English

कांग्रेसले किन बनायो कार्यसम्पादन समिति ?



शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समिति गठन गरेका छन् । भर्चुअलरूपमा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको हो ।

केन्द्रीय कार्यसमितिको आकार ठूलो भएपछि सभापति देउवाले कार्यसम्पादन समिति गठन गरेका हुन् । कांग्रेसको विधानअनुसार कार्यसम्पादन समिति ४६ सदस्यीय हुने व्यवस्था छ । तर, सभापति देउवाले शुक्रबार ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेका हुन् । बाँकी ११ जना पछि मनोनित गर्ने देउवाले तयारी गरेका छन् ।

कार्यसम्पादन समितिमा पार्टीका पदाधिकारी र ३१ केन्द्रीय सदस्यका साथै पार्टी प्रवक्ता र संसदीय दलको नेता पदेन सदस्य हुने विधानको व्यवस्था छ । कांग्रेसमा कोषाध्यक्ष पद रिक्त छ भने पार्टी प्रवक्ता पनि तोकिसकेको छैन । संसदीय दलको नेता देउवा आफैं भएकाले कांग्रेसको कार्यसम्पादन समिति ४६ सदस्यीय हुनेछ ।

कार्यसम्पादन समितिमा पार्टीका पदाधिकारी र ३१ केन्द्रीय सदस्यका साथै पार्टी प्रवक्ता र संसदीय दलको नेता पदेन सदस्य हुने विधानको व्यवस्था छ । कांग्रेसमा कोषाध्यक्ष पद रिक्त छ भने पार्टी प्रवक्ता पनि तोकिसकेको छैन । संसदीय दलको नेता देउवा आफैं भएकाले कांग्रेसको कार्यसम्पादन समिति ४६ सदस्यीय हुनेछ ।

कार्यसम्पादन समितिमा सभापति शेरबहादुरसहित १३ पदाधिकारीका साथै पूर्वपदाधिकारीलाई पनि समेटिएको छ । पदाधिकारीमा सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री रहेका छन् । त्यस्तै सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, भीष्मराज आङदेम्बे, उमाकान्त चौधरी, महेन्द्र यादव, महालक्ष्मी उपाध्याय डिना, किशोरसिंह राठौंर, बद्री पाण्डे र जीवन परियार रहेका छन् ।

केन्द्रीय सदस्यहरुमा वरिष्ठ नेता रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, चित्रलेखा यादव, डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा. प्रकाशशरण महत, सुनीलबहादुर थापा, डा. शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, डा. नारायण खड्का, जिपछिरिङ लामा, सुजाता कोइराला, एनपी साउद, जीवनबहादुर शाही र आनन्दप्रसाद ढुंगाना कार्यसम्पादन समितिमा अटाएका छन् ।

कार्यसम्पादन समितिले केन्द्रीय समिति बैठक बस्न नसक्ने अवस्थामा विभिन्न विषयमा छलफल गरी निर्णय लिन सक्नेछ। कांग्रेस केन्द्रीय समिति १६८ सदस्यीय हुने व्यवस्था छ। केन्द्रीय समिति सदस्य संख्या धेरै भएपछि कांग्रेसले कार्यसम्पादन समिति बनाएको बताएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारबाट बाट राष्ट्र काे नाम सम्बाेधन गर्दै

यो पनि
स्थानीय तह निर्वाचन ऐन बाझिएको कानुन व्यवसायीको तर्क, संशोधन गर्न सुझाव
एक वर्षभित्र तीनै तहको निर्वाचन गर्ने प्रधानमन्त्रीको घोषणा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । चर्चित सञ्चारकर्मी तथा तीन करोड नेपाली जनताको साझा आवाजका रूपमा परिचित ऋषि धमलाको अध्यक्षतामा “स्वतन्त्र नागरिक अभियान नेपाल”

जेठ ९ । केके मानन्धर ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यपुर थिमि नगर समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । एभरेस्ट

अच्युतकृष्ण शरण:१४ वर्षको वनवासपछि जब भगवान श्री राम अयोध्याको सिंहासनमा आसीन हुनुभयो, त्यतिबेला जनतामाझ माता सीता को पवित्रतामाथि प्रश्न उठ्यो।

प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो ।

Latest










Popular
Suggested