English

मौसम खुलेसँगै हिउँमय शे-फोक्सुण्डो ताल (फोटो फिचर)



नेपालकै गहिरो तालको परिचय बनाएको शे फोक्सुण्डो ताल मौसम खुलेसँगै निलो देखिएको छ । छिन , छिनमा रंग बदल्ने यो ताल फोक्सो आकारको भएकाले फोक्सुण्डो र शे गुम्वा नजिकै भएकाले शेफोक्सुण्डो नाम राखिएको हो । यो तालमा जिवित कुनै पनि प्राणी नभएको विज्ञले बताउदै आएका छन् । उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिकामा रहेको यो ताल सन् २००७ मा रामसारमा सूचीकृत गरिएको छ । ११औं शताब्दीमा निर्मित शे गुम्बाको यही छ ।

शे फोक्सुण्डो राष्टिय निकुन्जको बीचमा रहेको यो ताल कर्णालीको पहिचान पनि हो । यस तालको वरपर बिभिन्न किसमका जनावरहरु समेत हेर्न पाइन्छ । अग्ला पहाडबाट बगेर कन्चन हिउँबाट ताल भरिने गर्दछ । यहाँ तल्लो हिमाली क्षेत्रदेखि लिएर उच्च हिमाली र हिमालपारि क्षेत्रको तिब्बती भूमिसम्मको भू–धरातल भएकाले हिउँ चितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउर लगायत हिमाली क्षेत्रमा पाइने वन्यजन्तु पाइन्छन् । यस ठाउँमा डाँफे, मोनाल, चिर लगायत २०० प्रजाति पंक्षीहरू, ६ प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतलीले जैविक विविधतामा अझ धनी बनाइएको छ ।

यहाँ पाइने हिउँ चितुवाको आहार–बिहारबारे वैज्ञानिक अनुसन्धानको नतिजाले यो निकुञ्ज हिउँ चितुवाका लागि सबैभन्दा उपयुक्त बासस्थान प्रमाणित भएको छ । काञ्जिरोवा दक्षिण ६,८६६ मिटर , सिकाल्पो खाङ ६,५५६ मिटर , वेज चुचुरो ७,१३९ मिटर जस्ता हिमशिखरहरू र कतिपय हिमनदीहरूले यस निकुञ्जलाई अनुपम प्राकृतिक सुन्दरता प्रदान गरेका छन् ।

यो पनि…
विश्व चिनाउने साताका २१ तस्वीर
भद्रगोल सिंहदरबार (फोटो फिचर)



...
Dianne

I uswed too bbe ahle tto find god informatgion froom yourr content. xnxx Reiew mmy web-site: xnxxy cc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested