English

अलग्गिए अभिनेता धनुष र ऐश्वर्या रजनीकान्त



साउथ सुपरस्टार एवं रजनीकान्तका ज्वाइँ धनुष र ऐश्वर्या रजनीकान्त साउथ फिल्म शक्तिशाली जोडीका रुपमा चिनिन्छन् । तर, अब यो जोडीले अलग्गिने निर्णय लिएका छन् । साउथ सुपरस्टार रजनीकान्तकी छोरी ऐश्वर्याले धनुषसँग अलग्गिने जानकारी सामाजिक सञ्जालका माध्यमबाट आफ्ना फ्यानलाई दिएकी छन् ।

दुवैको विवाहको १८ वर्ष पुगेको छ । ऐश्वर्या रजनीकान्तका अलावा धनुषले पनि सामाजिक सञ्जालबाट अलग्गिने निर्णय सुनाउँदै आफूहरुको गोपनियताको सम्मान गर्न आग्रह गरेका छन् ।

धनुषले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘हामी १८ वर्ष सँगै रह्यौं । यो समय हामी साथी, आमाबाबु, जोडी र एकअर्काको साथी बनेर बस्यौं । यो यात्रामा हामीले अगाडि बढ्नका लागि एकअर्कालाई सम्झियौं र धेरै कुरा भयो । आज हाम्रो बाटो अलग्गिँदैछ । म र ऐश्वर्या एक जोडीका रुपमा अलग हुँदैछौं । हामी अहिले हरेक विषयलाई अलग–अलग किसिमले सम्झिने कोशिस गरिरहेका छौं । कृपया हाम्रो यो निर्णयको सम्मान गर्नुहोला र गोपनियताको अवसर दिनुहोला’, धनुषले लेखेका छन् ।

धनुष र ऐश्वर्याले सन् २००४ मा विवाह गरेका थिए । उनीहरुको विवाह हुँदा धनुष केवल २१ वर्षका र ऐश्वर्या २३ वर्षकी थिइन् । दुवैको विवाह तमिल रीतिरिवाज अनुसार भएको थियो । उनीहरुको दुई छोरा छन्, एकको नाम यात्रा राजा र अर्कोको नाम लिंगा राजा हो ।
यो पनि
‘पठान’मा स्टन्ट दिँदै दीपिका
यी हुन् बुलेटप्रुफ गाडी चढ्ने बलिउड सेलिब्रेटी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested