English

१० वर्षमै १३८ सन्तानका पिता



संसारमा यस्ता धेरै पुरुष छन् जुन कुनै न कुनै शारीरिक समस्याका कारण पिता बन्न सक्दैनन् । यस्तो अवस्थामा उनीहरू ‘स्पर्म’ डोनर (शुक्रकीट दाता) को खोजीमा हुन्छन् । जसमार्फत आफू र श्रीमतीले परिवारलाई अगाडि बढाउन सक्छन् । पछिल्लो समय शुक्रकीट दान गरेर एक सय ३८ सन्तानका पिता बनेका एक बेलायतका एक पुरुष निकै चर्चामा छन् ।

६६ वर्षीय क्लाइभ जोन्सले विगत १० वर्षदेखि शुक्रकीट दान गर्दै आएका छन् । उनको यो योगदानले हालसम्म उनी एक सय ३८ सन्तानका पिता बन्ने भएका छन् । क्लाइभले १ सय ५० स्पर्म डोनेट गरेपछि उनी यो कामलाई अलबिदा गर्ने बताउँछन् । तर, क्लाइभका लागि यो सबै गर्न त्यति सजिलो भने थिएन ।

क्लाइभ अब आधिकारिक रूपमा शुक्राणु दाता बन्न सक्दैनन् । किनभने बेलायतमा रक्तदाता तथा शुक्रकीटदाता बन्नका लागि अधिकतम उमेर ४५ वर्ष हुनुपर्छ ।

क्लाइभको मनमा यो विचार ९/१० वर्षअघि आएको थियो । ‘द सन् वेबसाइट’को रिर्पाेटका अनुसार क्लाइभ अब आधिकारिक रूपमा शुक्राणु दाता बन्न सक्दैनन् । किनभने बेलायतमा रक्तदाता तथा शुक्रकीटदाता बन्नका लागि अधिकतम उमेर ४५ वर्ष हुनुपर्छ ।

जसका कारण उनी फेसबुकमार्फत जोडिई आफ्ना ग्राहकहरूलाई उनीहरूको आवश्यकता पूरा गर्दछन् । ठूलो कुरा यो हो कि उनले यो सेवाका लागि पैसा लिँदैनन् । उनी भन्छन्– ‘कसैको परिवारलाई मिलाएर मलाई धेरै खुसी मिल्छ । सन्तान नहुँदा मानिसहरूले कति पीडामा हुन्छन् भन्ने लेख ९/१० वर्षअघि एउटा पत्रिकामा पढेपछि उनको मनमा यस्तो विचार आएको हो ।

समस्यामा क्लाइभ

मानव निषेधन भ्रूण विज्ञान प्राधिकरणले क्लाइभको यो कार्यलाई लिएर चेतावनी जारी गरेको छ । वास्तवमा क्लाइभले शुक्रकीट दान गर्ने कार्य आफ्नो भ्यानबाट गर्छन् । अब भने बेलायतको इजाजतपत्र प्राप्त क्लिनिकबाट मात्र खरिद गर्नुपर्ने कडा निर्देशन जारी गरेको छ । यसले गर्दा लिने र दिने दुवैलाई स्पर्म डोनेसनको प्रभाव र महत्वबारे जानकारी गराउन सकिने प्राधिकरणले बताएको छ ।

यो पनि
बेहुलाले मण्डपमै थप्पड हानेपछि बेहुलीले गरिन् देवरसँग विवाह
भारतमै पहिलो ‘मेटाभर्स’ विवाह



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested