English

‘पठान’मा स्टन्ट दिँदै दीपिका



बलिउड अभिनेत्री दीपिका पादुकोण स्टन्ट दिन रुचाउने कलाकारमा पर्छिन् । उनी आफ्नो स्टन्ट आफैं गर्न रुचाउँछिन् । एथलेट परिवारको पृष्ठभूमिबाट आएकी कारण पनि उनी स्टन्ट दिन डराउँदिनन् ।

दीपिकाले करियरको सुरुवातमा दुई फिल्म ‘ओम शान्ति ओम’ र ‘चाँदनी चोक टु चाइना’ मा दोहोरो भूमिका निभाइन् । अक्षय कुमारको अभिनय रहेको फिल्म ‘चाँदनी चोक टु चाइना’मा उनले केही स्टन्ट दृश्य दिएकी थिइन् ।

यिनै दीपिका सिद्धार्थ आनन्दको फिल्म ‘पठान’मा आफैं स्टन्ट दिँदैछिन् । शाहरुख खान र जोन अब्राहमको समेत अभिनय रहेको यो फिल्ममा शाहरुख केही रिस्की एक्सन देखाउँदैछन् ।

दीपिकाले रजनीकान्तको फिल्म ‘कोचाडैयान’मा दश मिनेटको स्टन्ट दिएकी थिइन् । यो फिल्ममा उनको स्टन्टलाई पिटर हेनले कोरियोग्राफ गरेका थिए । दीपिका पछिल्लोपटक कवीर खानको फिल्म ‘८३’मा क्रिकेटर कपिल देवको श्रीमतीको भूमिकामा देखिएकी थिइन् । यो फिल्ममा अभिनेता रणवीर सिंहले कपिल देवको भूमिका निर्वाह गरेका थिए ।

यो पनि
यी हुन् बुलेटप्रुफ गाडी चढ्ने बलिउड सेलिब्रेटी
‘जी ले जरा’मा कटरिना र विकी अनुबन्धित



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested