English

भारतमै पहिलो ‘मेटाभर्स’ विवाह



कोभिड १९ का कारण अहिले मानिसहरुले धमाधम विवाह रद्द गरिरहेका छन् । तर, भारतको एउटा जोडी भने नितान्तै नौलो ढंंगले वैवाहिक बन्धनमा बाँधिने घोषणा गरेको छ । तमिल नाडुका दिनेश शिवकुमार पद्मावती र जनगननधिनी रामाश्वामी मेटाभर्सका माध्यमबाट विवाह गर्न लागेका हुन् ।

महामारी बढेपछि राज्य सरकारले सरकारले बढीमा १०० जनालाई मात्र विवाहमा सहभागी हुन अनुमति दिएको छ । तर, आगामी महिना हुने भर्चुल रिसेप्सनमा उनीहरुले दुई हजारलाई निम्तो दिएका छन् । ह्यारी पोटरका प्रशंसकसमेत रहेको यो जोडीले एउटा जादुमय पार्टी आयोजना गर्दैछन्, जहाँ अतिथिहरु फोन, ट्याबलेट वा ल्यापटपमार्फत सहभागी हुन सक्नेछन् ।

‘महामारीले गर्दा ठूलो संख्यामा मानिसह्ररुको भौतिक उपस्थितिसहितको वास्तविक भोज सम्भव छैन्,’ दिनेश एसपी नामलेसमेत चिनिने पद्मावतीले सीएनएनलाई भने, ‘तसर्थ यसलाई मेटाभर्स बनाउने निर्णय गर्‍यौं ।’

‘महामारीले गर्दा ठूलो संख्यामा मानिसह्ररुको भौतिक उपस्थितिसहितको वास्तविक भोज सम्भव छैन्,’ दिनेश एसपी नामलेसमेत चिनिने पद्मावतीले सीएनएनलाई भने, ‘तसर्थ यसलाई मेटाभर्स बनाउने निर्णय गर्‍यौं ।’

मेटाभर्स भनेको भर्चुअल वातावरणलाई थ्रीडीमा प्रस्तुत गर्नु हो, जहाँ प्रयोगकर्ताहरु भेला हुन र अन्तरक्रिया गर्न सक्छन् । यसमा प्रयोगकर्ताहरूले डिजिटल अवतारमा एक अर्कालाई भेट्न सक्छन् । यसमा हरेक व्यक्तिको आफूजस्तै देखिने डिजिटल अवतार हुन्छ ।

क्रिप्टोकरेन्सीमा रुची राख्ने २४ वर्षीय दिनेशले स्टार्टअप प्लेटफर्म टार्डीभर्ससँग सहकार्य गरेर आफ्नो विवाह गर्ने स्थलमा ह्यारीपोर्टर शैलीको महल निर्माण गरेका छन् ।

कानुनी विवाह भौतिक रुपमा नजिकका साथीभाइ र छिमेकीका अगाडि तमिलनाडुको कृष्णगिरी जिल्लाको रामाश्वामी गाउँमा हुनेछ । यसपछि सो जोडी उनीहरुको भोजमा सहभागी हुन लग अन गर्नेछन्, जसलाई डिजाईन, डेभलप र होस्ट गर्न एक लाख ५० हजार भारु लाग्नेछ । एक घन्टा लामो सो कार्यक्रममा नवविवाहित जोडीले अतिथिलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नेछन् ।

‘गत अप्रिलमा मेरा हुनेवाला ससुरा वुवा बित्नु भयो,’ पद्मावती भन्छन्, ‘तसर्थ, मैले उहाँको जस्तै ३ डी अवतार सृजना गर्दैछु । उहाँले म र मेरा हुनेवाला पत्नीलाई आर्शीवाद दिनुहुनेछ । यसलाई हामीले मेटाभर्समा मात्र प्रस्तुत गर्न सक्छौं ।’

डिजिटल उत्सवको अनौठो विशेषता छ । किनकी समारोहमा दिनेशका स्वर्गीय ससुरालाई पनि सहभागी गराइने भएको छ । ‘गत अप्रिलमा मेरा हुनेवाला ससुरा वुवा बित्नु भयो,’ पद्मावती भन्छन्, ‘तसर्थ, मैले उहाँको जस्तै ३ डी अवतार सृजना गर्दैछु । उहाँले म र मेरा हुनेवाला पत्नीलाई आर्शीवाद दिनुहुनेछ । यसलाई हामीले मेटाभर्समा मात्र प्रस्तुत गर्न सक्छौं ।’

यस्तो किसिमको विवाह भारतमा पहिलो पटक आयोजना हुँदैछ । विवाहका लागि दुबै जनाले आफ्ना अभिभावकसँग अनुमति लिइसकेका छन् ।

यो पनि
बेहुलाले मण्डपमै थप्पड हानेपछि बेहुलीले गरिन् देवरसँग विवाह
यो समुदायको अनौठो चलन : अन्त्येष्टिपछि पिउने गर्छन् मृतकको खरानीको सुप



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

स्विट्जरल्यान्डमा भएको जेनेभा मोटर सोमा चिनियाँ बिवाइडी ब्रान्डका दुईवटा मोडलका गाडी टप थ्रीमा परेका छन् । ‘वल्र्ड कार अवार्ड २०२४’ का

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको