English

यात्रा गर्दा बान्ता आउँछ ? यी कुरामा ध्यान दिनुहोस्



यात्रा गर्दा बान्ता हुने वा वाकवाकी लाग्ने मानिसहरू धेरै छन्, यात्रा गर्दा टाउको दुख्ने समस्या पनि धेरैलाई हुन्छ । विशेषगरी बस, माइक्रोमा यात्रा गर्दा यो समस्या बढी हुने गरेको छ । मेडिकल भाषामा यसलाई ‘मोसन सिकनेस’ भनिन्छ ।

बस वा कारमा बस्नेबित्तिकै वाकवाकी को अनुभूति हुन्छ । बिहानको समयमा यात्रा गरेको वा घुमाउरो बाटोमा यात्रा गरेको छ भने यो समस्या बढी देखिने गर्छ । यात्रा गर्नुअघि केही सावधानी अपनाउन सकियो भने यो समस्याबाट मुक्त हुन सकिन्छ ।

यी कुराहरूमा सावधानी अपनाऔँ

यात्रामा निस्कने भनेपछि उत्साहित भएर रातभरि नसुत्ने बानी धेरैको हुन सक्छ । राम्ररी निद्रा नपर्दा ग्यास्ट्रिक हुन सक्छ र बान्ता हुने सम्भावना पनि बढ्न सक्छ । त्यसैले, यात्रामा जानुभन्दा अघिल्लो दिन टाइममा सुत्नुपर्छ ।

यात्रा गर्नुभन्दा अघिल्लो दिन ढिलो खाना खाएमा वा धेरै चिल्लो, पिरो अमिलो खाइयो भने पनि एसिडिटी बढ्न गई बान्ता हुने सम्भावना हुन्छ । त्यसैले, भोलि यात्रा गर्नु छ भने अघिल्लो दिन ६ बजेभित्र हल्का खाना खाई सक्नुपर्छ ।

पानीको कमी भएर शरीर हाइड्रेट नहुँदा पनि यात्राको क्रममा बान्ता हुने सम्भावना बढ्न सक्छ । यात्रा गर्ने बेलामा ट्वाइलेट जान समस्या हुने डरले कम पानी पिउने बानीले गर्दा पनि बान्ता हुने भएकोले यात्रा गर्दा वा यात्रा गर्नुभन्दा अघि प्रशस्त मात्रामा पानी पिउनुपर्छ ।

यात्रा गर्दा बान्ता हुन्छ भन्ने थाहा भएका व्यक्तिहरूले बान्ता हुन रोक्नको लागि औषधिको सेवन गर्ने गर्छन् । तर, गाडीमा चढिसकेपछि औषधिको सेवन गर्दा औषधि नै बान्ता भएर जाने सम्भावना हुन्छ त्यसैले, गाडीमा चढ्नुभन्दा आधा घण्टा अघि औषधिको सेवन गर्नुपर्छ ।

गाडीमा बस्दा सीधा भएर नबस्दा पनि बान्ता हुने सम्भावना हुन्छ । त्यसैले, गाडीमा बस्दा आँखा बन्द गरेर सीधा टाउको राखेर बस्दा बान्ता हुने सम्भावना कम हुन्छ ।

ल्वाङ, सुकुमेल, अदुवालगायत अन्य खानेकुरा मुखमा लिई राख्दा पनि बान्ता हुने सम्भावना कम हुन्छ ।

यात्रा गर्ने बेला वा यात्रा गर्नुभन्दा अघि धेरै गुलियो तथा अमिलो खानेकुरा खाँदा ग्यास्ट्रिक हुने र बान्ता हुने सम्भावना हुन्छ । त्यसैले, यात्रा गर्ने बेला बिहानको समयमा हल्का नुनिलो खानेकुरा खानुपर्छ ।

यो पनि…
कत्तिको खतरनाक छ ओमिक्रोन ? यस्ता हुन्छन् लक्षण
काठमाडौंमा कोरोना बुस्टर डोज, कहाँ–कहाँ छ खोप केन्द्र ?



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested