English

गाउँभरि बिरामी तर, परीक्षण नै गर्दैनन्



१५ दिनअघि राजविराज नगरपालिका–२ का ४५ वर्षीय सन्तोष यादवलाई उच्च ज्वरो आयो । रुघाखोकी केही थिएन, तर थाम्नै नसक्ने गरी जाडो हुन्थ्यो । कोरोनाको तेस्रो लहर फैलिनु र उनलाई ज्वरो आउनु एकैपटक भयो । उच्च ज्वरो आए पनि उनले अस्पताल गएर परीक्षण गरेनन् । बरु घर नजिकैको औषधि पसलबाट ज्वरो कम गर्ने र दुखाइ रोक्ने औषधि किनेर खाए ।

उनका अनुसार त्यतिबेला कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका अधिकांशमा लक्षण देखिएको थियो । उनले भने– ‘खाना खान त मनै लाग्दैन्थ्यो । जबर्जस्ती अलिअलि खाएर औषधि नियमित खान्थेँ, बाफ लिन्थेँ । तातो पानी खान्थेँ ।’ पीसीआर टेस्ट पनि गराइनँ ।’ उनले थपे, ‘एकपटक पीसीआर टेस्ट गराउने इच्छा लागेको थियो । जाडो र कमजोरीका कारण निस्किनै सकिनँ ।’ परिवारसँगै उनी बसे । उनलाई पाँच दिन ज्वरो लागेर निको भयो । तर, सामान्य अवस्थामा आउन १० दिन लाग्यो ।

उनलाई ज्वरो कम भएपछि आमा, श्रीमती, छोराछोरीलाई पनि पालैपालो ज्वरो आयो । उनीहरूले पनि त्यसैगरी औषधि खाए ज्वरो निको भयो । उनी भन्छन्– ‘पीसीआर टेस्ट र अस्पताल भर्ना गर्नै परेन ।’

उनलाई ज्वरो कम भएपछि आमा, श्रीमती, छोराछोरीलाई पनि पालैपालो ज्वरो आयो । उनीहरूले पनि त्यसैगरी औषधि खाए ज्वरो निको भयो । उनी भन्छन्– ‘पीसीआर टेस्ट र अस्पताल भर्ना गर्नै परेन ।’

राजविराज नगरपालिका–६ कै ४७ वर्षीय नरेश चौधरीलाई पनि २० दिनअघि उच्च ज्वरो आयो । घर नजिकैको फार्मेसीमा गएर उनले पनि उस्तै समस्या सुनाएर फार्मेसी सञ्चालकले दिएको औषधि खाएरै ठीक भए । उनले भने– ‘अस्पताल जानेतर्फ ध्यान नै गएन । तर, एक हप्ता थला परेँ ।’ एक हप्तापछि ज्वरो त निको भयो तर १५ दिनसम्म मुख मिठो नभएको र कमजोरीले सताएको उनको अनुभव छ ।

राजविराज नगरपालिका–२ का ४० वर्षीय सुनील चौधरीको अनुभव पनि यस्तै छ । उनी पनि तीन दिन ज्वरोले थलिए तर कोरोना परीक्षण गर्ने र अस्पताल जाने झन्झटमा लागेनन् । बरु उनीसँगै परिवारका अन्य सदस्यलाई पनि केही दिन ज्वरोले थला पार्यो ।

‘ज्वरोका बिरामी घरघर भए पनि अस्पताल आउने निकै कम छन् । पीसीआर गराएकामध्ये तीन सय हाराहारीमा मात्रै पोजेटिभ देखिएको तथ्यांक छ ।’

पीसीआर गराएकामध्ये तीन सयमा पोजेटिभ

सप्तरीमा कोरोनाको पहिलो र दोस्रो लहरमा भन्दा तेस्रो लहरमा धेरै मानिस बिरामी भए पनि पीसीआर परीक्षण गर्ने र अस्पताल जाने निकै कम रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख दुनियालाल यादवले बताए ।

उनले भने, ‘ज्वरोका बिरामी घरघर भए पनि अस्पताल आउने निकै कम छन् । पीसीआर गराएकामध्ये तीन सय हाराहारीमा मात्रै पोजेटिभ देखिएको तथ्यांक छ ।’

आइसोलेसन केन्द्र रित्तै

कोरोना संक्रमितका लागि बनाएको राजविराजस्थित साई कृष्णाको आइसोलेसन तथा गाउँपालिका, नगरपालिकाद्वारा सञ्चालित आइसोलेसन पहिलो र दोस्रो लहरमा भरिभराउ थिए । तर, यसपटक रित्तै रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् । बिरामी भए पनि पीसीआर परीक्षण गर्ने र अस्पताल जानेको निकै कम रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

यो पनि…
कत्तिको खतरनाक छ ओमिक्रोन ? यस्ता हुन्छन् लक्षण
काठमाडौंमा कोरोना बुस्टर डोज, कहाँ–कहाँ छ खोप केन्द्र ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

१७ असार, काठमाडौं । काठमाडौंको शहरी जल सुरक्षा सुदृढ बनाउने उद्देश्यका साथ सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण (Artificial Groundwater

Latest










Popular
Suggested