English

‘पठान’मा स्टन्ट दिँदै दीपिका



बलिउड अभिनेत्री दीपिका पादुकोण स्टन्ट दिन रुचाउने कलाकारमा पर्छिन् । उनी आफ्नो स्टन्ट आफैं गर्न रुचाउँछिन् । एथलेट परिवारको पृष्ठभूमिबाट आएकी कारण पनि उनी स्टन्ट दिन डराउँदिनन् ।

दीपिकाले करियरको सुरुवातमा दुई फिल्म ‘ओम शान्ति ओम’ र ‘चाँदनी चोक टु चाइना’ मा दोहोरो भूमिका निभाइन् । अक्षय कुमारको अभिनय रहेको फिल्म ‘चाँदनी चोक टु चाइना’मा उनले केही स्टन्ट दृश्य दिएकी थिइन् ।

यिनै दीपिका सिद्धार्थ आनन्दको फिल्म ‘पठान’मा आफैं स्टन्ट दिँदैछिन् । शाहरुख खान र जोन अब्राहमको समेत अभिनय रहेको यो फिल्ममा शाहरुख केही रिस्की एक्सन देखाउँदैछन् ।

दीपिकाले रजनीकान्तको फिल्म ‘कोचाडैयान’मा दश मिनेटको स्टन्ट दिएकी थिइन् । यो फिल्ममा उनको स्टन्टलाई पिटर हेनले कोरियोग्राफ गरेका थिए । दीपिका पछिल्लोपटक कवीर खानको फिल्म ‘८३’मा क्रिकेटर कपिल देवको श्रीमतीको भूमिकामा देखिएकी थिइन् । यो फिल्ममा अभिनेता रणवीर सिंहले कपिल देवको भूमिका निर्वाह गरेका थिए ।

यो पनि
यी हुन् बुलेटप्रुफ गाडी चढ्ने बलिउड सेलिब्रेटी
‘जी ले जरा’मा कटरिना र विकी अनुबन्धित



सम्बन्धित खबरहरु

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

काठमाडौं । साहित्यकार लेखनाथ पोखरेलको नवीनतम् कृति ‘एक रातको बास’ पाठकमाझ आएको छ । यसअघि नियात्रासंग्रह ‘फकलीको गाउँ’, कथासंग्रह ‘मार्बल

भदौ १३ गते । केके मानन्धर ।लोकगायक रत्न (बेहोसी) बज्राचार्यलाई नेपालरत्न सम्मान प्रदान गरिएको छ । नेवाः साधना कला केन्द्रले

Latest










Popular
Suggested