English

धनुष र ऐश्वर्याबीच पुनर्मिलनको कसरत



दक्षिण भारतीय लोकप्रिय जोडी धनुष र ऐश्वर्या रजनीकान्तले गत १७ जनवरीमा सम्बन्धविच्छेदको घोषणा गरे ।

विवाहको करिब १८ वर्षपछि उनीहरूले अलग्गिने निर्णय लिएका हुन् । यो निर्णयले फ्यानसँगै ऐश्वर्याका पिता रजनीकान्त पनि निराश छन् । छोरीको निर्णयबाट चिन्तित बनेका रजनीकान्तले अहिले दुवैलाई मिलाउने प्रयास गरिरहेका छन् ।

समाचारअनुसार रजनीकान्तमाथि छोरीको सम्बन्ध विच्छेदले नराम्रो असर परेको छ । उनी लगातार रूपमा ऐश्वर्यालाई सम्झाइरहेका छन् । उनले छोरीलाई सम्बन्ध विच्छेदअघिकै जस्तो जीवन बिताउन आग्रह गरिरहेका छन् ।

रजनीकान्त ज्वाइँलाई भेट्ने प्रयास गरिरहेका छन् । यद्यपि धनुषले भने रजनीकान्तसँग भेट्न चाहिरहेका छैनन् । उनी रजनीकान्तसँग दूरी बढाइरहेका छन् ।

यता रजनीकान्त ज्वाइँलाई भेट्ने प्रयास गरिरहेका छन् । यद्यपि धनुषले भने रजनीकान्तसँग भेट्न चाहिरहेका छैनन् । उनी रजनीकान्तसँग दूरी बढाइरहेका छन् । धनुष रजनीकान्तको इज्जत गर्ने र उनको भनाइलाई सहज स्वीकार्ने भएकाले पनि धनुष रजनीकान्तसँग छलफलमा बस्न चाहिरहेका छैनन् ।

धनुषका पिता कस्तुरी राजाले छोराबुहारीको सम्बन्ध विच्छेदकै कारण पारिवारिक झगडा भएको बताएका थिए । ‘यो परिवारबीचको झगडा हो । विवाहित जोडीबीच यस्तो भइरहन्छ’, उनले भनेका थिए ।

धनुष र ऐश्वर्या दुवैको परिवारले सम्बन्ध विच्छेदको निर्णयलाई पुनर्विचार गर्न आग्रह गरिरहेका छन् । सम्बन्ध विच्छेदपछि पनि यो जोडी हैदराबादको एक होटलमा बसेका थिए । यद्यपि सम्बन्ध विच्छेदपछि पनि ऐश्वर्याले सामाजिक सञ्जालबाट पतिको नाम हटाएकी छैनन् ।

यो पनि…
‘पुष्पाः द राइज’को हिन्दी भर्सनमा रहेको आवाजको चर्चा, कसको थियो स्वर ?
‘एफएलएफ अवार्ड’ को मनोनयन सार्वजनिक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

काठमाडौं । पत्रकार/गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

Latest










Popular
Suggested