English

सम्पदा मासेर नयाँ संरचना



पुराना धार्मिक सम्पदा मास्ने क्रम बढीरहेको छ । आधुनिक खालका भवन धमाधम बन्दै छन् । महत्त्व बोकेका धार्मिक सम्पदाको संरक्षण नहुँदा लोप हुने अवस्था छ ।

ऐतिहासिकता झल्काउने धार्मिक सम्पदा अस्तित्व नै नरहने गरी हटाउन थालिएको छ । पाल्पाको रामपुरमा रहेको ऐतिहासिक लक्ष्मीनारायण धर्मशाला (गुठी) को भवनलाई संरक्षण गर्दै पुरानै शैलीमा पुनःनिर्माण थालिएको छ ।

कालीगण्डकी बेँसीको धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको धर्मशालामा २०७२ सालको भूकम्पबाट क्षति पुगेको थियो । त्यसको पौराणिक अस्तित्व बचाइ राख्न अहिले पुरानै शैलीमा पुनः निर्माणको काम धमाधम भइरहेको छ ।

लक्ष्मीनारायण गुठी सञ्चालन संस्थाको स्वामित्वमा धर्मशाला (गुठी) का रूपमा सञ्चालन हुँदै आएको थियो । पुरातत्त्व विभागको विशेष पहलमा करिब रु तीन करोड ६ लाख ५३ हजारको लागतमा पुनः निर्माणको काम चलिरहेको छ ।

पुरानो धर्मशाला भुइँतलासहित तीनतले ६ कोठा, दायाँ र बायाँ एक/एक वटा बालापालीको थियो भने छानो झिँगटीको थियो । सोही स्वरूपमा नै श्री धर्म एस निर्माण सेवा प्रालिले २०७८ असार १६ गते ठेक्का सम्झौता गरी गत भदौदेखि निर्माण भइरहेको छ । विसं २०८० असारमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

अहिले भवनको दोस्रो तलाको काम चलिरहेको छ भने हालसम्म करिव ३० प्रतिशत काम सम्पन्न भएको लक्ष्मीनारायण गुठी सञ्चालन समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मी बताउँछन् । उनी भन्छन्, ‘पूरानै ऐतिहासिकता झल्काउने बहुमुल्य काठका सामग्रीबाट भवन निर्माण भइरहेको छ, काठमाडौंदेखि निर्माण सामग्री ल्याएर काम गरिरहेका छौँ, पुरानै शैलीमा भवन बनाउनुपर्ने भएको हुँदा अनुभवी कामदार परिचालन गरिएको छ ।’

भवन निर्माण सकिएपछि यसलाई संग्रहालयका रूपमा विकास गरिने रेग्मीले बताए । गाउँघरमा पहिले चलनचल्तीमा आएका पुराना काठजन्य वस्तुलाई संरक्षण गर्दै संग्रहालयमा राखिने भएको छ । पौराणिक समयमा धार्मिक तीर्थस्थलका नामले परिचित रामपुरको लक्ष्मीनारायण धर्मशाला (गुठी) तत्कालीन समयमा राजदरबारकै रूपमा चिनिने गरिन्थ्यो । हाल धर्मशाला जीर्ण अवस्थामा थियो ।

पौराणिक महत्त्व

विसं १८७९ मा साविक रामपुर गाविस-८ का समाजसेवी तुल्सीराम रेग्मीले गुठी निर्माण गरेका थिए । तत्कालीन समयमा यस क्षेत्रमा भित्रिने विशिष्ठ व्यक्तिको स्वागत, बसोबास र धर्मशालाका रूपमा गुठी निर्माण गरिएको हो ।

पुराना धार्मिक सम्पदा मास्ने क्रम बढीरहेको छ । आधुनिक खालका भवन धमाधम बन्दै छन् । महत्त्व बोकेका धार्मिक सम्पदाको संरक्षण नहुँदा लोप हुने अवस्था छ । ऐतिहासिकता झल्काउने धार्मिक सम्पदा अस्तित्व नै नरहने गरी हटाउन थालिएको छ ।

तत्कालीन समयमा बाटोमा हिँड्दा बटुवाका लागि बास बस्ने प्रयोजनका लागि गुठीको निर्माण गरी सोहीअन्तर्गत धर्मशाला बनाइएको थियो । टाढाको गन्तव्य तय गर्ने र दिनहुँ हिँड्नुपर्दा बीचमा बास बस्ने व्यवस्था नहुँदा यही धर्मशालामा रात बिताउने र भोलिपल्ट आफ्नो गन्तव्यतर्फ लाग्ने गर्दथे ।

पछिल्ला वर्षमा सडक सुविधा, घर बस्ती बढेसँगै धर्मशाला प्रयोगविहीन भएपछि संरक्षणमा कसैको ध्यान जान सकेको थिएन । विसं २०७२ को भूकम्पले यसलाई क्षति गरेपछि यो जीर्ण थियो ।

पुरानै शैलीमा निर्माण गरिँदा नयाँ पुस्ताले पुराना कुरा सिक्ने र बुझ्ने अवसर मिल्ने बताउँछन्, स्थानीय विनोद पंगेनी । ‘पूराना संरचना हटाउँदा इतिहास नै मेटिने हुँदा ऐतिहासिक महत्त्व बोकेका धार्मिक धरोधरलाई संरक्षण गर्न सकेमा यसैबाट आयआर्जन गर्न सकिने प्रशस्त सम्भावना छ’ उनले भने

स्थानीयको जोडबलमा धर्मशालालाई पुरानै शैलीमा निर्माण गर्न थालिएको हो । धर्मशाला रामपुर नगरपालिका-४ खोप्टारस्थित राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको आडैमा रहेको छ । त्यसैले यहाँ संग्रहालयका रुपमा प्रयोग गरिँदा आयआर्जन समेत गर्न सकिनेछ ।

पुराना सांस्कृतिक, धार्मिक सम्पदाले नगरको पहिचान बनाउने र परिचालन राम्रोसँग गर्न सकियो भने उत्कृष्ट धार्मिक पर्यटकीय स्थलका रूपमा चिनाउन सकिने हुँदा पुनः निर्माणमा जोड दिइएको रामपुर नगरपालिका-४ का वडाध्यक्ष एकबहादुर नेपाली बताउँछन् ।

धर्मशालासँगै त्यस आसपासमा लक्ष्मीनारायण गुठी सञ्चालन समितिको नाममा झण्डै दश रोपनी जग्गा छ । रेग्मी परिवारका सदस्यबाट मात्रै सञ्चालन हुँदै आएको यस लक्ष्मीनारायण गुठी समुदायलाई हस्तान्तरण गरेपछि पनि पछिल्ला वर्षमा संरक्षणविहीन हुन पुगेको हो ।

गुठीमा पहिले टाढाका बटुवा तथा तीर्थयात्री दैनिक ३० जनाभन्दा बढी बास बस्ने गरेको यहाँका स्थानीयवासी बताउँछन् । ठूला शहर, भारतमा रोजगारी, अध्ययन या अन्य कुनै कामले यसतर्फ जाने रात परेपछि यहीँ बास बस्ने गर्दथे ।

बटौली (हालको बुटवल) बजारमा सामान लिन जानेका लागि पनि यही धर्मशाला बास बस्ने ठाउँ थियो । यहाँ बास बस्नेलाई खाना र बासको राम्रो प्रबन्ध थियो ।

यो पनि

विद्यालयको मुख्य आयस्रोत तातोपानी कुण्ड, कोरोनाले पार्‍यो असर

बाजेको पाइला पछ्याउँदै आङरिताका नाति



सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

पृथ्वी जयन्तिको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका छन्। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेन लगायत

पुस २७ गते । केके मानन्धर । भक्तपुरको मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थामा डा. उज्ज्वल जोशी नेतृत्वको ७

काठमाडौ । गायिका सुस्मिता स्याङतान र गायक सुवास दोर्जे थिङको आवाजमा सजिएको ‘चु ल्हुई’ सार्वजनिक भएको छ । म्युजिक भिडियोमा

Latest










Popular
Suggested