English

विश्व चिनाउने साताका २१ तस्वीर



विश्वभर विभिन्न घटना घट्छन् । केही शब्दले समाचार बन्छन् त केही तस्वीरले । तिनै तस्वीरले विश्व चिनाउँछन् । भनिन्छ, हजार शब्दले व्यक्त गर्न नसकेको कुरा एउटा तस्वीरले बताउँछ । त्यसैले यस हप्ता तिनै सन्देश दिने तस्वीरलाई हामीले समेट्ने प्रयास गरेका छौं ।

२१.उत्तरी यमनको मारिब सहरमा विस्थापित शिविरका बालबालिका पानी पिउँदै ।

२०.क्यानाडाको बानफ नेसनल पार्क स्थित तालमा हिउँले ढाकिएको पहाडको प्रतिविम्ब ।

१९.पश्चिमी यूरोपमा आएको वर्षा र बाढीले चर्किएको घर ।

१८.ह्वाइट हाउसस्थित उडेका चराको बथान
१७.इटालीस्थितको ‘डालोमाइट’ पहाडबाट देखिएको सूर्योदय ।
१६. २०२१ को उत्कृष्ट खेलाडी बनेका अर्जेन्टिना तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का फरवार्ड लियोनल मेस्सीले बालोन डीओर अवार्ड ग्रहण गर्दै ।
१५. स्पेनको ला पाल्माको क्यानरी टापुमा विस्फोट ज्वालामुखी ।
१४.पाकिस्तानको लाहोरमा फूलको व्यापार गर्दै व्यापारी ।
१३. स्वीजरल्याण्डको ‘चिमिस्पिट्जÞ’ पहाडको दृश्य ।
१२. कुवेतको जाहरा गभर्नोरेटको समुद्र तटमा खानाको लागि लडिरहेका बकुल्ला ।
११.दक्षिण कोरियाको सियोल सहरको रात्रिकालिन दृश्य ।
१०. भारतको आसामको मोरिगाउँ जिल्लामा रेलवे ट्र्याक पार गर्ने क्रममा रेलले ठक्कर दिएको मृत हात्तीलाई श्रद्धाञ्जली अर्पण गर्दै ।
९. हुम्लाको नाम्खा गाउँपालिकाको वडा नं. ६ लिमीमा खाद्यान्न अभाव भएपछि स्थानीयका लागि खाद्यान्न ढुवानी गर्दै नेपाली सेनाको हेलिकप्टर ।
८. भोजपुरको रामप्रसादराई गाउँपालिका र हतुवागढी गाउँपालिकालाई जोड्ने कावा खोलामाथि निर्माण भइरहेकोे अवस्थामा भाँचिएको पुल ।
७. शुक्लाफाँटा राष्ट्रि निकुञ्जको सनवोरा नदीको बगरमा देखापरेको लोपोन्मुख खैरो हिमाली डंगर गिद्ध, पखेता फिँजाएर घाम सेक्दै ।
६. ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म हिँडेर जान नसकेपछि भरियालाई बोकेर पाथीभरा मन्दिरमा दर्शन गर्न जाँदै तीर्थयात्री ।
५. पोखरा महानगरपालिका वडा नं १८ खपौदीकी माझी महिला फेवातालमा माछा मार्न जाल बिछाउँदै ।

४. तनहुँको देवघाटमा बालाचतुर्दशीको अवसरमा बिहीबार राति जागाराम बसेर बत्ती बाल्दै भक्तजन ।
३. चितवनको सौराहास्थित राप्ती खोलाको किनारमा योगा अभ्यास गर्दै विदेशी पर्यटक ।
२.चितवनको नारायणी नदीमा मोटरबोट चड्नको लागि लाइनमा बस्दै नेपाली । आन्तरिक पर्यटकहरु मोटरबोट चढेबापत २ सय ५० रुपियाँ तिर्नु पर्ने हुन्छ ।
१. हिमालपारीको जिल्ला मुस्ताङमा हिमाल हेर्दै आन्तरिक पर्यटक ।

तस्वीरः रासस, एपि, एएफपि,सिन्हुआ



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली

हरेक वर्ष जस्तै यसवर्ष पनि मार्च महिनाको अन्तिम शनिबार ‘अर्थ आवर डे’ मनाइएको छ । विश्व वन्यजन्तु कोष (डब्लु डब्लु

चितवन सौराहाका वाइल्डलाइफ फोटोग्राफर मिलन तामाङले ललितपुरको फूलचोकी पुगी विश्मै दुर्लभ र लोपोन्मुख पक्षीहरु क्यामरामा कैंद गरेका छन् । तामाङले