुन्छ । विभिन्न कोठाहरूमा वालपेपर फरक रंग र ढाँचाका हुनुपर्छ । जुन निम्नानुसार छन् ।

– वालपेपरको छनोट गर्दा कोठाको ठाउँलाई ध्यानमा राख्नुहोस् ।
– घर सजाउनका लागि उत्तम लुक्स दिने पराम्परागत वालपेपरहरू छनोट गर्नुहोस्, तर, वालपेपरहरू छनोट गर्दा रंगको संयोजनलाई पनि ध्यानमा राख्नुहोस् ।
– घरलाई प्राकृतिक रूप दिनका लागि टेक्स्चर वालपेपर जस्तैः काठ, सागौन आदिको छनोट गर्नुहोस् ।
– हलका लागि वालपेपर छनोट गर्दा कोठाको आकारलार्ई ध्यान दिनुपर्दछ । अतिथिहरूको जमघट हुने भएकोले हलको चमकमा उज्यालो थपिने स्मार्ट वालपेपर छनोट गर्नुपर्छ ।
– आजकल मेटालिक वालपेपर पनि चलनमा छ । यसलाई आफ्नो कोठामा लगाई मेटालिक लुक्स दिन सक्नुहुन्छ । साथै, कोठाको एक भित्तामा फ्लोरल, स्ट्राइप ज्यामितीय डिजाइन वा कुनै आफूलाई मनपर्ने डिजाइनलाई पनि लगाउन सक्नुहुन्छ ।
– बालबालिका सुत्ने तथा खेल्ने कोठामा उनीहरूलाई मनपर्ने कार्टुन वालपेपर सजाएर खुसी बनाउन सक्नुहुन्छ ।
यो पनि…
घर सजाउने यस्ता छन् सरल उपाय
वास्तुअनुसार कुन ठाउँमा के राख्दा शुभ हुन्छ ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

Latest










Popular
Suggested