English

गाउँभरि बिरामी तर, परीक्षण नै गर्दैनन्



१५ दिनअघि राजविराज नगरपालिका–२ का ४५ वर्षीय सन्तोष यादवलाई उच्च ज्वरो आयो । रुघाखोकी केही थिएन, तर थाम्नै नसक्ने गरी जाडो हुन्थ्यो । कोरोनाको तेस्रो लहर फैलिनु र उनलाई ज्वरो आउनु एकैपटक भयो । उच्च ज्वरो आए पनि उनले अस्पताल गएर परीक्षण गरेनन् । बरु घर नजिकैको औषधि पसलबाट ज्वरो कम गर्ने र दुखाइ रोक्ने औषधि किनेर खाए ।

उनका अनुसार त्यतिबेला कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका अधिकांशमा लक्षण देखिएको थियो । उनले भने– ‘खाना खान त मनै लाग्दैन्थ्यो । जबर्जस्ती अलिअलि खाएर औषधि नियमित खान्थेँ, बाफ लिन्थेँ । तातो पानी खान्थेँ ।’ पीसीआर टेस्ट पनि गराइनँ ।’ उनले थपे, ‘एकपटक पीसीआर टेस्ट गराउने इच्छा लागेको थियो । जाडो र कमजोरीका कारण निस्किनै सकिनँ ।’ परिवारसँगै उनी बसे । उनलाई पाँच दिन ज्वरो लागेर निको भयो । तर, सामान्य अवस्थामा आउन १० दिन लाग्यो ।

उनलाई ज्वरो कम भएपछि आमा, श्रीमती, छोराछोरीलाई पनि पालैपालो ज्वरो आयो । उनीहरूले पनि त्यसैगरी औषधि खाए ज्वरो निको भयो । उनी भन्छन्– ‘पीसीआर टेस्ट र अस्पताल भर्ना गर्नै परेन ।’

उनलाई ज्वरो कम भएपछि आमा, श्रीमती, छोराछोरीलाई पनि पालैपालो ज्वरो आयो । उनीहरूले पनि त्यसैगरी औषधि खाए ज्वरो निको भयो । उनी भन्छन्– ‘पीसीआर टेस्ट र अस्पताल भर्ना गर्नै परेन ।’

राजविराज नगरपालिका–६ कै ४७ वर्षीय नरेश चौधरीलाई पनि २० दिनअघि उच्च ज्वरो आयो । घर नजिकैको फार्मेसीमा गएर उनले पनि उस्तै समस्या सुनाएर फार्मेसी सञ्चालकले दिएको औषधि खाएरै ठीक भए । उनले भने– ‘अस्पताल जानेतर्फ ध्यान नै गएन । तर, एक हप्ता थला परेँ ।’ एक हप्तापछि ज्वरो त निको भयो तर १५ दिनसम्म मुख मिठो नभएको र कमजोरीले सताएको उनको अनुभव छ ।

राजविराज नगरपालिका–२ का ४० वर्षीय सुनील चौधरीको अनुभव पनि यस्तै छ । उनी पनि तीन दिन ज्वरोले थलिए तर कोरोना परीक्षण गर्ने र अस्पताल जाने झन्झटमा लागेनन् । बरु उनीसँगै परिवारका अन्य सदस्यलाई पनि केही दिन ज्वरोले थला पार्यो ।

‘ज्वरोका बिरामी घरघर भए पनि अस्पताल आउने निकै कम छन् । पीसीआर गराएकामध्ये तीन सय हाराहारीमा मात्रै पोजेटिभ देखिएको तथ्यांक छ ।’

पीसीआर गराएकामध्ये तीन सयमा पोजेटिभ

सप्तरीमा कोरोनाको पहिलो र दोस्रो लहरमा भन्दा तेस्रो लहरमा धेरै मानिस बिरामी भए पनि पीसीआर परीक्षण गर्ने र अस्पताल जाने निकै कम रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख दुनियालाल यादवले बताए ।

उनले भने, ‘ज्वरोका बिरामी घरघर भए पनि अस्पताल आउने निकै कम छन् । पीसीआर गराएकामध्ये तीन सय हाराहारीमा मात्रै पोजेटिभ देखिएको तथ्यांक छ ।’

आइसोलेसन केन्द्र रित्तै

कोरोना संक्रमितका लागि बनाएको राजविराजस्थित साई कृष्णाको आइसोलेसन तथा गाउँपालिका, नगरपालिकाद्वारा सञ्चालित आइसोलेसन पहिलो र दोस्रो लहरमा भरिभराउ थिए । तर, यसपटक रित्तै रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् । बिरामी भए पनि पीसीआर परीक्षण गर्ने र अस्पताल जानेको निकै कम रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

यो पनि…
कत्तिको खतरनाक छ ओमिक्रोन ? यस्ता हुन्छन् लक्षण
काठमाडौंमा कोरोना बुस्टर डोज, कहाँ–कहाँ छ खोप केन्द्र ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख गरिएको छ ।

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार