English

काँक्रोमा यस्ता छन् फाइदाजनक गुणहरू



काँक्रोभित्र धेरै फाइदाजनक गुणहरू रहेका छन्, जसले अनुहारमा आउने दागलाई हटाउन मद्दत गर्छ । यसमा भिटामिन ‘सी’, भिटामिन ‘ए’, जेक्सान्थिन ल्युटिन र क्यारोटिन जस्ता एन्टिअक्सिडेन्टहरू पाइन्छन्, जुन अनुहारलाई सुन्दर राख्न निकै फाइदाजनक हुन्छ ।

यदि, तपाईं पनि अनुहारमा आउने दागहरूबाट चिन्तित हुनुहुन्छ भने घरमै काँक्रोको प्रयोग गरी फेसप्याकहरू बनाउन सक्नुहुन्छ । यसलाई फेसप्याक कसरी बनाउने जानौँ ।

काँक्रा र टमाटरको फेसप्याक

यो फेसप्याकलाई सजिलो तरिकाले घरमै बनाउन सक्नुहुन्छ । यसका लागि आधा पाकेको टमाटर र ३–४ वटा काँक्राको चानालाई छिलेर दुवैको पेस्ट बनाउनुहोस् ।

पेस्टलाइ अनुहार र घाँटीमा लगाई एक मिनेटसम्म मसाज गरी १५ मिनेटसम्म त्यत्तिकै छाडनुहोस् । १५ मिनेटपछि आफ्नो अनुहारलाई सफा पानीले धुनुहोस् । टमाटर र काँक्रोको फेसप्याकले तपाईको अनुहारको छालालाई चम्किलो बनाउँछ ।

काँक्रो र महको फेसप्याक

यो फेसप्याक बनाउनको लागि १ चम्चा ओट्स ३,४ वटा काँक्रोको चाना र आधा चम्चा मह लिई राम्ररी मिलाएर पेस्ट तयार गर्नुहोस् । तयार पेस्टलाई लगभग १५ मिनेटसम्म आफ्नो अनुहारमा लगाउनुहोस् र सफा पानीले धुनुहोस् । यस फेसप्याकको प्रयोगले अनुहारमा हुने सुक्खापनलाई हटाउँछ ।

काँक्रो र एलोभेरा जेलको फेसप्याक

काँक्रो र एलोभेरा जेलको फेसप्याक बनाउनको लागि १ चम्चा एलोवेरा जेल र ३–४ चम्चा काँक्रोको पेस्टलाई लिएर एउटै भाँडोमा राम्ररी मोल्नुहोस् । तयार पेस्टलाई अनुहार र गर्दनमा लगाउनुहोस् । लगाएको करिब १५ मिनेटपछि सफा पानीले धुनुहोस् । यस फेसप्याकको प्रयोगले छालामा चमक आउनेछ ।

यो पनि…
दाग र चाउरीपन हटाउन पिठोको फेस प्याक
घाँटीको कालो दागबाट छुटकारा पाउन टमाटर उपयुक्त



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख गरिएको छ ।

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,