English

कसरी सम्भव हुन्छ महासमाधि ?



उत्तरायणको समयमा योगीहरूले आफ्नो आध्यात्मिक प्रक्रियातर्फ केही नयाँ प्रयासहरू गर्छन्, किनकि उत्तरायण भनेको कृपा र बद्धत्त्वको समय हो । प्राचीन समयदेखि नै थुप्रैले होशपूर्वक आफ्नो शरीर छोड्नको लागि विशेषगरी यो समयलाई रोज्ने गरेका छन् । यसको एउटा प्रख्यात उदाहरण भिष्म हुन्, जसले उत्तरायण सुरु नहुन्जेलसम्म युद्ध मैदानमा वाणहरूको शैय्यामा मृत्यु पर्खेर बसेका थिए ।

सम भनेको समान वा निष्पक्ष हो । धि भनेको बुद्धि हो । समाधि भनेको “समबुद्धि” हो, अर्थात् सबैथोक निष्पक्ष भएर हेर्ने बुद्धि । यस्तो बुद्धिले असल र खराब, उच्च र निच, हर्ष र पीडा, सुख र दुःखमा कुनै भेदभाव गर्दैन । महासमाधि भनेको समबुद्धिको सर्वोच्च स्तर हो, जहाँ बुद्धिको समभाव सबैभन्दा उच्च हुन्छ- अर्थात्, यस्तो बुद्धि जसले बाहिरबाट ग्रहण गरेको सबैथोक हराएको हुन्छ ।

यतिखेर, तपाईंको बुद्धिले बाहिरबाट लिइएका चीजहरूको आधारमा काम गरिरहेको हुन्छ । तपाईंले जे पढ्नुभएको छ, जे सुन्नुभएको छ, जे-जति जम्मा गर्नुभएको छ, त्यसैको आधारमा तपाईंको बुद्धिले काम गरिरहेको हुन्छ । तपाईंले आफ्नो दिमागमा जम्मा गर्नुभएका जानकारीहरूले नै तपाईंलाई बुद्धिमानी जस्तो देखाउँछ । तपाईं आफ्नो स्मृति (स्मरणहरू) लाई बुद्धिमत्ताको रूपमा प्रस्तुत गरिरहनु भएको छ, जुन त्यसो होइन । एकचोटि जब तपाईं आफ्नो स्मृतिसँग पहिचान जोड्नुहुन्छ, तब समभाव वा निष्पक्षता सम्भव नै हुँदैन ।

तपाईंको स्मृतिमा जे-जति छन्, ती पूर्वाग्रही तरिकाले सङ्ग्रह गरिएका हुन्- जस्तै कि ‘मलाई यो व्यक्ति मन पर्छ, त्यो व्यक्ति मन पर्दैन; ऊ असल व्यक्ति हो, ऊ खराब व्यक्ति हो; यो एकदमै ठीक छ, त्यो एकदमै बठीक छ ।’ यी सबै निष्कर्ष र पूर्वाग्रहहरू त्यही स्मृतिको परिणाम हुन् । तपाईं सबैथोकलाई असल र खराब, मन पर्ने र मन नपर्ने, उच्च र निच, भगवान र राक्षस भनेर विभाजन गरिरहनु भएको हुन्छ ।

जबसम्म तपाईं आफूसँग भएको स्मृतिको भण्डारसित पहिचान गाँस्नुहुन्छ, सबैथोकप्रति समभाव हुने सम्भावना नै बाँकी रहँदैन । समाधि भनेको निष्पक्ष बुद्धि हो । यसको आशय के हो भने, तपाईंले आफ्नो बुद्धिलाई आफ्नो स्मृतिबाट असंलग्न राख्नुपर्ने हुन्छ । यदि तपाईंको बुद्धि तपाईंको स्मृतिसँग संलग्न रहेन भने, यसले केही समयको लागि त संघर्ष गर्नेछ, तर केही साधना गरेपछि एकाएक तपाईंले यो महसुस गर्नुहुनेछ कि स्मृतिमा भएका कुराहरूले वास्तवमा कुनै पनि अर्थ राख्दैनन् ।

वास्तवमा, स्वतन्त्रता वाहियात् कुरा हो । सबैजना आफू स्वतन्त्र हुन चाहेको कुरा गर्छन्, तर वास्तवमा हेर्ने हो भने उनीहरू स्वयं बन्धनमा फस्ने काम गरिरहेका हुन्छन् । सबैजनाले आफूलाई कुनै वस्तु वा कोही व्यक्तिसँग बन्धनमा बाँध्ने प्रयास गरिरहेका हुन्छन् । चाहे कुनै पुरुषले स्त्रीसँग बन्धनमा बाँधिने प्रयास गरिरहेको होस् वा स्त्रीले पुरुषसँग, अथवा भगवानसँग, पार्टीसँग, विचारधारासित, सिद्धान्तसित, विश्वास-प्रणालीसित, वा अब ईशा ! तपाईं चाहे जुनसुकै कुरासित बाँधिनुहोस्, तपाईंले केही अर्थ खोजिरहनु भएकोले नै आफूलाई त्यस बन्धनमा बाँधिरहनु भएको हुन्छ ।

तर, जुन कुराले तपाईंको स्मृतिलाई मेटाउँछ, त्यसमा तपाईं निश्चित उद्देश्यको लागि बाँधिनुभयो भने, त्यो उचित हुनेछ । केही सुरु गर्नको लागि यसरी बाँधिनु राम्रो हुनेछ, किनकि यसले तपाईं र तपाईंको विगतबीच दुरी बनाउँछ । ब्रह्मचर्य वा सन्यास भनेको नै यही हो, अर्थात् तपाईं आफूलाई आफ्नो स्मृतिबाट विच्छेद गर्नुहुन्छ, किनकि तपाईं समबुद्धि चाहनुहुन्छ- यस्तो बुद्धि जसले कुनै भेदभाव गर्दैन ।

सम भनेको समान वा निष्पक्ष हो । धि भनेको बुद्धि हो । समाधि भनेको “समबुद्धि” हो, अर्थात् सबैथोक निष्पक्ष भएर हेर्ने बुद्धि । यस्तो बुद्धिले असल र खराब, उच्च र निच, हर्ष र पीडा, सुख र दुःखमा कुनै भेदभाव गर्दैन । महासमाधि भनेको समबुद्धिको सर्वोच्च स्तर हो, जहाँ बुद्धिको समभाव सबैभन्दा उच्च हुन्छ- अर्थात्, यस्तो बुद्धि जसले बाहिरबाट ग्रहण गरेको सबैथोक हराएको हुन्छ ।

यदि तपाईं आफ्नो स्मृतिसँग लिप्त हुनुहुन्छ भने, तपाईंले सम (निष्पक्ष) हुनु भनेको के हो भनेर कहिल्यै जान्नुहुन्न । यो के जस्तो हो भने तपाईं एक्सेलेरेटर थिचिरहनु हुन्छ अनि गाडी रोकियोस् भन्ने चाहनुहुन्छ । त्यो रोकिँदेन, बरु झन् छिटोछिटो जान्छ । महासमाधि भनेको आफूले कुनै दिन पाउनुपर्ने पुरस्कार होइन । साथै, महासमाधि भनेको जीवनलाई समाप्त गर्ने उपाय पनि होइन । यदि तपाईं दुःख-कष्टमा हुनुहुन्छ, कुनै रोगव्याधि लागेको छ, तपाईंले कुनै काम गर्न सकिरहनु भएको छैन वा केही कुरा पीडादायी भएको छ, अनि तपाईं जीवनलाई अन्त्य गर्ने माध्यमको रूपमा महासमाधि चाहिरहनु भएको छ भने, यसले त्यसरी काम गर्दैन । जीवनलाई समाप्त गर्नु भनेको आत्महत्या हो; यो महासमाधि होइन !

आफ्नो पीडाबाट मुक्त हुनको लागि महासमाधिको बाटो नरोज्नुहोस् । महासमाधिको आकाङ्क्षा राख्नु भनेको यो जीवनलाई अर्को आयामसम्म कसरी माथि उठाउन सकिन्छ भनेर हेर्नु हो । महासमाधिको खोज गर्नुको अर्थ के हो भने, तपाईं यो जीवनसँग यति गहिरो प्रेममा डुब्नुभएको हुन्छ कि तपाईं यसको मूल स्रोत के हो भनेर जान्न चाहनुहुन्छ । अझ भन्नुपर्दा, तपाईंले जीवनलाई पूरै गहिराइमा अनुभव गरिसक्नु भएको हुन्छ, र अब तपाईं जीवनका अनेक आयामहरूलाई जान्न चाहनुहुन्छ ।

तपाईंमा यसप्रति गहिरो चाहना हुँदैमा महासमाधि प्राप्त हुँदैन । यो तबमात्र प्राप्त हुन्छ, जब तपाईं आफूलाई आफ्नो स्मृतिबाट विच्छेद गर्नुहुन्छ- अर्थात्, तपाईं आजलाई आज जसरी नै बाँच्नुहुन्छ, न कि विगतमा जम्मा गरिएका वाहियात् चीजहरूको सङ्ग्रहको रूपमा । हामीले तपाईंहरूलाई त्यसको निम्ति विधि र प्रक्रियाहरू सिकाइ सकेका छौँ । शाम्भवी महामुद्रा जस्तो सरल अभ्यासले समेत तपाईंलाई त्यस स्थितिमा पुऱ्याउन सक्छ । त्यसको निम्ति तपाईंले सही माहोल सृजना गर्नुपर्ने हुन्छ । तपाईंलाई अरू केही पनि चाहिँदैन ।

यदि तपाईंले शाम्भवी महामुद्रा क्रियामा दीक्षा लिनुभएको छ भने, हामीले तपाईंलाई भनेको नै छौँ कि शाम्भवी सुरु गर्नुअघि इनर इन्जिनियरिङ्ग कार्यक्रममा सिकाइएका कुराहरू स्मरण गर्नुहोस् । किनकि, यदि तपाईंले सही परिवेश सृजना गर्नुभएन भने, वा भनौँ आफू जेमा बाँधिनुभएको छ, त्यसबाट नछुटिकनै तपाईंले डुङ्गा खियाउनुभयो भने, मौसमको कराणले चाहिँ त्यहाँको दृश्य बदिलिएला, तर तपाईं कहीँकतै पुग्नुभएको हुँदैन ।

‘ए ! थुप्रै कुराहरू फेरिएका छन्” भनेर तपाईं आफूलाई मूर्ख बनाउन त सक्नुहोला, तर वास्तवमा केही पनि बदिलिएको हुँदैन । तपाईं जहीँको त्यहीँ रहनुहुन्छ, किनकि तपाईं स्मृतिको भण्डारमा बाँधिनुभएको छ । यस संस्कृतिमा मानिसहरूले ‘हत्तेरी कर्म !’ भनेर भन्ने गर्दथे । हत्तेरी कर्म भनेको के हो भने, तपाईं जतिखेर पनि यो स्मृतिको भारी घिसारेर हिँडिरहनु भएको हुन्छ, तर तपाईं मुक्त हुन चाहनुहुन्छ । यदि मैले ‘ल, जाऔँ !’ भनेँ भने, तपाईं सोध्नुहुन्छ, ‘ अनि, मेरो भारी नि !’ यही भारी नै बन्धन हो । तपाईंलाई अरू कुनै पनि कुराले बाँधिरहेको छैन ।

तपाईं दुःख-कष्टमा हुनुहुन्छ, कुनै रोगव्याधि लागेको छ, तपाईंले कुनै काम गर्न सकिरहनु भएको छैन वा केही कुरा पीडादायी भएको छ, अनि तपाईं जीवनलाई अन्त्य गर्ने माध्यमको रूपमा महासमाधि चाहिरहनु भएको छ भने, यसले त्यसरी काम गर्दैन । जीवनलाई समाप्त गर्नु भनेको आत्महत्या हो; यो महासमाधि होइन !

कर्म नै एकमात्र बन्धन हो । तर, के तपाईं आफ्नो अतीतलाई त्यागेर यत्तिकै यहाँ रहन इच्छुक हुनुहुन्छ ? अहँ, तपाईं आफ्नो पूरै अतीतलाई बोकेर हिँड्न चाहनुहुन्छ । यदि तपाईंले आफ्नो जवानी र स्वास्थ्य पुनः पाउनुभयो भनेपनि, तपाईं पुनः त्यही चीजहरू गर्नुहुनेछ । मलाई यो कुरा पक्का थाहा छ कि तपाईंहरूमध्ये थुप्रैले जीवनको विभिन्न चरणहरूमा आफ्नो सहयात्रीसँग यो वाचा गरिरहनु भएको छ, “यदि म अर्को सात जुनीसम्म यहाँ आएँ भनेपनि, म तिमीसँग मात्रै रहन चाहन्छु !”

यदि यो सत्य हो भने, यो त्रासदी हुनेछ । यदि यो सत्य होइन भने, बुद्धिमानी । के रोज्नुहुन्छ, त्यो तपाईंहरूलाई नै छोडिदिन्छु । तपाईं पीडामा रहेको कारण महासमाधिको आकाङ्क्षा नगर्नुहोस् । आफूले जीवनमा सन्तुष्टि र तृप्ती अनुभव गरेकोले अनि यसलाई पर्याप्त रूपमा देखिसकेको हुनाले, यदि तपाईंमा जीवनको अर्को आयाममा जाने चाहना छ भनेमात्र महासमाधिको आकाङ्क्षा राख्नु उचित हुन्छ । विगतमा के भयो भन्ने कुराले कुनै अर्थ राख्दैन । किनकि, यदि तपाईं अहिले कुनै कुराबाट पीडित हुनुहुन्छ भने, त्यसको एउटै कारण यो हो कि तपाईं यस्तो कुरा याद गरिरहनु भएको छ, जसलाई तपाईंले राम्रो ठान्नुभएको थियो ।

स्मृतिको भारीलाई बिसाउनु होस् । बिहान उठ्नुहोस्, भर्खरै उदाएको सूर्य नवीन हुन्छ, हावा पनि ताजा र स्वच्छ हुन्छ, सबैथोक नयाँ हुन्छ- यी सबैलाई त्यही रूपमा अनुभव गर्नुहोस् । त्यसपछि, तपाईंलाई सिकाइएको सरल क्रियालाई आफूले सकेजति पूरै संलग्न भई साथै त्यसमा समर्पित भई अभ्यास गर्नुहोस् । जब यहाँबाट जाने समय आउँछ, म यो सुनिश्चित गर्नेछु कि तपाईं यहाँबाट राम्रोसँग जानुहुनेछ । यो एउटा वाचा हो ।

तर, आफ्नो जीवन पीडादायी भयो भनेर यसलाई अन्त्य गर्ने प्रयास नगर्नुहोस् । यदि तपाईंले पीडा र दुःखको अनुभव बोकेर यहाँबाट जानुभयो भने, त्यही कुरा लाखौँ गुणाले झन् बढ्नेछ । त्यसैले, आफूसँग त्यस्तो कहिल्यै नगर्नुहोस् । तपाईं त यस संसारमा आफ्नो कर्मलाई रित्याउन आउनुभएको हो, उल्टो त्यसलाई कैयौँ गुणाले बढाउनको लागि होइन । यदि तपाईंले त्यसलाई पूर्ण रूपमा रित्याउन सक्नुभएको छैन भनेपनि, कम्तीमा सम्भव भएसम्म कम त गर्नुहोस् !

यति त तपाईंले गर्नैपर्छ, किनकि तपाईं जुन काम गर्न सक्नुहुन्छ त्यति पनि गर्नुहुन्न भने, म कसरी तपाईंलाई मद्दत गरूँ ? यदि तपाईंले आफूले सक्नुभएको सबैथोक गर्नुभयो भने, केही निश्चित कुराहरू छन्, जुन तपाईं गर्न सक्नुहुन्न- किनकि ती कुराहरू तपाईंको अनुभवमा छैनन् । ती कुराहरू म तपाईंको निम्ति शत-प्रतिशत गर्नेछु ! सदगुरुको प्रवचन

यो पनि

साँचो प्रेमको अर्थ



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार