English

नेपाल मेडिकल कलेजमा जिआई सर्जिकल वार्ड सञ्चालन, यी रोगको हुन्छन् उपचार



जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा ग्यास्ट्रोइन्टेस्टाइनल सर्जिकल (जिआई) वार्ड सञ्चालनमा आएको छ । गत बुधबार मेडिकल कलेजका म्यानेजिङ डाइरेक्टर बसरुद्धिन अन्सारीले ३६ वेडको जिआई सर्जिकल वार्डको उद्घाटन गरेका हुन् ।

पेट तथा आन्द्राको विरामीलाई छुट्टै प्रकारले उपचार गराउनका लागि कलेजले जिआई सर्जिकल वार्ड सञ्चालनमा ल्याएको हो । पछिल्लो समय शहरी क्षेत्रमा धुम्रपान तथा मदिरापानका कारण पेट तथा आन्द्राको बिरामी बढेको तथा उनीहरुको उपचार र सेवाका लागि छुट्टै वार्ड नै तयार पारिएको कलेजले जनाएको छ । कलेजसँग कलेजो, पेट तथा आन्द्रा रोगका अनुभवी विशेषज्ञ चिकित्सक रहेका छन् ।

सो अवसरमा बोल्दै म्यानेजिङ डाइरेक्टर अन्सारीले नेपाल मेडिकल कलेजको स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन नयाँ वार्ड तयार पारिएको बताए । अन्सारीले कलेजको स्वामित्त लिएसँगै स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउँदै लगेको बताउँदै र पछिल्लो समय चिकित्सा सेवामा प्रचलनमा आएका उपकरण तथा पद्दतिहरु समेत भित्राउने क्रममा रहेको बताए । ‘नेपाल मेडिकल कलेजको स्वास्थ्य सेवालाई चुस्तदुरुस्त र प्रभावकारी बनाउन व्यवस्थापन सक्रिय छ । आउँदा दिनहरुमा अझ नयाँ–नयाँ उपकरण र सेवाहरु थप गर्नेछौं,’ अन्सारीले भने ।

जिआई सर्जिकल वार्डमा ग्याष्ट्रिक, अल्सर, लिभर खराब भएका तथा पेट र आन्द्रासँग सम्बन्धीत रोगका बिरामीलाई राखिने कलेजका हस्पिटल इन्जार्च दिलिप शाहले बताए । सर्जिकल वार्ड उद्घाटन कार्यक्रममा कलेजका प्रिन्सिपल प्रा.डा. प्रमोदकुमार क्षेत्री, हस्पिटल डाइरेक्टर प्रा.डा.मोदनाथ मरहठ्ठा, मेडिकल डाइरेक्टर डा. राजेशकिशोर श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।

जिआई सर्जरी विभागमा विभागीय प्रमुख प्रा.डा. नविन पोखरेल, एशोसिएट प्रोफेसर डा. प्रकाश पौडेल, लेक्चरलद्वय डा. चन्द्रीका शाह र प्रिन्सेस श्रेष्ठ रहेका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,