English

मिथिला पर्व र परम्परा लोप हुँदै गएकामा बुढापाका चिन्तित



जीवनको ८०औँ वसन्त पार गरेका महोत्तरी भङ्गाहा नगरपालिका–४ का किसान यसपालिको वसन्तोत्सव देख्दा खिन्न देखिए । माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त उत्सव पर्वसँग जोडिएको कृषि परम्परा कतै नदेखेपछि उनकोे मन पोलेकोे हो ।

गत आइतबार श्रीपञ्चमी पर्वमा कृषिसँग जोडिएका विधि कतै नदेखेपछि महतो विरक्तिए । ‘आव बुझायल, जे सब अपन पुरान मैथिल परम्परा मिटागेल, अई बेर श्रीपञ्चमी पावैनमें पासपडोस आ कतो हरक फेरालगायत नई देखलीय’ (अहिले बुझ्दैछु, हाम्रा सबै मैथिल परम्परा मेटिदैछन्, यसपालि श्रीपञ्चमी पर्वमा कतै हलो घुमाइएको देखिएन) ।’

‘हामी यही जन्म्यौँ, हुर्क्याैँ । यहाँका चलन र परम्परामा भिज्यौँ’ उनले भने– ‘वसन्तपञ्चमी पर्वमा बाँझो खेत नभेट्दा सडकमै भए पनि गोरु नारेर दुई/तीन फेरा घुमाइन्थ्यो, हामी कति रमाइलो मान्थ्यौँ, खै अब पर्वका यी परम्परा हराए ।’

श्रीपञ्चमी कृषि कार्यसँग जोडिएको महत्वपूर्ण यस पर्वमा मैथिल परम्पराअनुसार अढाइ मोड (साढे दुई घुम्ती) हलो घुमाउने (जोत्ने) कतै नदेखेपछि पुराना परम्परा हराउँदै गएकामा उनकोे चित्तदुखाइ छ ।

महतोकै समकक्षी सोही बस्तीका दीपबहादुर फुँयाल पनि पर्व विशेषका रितिथिति र चलन हराउँदै जाँदा आफ्नै ठाउँ बिरानोजस्तो लाग्ने गरेको बताए । ‘हामी यही जन्म्यौँ, हुर्क्याैँ । यहाँका चलन र परम्परामा भिज्यौँ’ उनले भने– ‘वसन्तपञ्चमी पर्वमा बाँझो खेत नभेट्दा सडकमै भए पनि गोरु नारेर दुई/तीन फेरा घुमाइन्थ्यो, हामी कति रमाइलो मान्थ्यौँ, खै अब पर्वका यी परम्परा हराए ।’

मिथिला क्षेत्रका किसान श्रीपञ्चमीलाई मुख्य कृषि पर्वका रूपमा मनाइँदै आइएको विगत सम्झन्छन् ।

‘श्रीपञ्चमी किसानका लागि नयाँ वर्षको प्रारम्भ हो’ बर्दिबास नगरपालिका–९ पशुपतिनगरका ५५ वर्षीय किसान महेन्द्रसिंह कुशवाहाले भने– ‘श्रीपञ्चमीकै दिन कृषि ज्यावलको पूजा गरिन्छ, यसै दिन अघिल्लो एक वर्षका लागि कृषि श्रमिकको व्यवस्था गरेर वरण गरिन्छ, कृषि ज्यावल बनाउने र मर्मत गर्ने लोहार यसै दिन वरण गरिने परम्परा थियो, त्यसैले यो किसानका नयाँ वर्ष बनेको हो ।’

अरू’ छिमेकका के कुरा गर्नु ? मेरै गोठमा १० वर्ष पहिलेसम्म तीन हल गोरु थिए, अहिले गोठ रित्तो छ’ बर्दिबास–७ प्रेमनगरका रामचन्द्र महतोले भने– ‘करिब २०० घरको प्रेमनगर बस्तीमा अहिले गोरु पाल्ने किसान मुस्किलले एक÷दुई होलान्, न गोरु, न हलोफाली । जे खेती गरे पनि ट्याक्टरकै भर ।’

यस पर्वका दिन हलो घुमाउने विधि पनि कामको कहिल्यै खाँचो नहोस् भनेर खेती शुभारम्भ भएको प्रतीकको रूपमा लिने गरेकोे उनको भनाइ थियो ।

पछिल्ला केही वर्षयता जोत्ने गोरु किसानका गोठमा देखिन छाडेका छन् । ‘अरू’ छिमेकका के कुरा गर्नु ? मेरै गोठमा १० वर्ष पहिलेसम्म तीन हल गोरु थिए, अहिले गोठ रित्तो छ’ बर्दिबास–७ प्रेमनगरका रामचन्द्र महतोले भने– ‘करिब २०० घरको प्रेमनगर बस्तीमा अहिले गोरु पाल्ने किसान मुस्किलले एक/दुई होलान्, न गोरु, न हलोफाली । जे खेती गरे पनि ट्याक्टरकै भर ।’

जोत्ने गोरु र राँगा पाल्न छाडिएपछि हलो, हरिस, जुवा, अनौँं, फालीजस्ता हलोसँगै जोडिने पुराना यी सामग्री पनि अब देखिन छाडेका छन् ।

किसानका घरघरै रहने यी परम्परागत खेतीका सामग्री अब पछिल्लो पुस्तालाई इतिहास पढाएझैं बुझाउनपर्ने भइसकेको पशुपतिनगर गाविसका पूर्व अध्यक्ष नथुनी महतोले बताउँछन् । ‘हेर्दाहेर्दै सबै हराए, यस्तो दिन आउला भन्ने त कल्पना पनि थिएन, ८० पुगेका उनले भने– ‘न पुरानो खेती प्रणाली रह्यो, न खेती गर्ने मजदुर नै, अनि कसरी हाम्रा कृषिपर्वका परम्परा जोगियून् त ?’

श्रीपञ्चमीबाट शुरु हुने मैथिल कृषि पर्व केही वर्ष अघिसम्म आयोजना हुँदै आएको यहाँका पाका किसानले बताए ।

दशैँको झिझिया परम्परा पनि अब गैरसरकारी संस्था र विभिन्न साँस्कृतिक संस्थाले मात्र थेग्दै आएका छन् । अहिले देखिने यो अवस्थाले मिथिलाका लोकपरम्परा अब पछिल्ला पुस्ताले इतिहास पढेर मात्र थाहा पाउने स्थिति बनेको पूर्वशिक्षक चन्द्रनारायणसिंह थारूको भनाइ थियो ।

‘जुडशितल पर्व’ विक्रम संवतको नयाँ वर्षमा स–साना बोटबिरुवामा पानी हालेर सेचन गरिने, चौरचन (भदौ शुक्लपक्षको चौथी) पर्वमा नयाँ कृषि उपज चन्द्रमालाई अर्पण गर्ने र छठ पर्वमा बोटैसहितको अदुवा, बेसार, निबुवा/ज्यामिरसहित फल, गुबोपातसहितको उखुका लाँक्रा सूर्यदेवलाई अर्घ्य दिँदा देखाइने अनिवार्य कृषि उपजमा पर्छन् ।

यीबाहेक मिथिलाका अन्य थुप्रै पारम्परिक पर्व खेती र उत्पादित फसलसँग जोडिएका भङ्गाहा–६ सङ्ग्रामपुरका कृषिविज्ञ राजकिशोर यादवले जानकारी दिए ।

पहिले पहिले खुसियाली र उल्लासका साथ धान रोपाइँका दिन मनाइने पर्व अव दन्त्य कथा जस्तो भइसकेको उनको गुनासो थियो । कृषिसँग सम्बद्ध पर्वका साथै मिथिलाका अन्य पुराना परम्परा पनि हराउँदै गएका छन् ।

श्रीपञ्चमीकै दिनदेखि थालिने वसन्त उत्सवको मुख्य आकर्षण ‘होरीगीत’ अब बस्ती–बस्तीमा सुन्न पाइँदैन । श्रीपञ्चमीसँगै प्राचीन मिथिलाका बस्ती–बस्तीमा प्रत्येक रात झ्याली, मृदंग, हार्मोनियम र ढोलकसँगै फागुपूर्णिमासम्म गुञ्जने ‘होरीगीत’ पनि अब सुन्न छाडिएको छ ।

त्यसैगरी, दशैँको झिझिया परम्परा पनि अब गैरसरकारी संस्था र विभिन्न साँस्कृतिक संस्थाले मात्र थेग्दै आएका छन् । अहिले देखिने यो अवस्थाले मिथिलाका लोकपरम्परा अब पछिल्ला पुस्ताले इतिहास पढेर मात्र थाहा पाउने स्थिति बनेको पूर्वशिक्षक चन्द्रनारायणसिंह थारूको भनाइ थियो ।

‘अब मिथिलाका परम्परा के हुन् भनेर देखाउन अहिलेका वृद्ध पुस्तापछि कसैले लेखिदिए इतिहासमा पढ्न पाइने दिन टाढा छ जस्तो लाग्दैन ।’ पूर्वशिक्षक थारूले गुनासो गरे ।

प्राचीन मिथिलामा श्रीपञ्चमीका दिनदेखि शुरु हुने ‘होरी’ फागु’ गीत गाउनेलाई ‘होलैया’ भनिन्छ । यहाँ यसै दिनदेखि ‘वसन्त’ शुरु भएको मानिन्छ । श्रीपञ्चमी मनाइएपछि मिथिलामा विभिन्न रङ्ग र अबिरको खेलले प्रवेश पाउँछ । यस अवधिमा घरमा आउने पाहुनालाई अबिरले स्वागत गर्ने स्थापित परम्परा रहेको बुढापाका सम्झन्छन् ।

तर, समयको परिवर्तनसँगै यो प्रेम र आत्मीयतासँग जोडिएको परम्परा पनि अब देखिन छाडेको उनीहरूकोे गुनासो थियो । ‘अब मिथिलाका परम्परा के हुन् भनेर देखाउन अहिलेका वृद्ध पुस्तापछि कसैले लेखिदिए इतिहासमा पढ्न पाइने दिन टाढा छ जस्तो लाग्दैन ।’ पूर्वशिक्षक थारूले गुनासो गरे ।

‘ठाउँ–ठाउँका विशिष्ट परम्पराले त्यो ठाउँको खास पहिचान बनाएका हुन्छन् । मिथिला कला, संस्कृति, भाषा र आफ्नै रीतिथिति संसारलाई चिनाएको प्राचीन आर्य सभ्यताको थलो भए पनि अब पुराना परम्परा हराउँदै गएकोप्रति पाका पुस्ताको मन अमिलिएको छ ।

यो पनि
कसरी सम्भव हुन्छ महासमाधि ?
सम्पदा मासेर नयाँ संरचना



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested