English

यी हुन् बुलेटप्रुफ गाडी चढ्ने बलिउड सेलिब्रेटी



बलिउडका सेलिब्रेटीहरू आफ्नो व्यावसायिक कामबाहेक बिलासी जीवन बिताउन उत्तिकै चर्चित छन् । उनीहरू लक्जरी गाडीमा सवार हुन मन पराउँछन् । बलिउडका केही कलाकारसँग त बुलेटप्रुफ गाडी नै छ ।

अभिनेता आमीर खानसँग मर्सिडिज एस ६०० गार्ड नामको बुलेटप्रुफ कार छ ।

यस्तै, बलिउडकी बोल्ड अभिनेत्रीमध्ये एक कंगना रनावतसँग बीएमडब्ल्यू ७ सिरिज गार्ड कार छ । जुन आफैंमा बुलेटप्रुफ हो ।

ग्लोबल स्टार प्रियंका चोपडासँग रोल्स रोयस फेन्टम छ । जुन बुलेटप्रुफ हो । उनी भारत आएको बखत यही गाडीमा यात्रा गर्छिन् ।

बलिउडका किंग खान शाहरूख खानसँग कैयौं बिलासी गाडी छन् । तीमध्ये उनीसँग मर्सिडिज–बेञ्ज एस ६०० गार्ड बुलेटप्रुफ कार छ ।

अभिनेता तथा राजनीतिज्ञ सनी देओलसँग ओडी एड र रेञ्ज रोवर अटोबायोग्राफी जस्ता कैयौं बिलासी गाडी छन् । जबकि, उनलाई मनपर्ने गाडी ओडी हो, किनकि यो बुलेटप्रुफ छ ।

बलिउडका हेन्डसम हंक ऋतिक रोशनसँग मर्सिडिज बेञ्ज बी क्लास गाडी छ । जुन आफैंमा बुलेटप्रुफ हो ।

यो पनि
मलाइकासँग किन दूरी बढाउँदै छन् अर्जुन कपुर ?
कपिल शर्मा तनावमा !



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

Latest










Popular
Suggested