English

अस्पताल बनेपछि स्थानीय दंग



सामान्य स्वास्थ्य सेवा लिन लामो दूरी पार गरेर चौतारा, मेलम्ची या धुलिखेल, काठमाडौं पुग्नुपर्ने बाध्यता हटेको भन्दै इन्द्रावतीका स्थानीय खुसी भएका छन् । २५ हजार ५ सय १८ जनसंख्या रहेको सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा जम्मा १२ वटा वडा रहेका छन् ।

विगतमा सामान्य रगत परीक्षणदेखि एक्सरे गर्न अन्यन्त्र जानुपर्ने बाध्यता स्थानीयमा थियो । तर, अहिले गाउँपालिकाको केन्द्र नवलपुरमा १५ शैय्याको अस्पताल बनेपछि अब त्यो बाध्यता हटेको भन्दै स्थानीय दंग देखिन्छन् ।

नवलपुर प्राथमिक अस्पतालमा सेवा लिन आएकी विमला अधिकारी भन्छिन्, ‘ओपिडीमा गएर डाक्टरलाई भेटेँ । एक्सरे र रगत परीक्षण गर्न पाउँदा निकै खुसी छु । पहिले यही कामको लागि दिन धुलिखेल पुग्नुपर्थ्यो ।’

गाउँपालिकाको प्रशासकीय भवनसँगै रहेको प्राथमिक अस्पताल बाग्मती प्रदेश सरकारको सहयोगमा बनेको हो । नवलपुर बजारमै ३ रोपनी क्षेत्रफलमा १५ शैय्याको नवलपुर प्राथमिक अस्पताल निमार्ण सम्पन्न भई सेवा दिन सुरु गरेको भएको छ ।

आइतबार बाग्मती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले सो अस्पतालको उद्घाटन गरेका छन् । मन्त्री लामाले अस्पतालको लागि आवश्यक जनशक्ति र उपकरणको लागि आफूले स्वास्थ्य मन्त्रालयमार्फत व्यवस्थापन गर्दै जाने बताए ।

अस्पतालमा दुई एमबीबीएस डाक्टरसहित चिकित्सक, मेडिकल, एक्स रे, ल्याब, इमरजेन्सी वार्ड, अपरेटिङ, माइनर, इसीजीजस्ता सबै अत्यावश्यक प्राथमिक सेवा सञ्चालनमा ल्याइएको इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले बताए ।

प्राथमिक अस्पताललाई व्यवस्थित ढंगले सञ्चालन गर्न एमडिजिपि डाक्टर ,प्रशासनिक कर्मचारीसहित २१ जना कर्मचारी आवश्यक पर्ने भन्दै सो को व्यवस्थापनमा प्रदेश र संघीय सरकारले ध्यान दिनुपर्ने अध्यक्ष तामाङले बताए ।

५ करोड ६० लाखमा ठेक्का लगाए पनि सो अस्पतालको भवन न्यु ड्रागन पवित्र मल्टिपल डेभिड कम्पनीले दुई वर्षमा ५ करोड ७८ लाख लागतमा निर्माण पुरा गरेको इन्जिनियर राजाराम घोरासैनीले जानकारी दिए । ३५ कोठा रहेको अस्पताल भवनमा ३० जना बिरामी राख्ने क्षमता छ ।

इन्द्रावती गाउँ कार्यपालिका सदस्यसमेत रहेकी मनकुमारी तामाङ जनशक्ति र उपकरणमा स्वास्थ्य मन्त्रीले विशेष जोड दिएमा नागरिकले पाउने सेवा सुविधामा पहुँच पुग्ने बताउँछिन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली

शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या

नेपालकै गहिरो तालको परिचय बनाएको शे फोक्सुण्डो ताल मौसम खुलेसँगै निलो देखिएको छ । छिन , छिनमा रंग बदल्ने यो