English

नेपाल मेडिकल कलेजमा जिआई सर्जिकल वार्ड सञ्चालन, यी रोगको हुन्छन् उपचार



जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा ग्यास्ट्रोइन्टेस्टाइनल सर्जिकल (जिआई) वार्ड सञ्चालनमा आएको छ । गत बुधबार मेडिकल कलेजका म्यानेजिङ डाइरेक्टर बसरुद्धिन अन्सारीले ३६ वेडको जिआई सर्जिकल वार्डको उद्घाटन गरेका हुन् ।

पेट तथा आन्द्राको विरामीलाई छुट्टै प्रकारले उपचार गराउनका लागि कलेजले जिआई सर्जिकल वार्ड सञ्चालनमा ल्याएको हो । पछिल्लो समय शहरी क्षेत्रमा धुम्रपान तथा मदिरापानका कारण पेट तथा आन्द्राको बिरामी बढेको तथा उनीहरुको उपचार र सेवाका लागि छुट्टै वार्ड नै तयार पारिएको कलेजले जनाएको छ । कलेजसँग कलेजो, पेट तथा आन्द्रा रोगका अनुभवी विशेषज्ञ चिकित्सक रहेका छन् ।

सो अवसरमा बोल्दै म्यानेजिङ डाइरेक्टर अन्सारीले नेपाल मेडिकल कलेजको स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन नयाँ वार्ड तयार पारिएको बताए । अन्सारीले कलेजको स्वामित्त लिएसँगै स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउँदै लगेको बताउँदै र पछिल्लो समय चिकित्सा सेवामा प्रचलनमा आएका उपकरण तथा पद्दतिहरु समेत भित्राउने क्रममा रहेको बताए । ‘नेपाल मेडिकल कलेजको स्वास्थ्य सेवालाई चुस्तदुरुस्त र प्रभावकारी बनाउन व्यवस्थापन सक्रिय छ । आउँदा दिनहरुमा अझ नयाँ–नयाँ उपकरण र सेवाहरु थप गर्नेछौं,’ अन्सारीले भने ।

जिआई सर्जिकल वार्डमा ग्याष्ट्रिक, अल्सर, लिभर खराब भएका तथा पेट र आन्द्रासँग सम्बन्धीत रोगका बिरामीलाई राखिने कलेजका हस्पिटल इन्जार्च दिलिप शाहले बताए । सर्जिकल वार्ड उद्घाटन कार्यक्रममा कलेजका प्रिन्सिपल प्रा.डा. प्रमोदकुमार क्षेत्री, हस्पिटल डाइरेक्टर प्रा.डा.मोदनाथ मरहठ्ठा, मेडिकल डाइरेक्टर डा. राजेशकिशोर श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।

जिआई सर्जरी विभागमा विभागीय प्रमुख प्रा.डा. नविन पोखरेल, एशोसिएट प्रोफेसर डा. प्रकाश पौडेल, लेक्चरलद्वय डा. चन्द्रीका शाह र प्रिन्सेस श्रेष्ठ रहेका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

विगत आठ वर्षदेखि सञ्चालन हुँदै आइरहेको यस सृजना सूत्रले विभिन्न क्षेत्रमा रोजगार सृजना गर्दै आइरहेको छ। पाँच हजार भन्दा पनि

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

Latest










Popular
Suggested