English

धनुष-ऐश्वर्या : अलग हुनुको रहस्य



काठमाडौं । दक्षिण भारतीय अभिनेता धनुष र उनकी श्रीमती ऐश्वर्या रजनीकान्त वैवाहिक जीवनबाट अलग भइसकेका छन्। उनीहरूले गत सोमबार विज्ञप्ति जारी गर्दै आफूहरू अलग्गिएको घोषणा गरे।

यो जोडीले सन् २००४ मा विवाह गरेका थिए। उनीहरूका यात्रा र लिंगा नामका दुई छोरा छन्। उनीहरूनिकट स्रोतका अनुसार विवाहको सुरुवाती दिनदेखि नै यो जोडीबीच खटपट सुरु भइसकेको थियो।

धनुष एकपछि अर्को फिल्ममा व्यस्त थिए। उनी फिल्मको सुटिङका लागि अधिकांश समय घरबाहिर रहन्थे। यो कुरा ऐश्वर्यालाई मन परिरहेको थिएन।

‘धनुष निकै कामकाजी मान्छे हुन्। धनुष कुनै पनि घरायसी कामभन्दा आफ्नो व्यावसायिक कामलाई अगाडि राख्छन्। कैयौं यस्ता उदाहरण छन् कि उनले कामको प्रतिबद्धताका कारण परिवारलाई ध्यान दिन दिएनन् र त्यहीकारण शहरमा र आउटडोर सुटिङका लागि उनी हिँडिरहे’, स्रोतले भनेको छ।

स्रोतले ऐश्वर्यासँग केही खटपट हुनासाथ धनुषले नयाँ फिल्ममा हस्ताक्षर गर्ने गरेको दाबी गरेको छ। यद्यपि अलग्गिनु अघि दुवैले निकै छलफल गरेका थिए। ऐश्वर्यासँग अलग्गिनुअघि उनले फिल्म ‘अतरंगी रे’को सबै काम पुरा गरेका थिए। फिल्म हिट भएपछि उनले अलग्गिने निर्णय लिए।

अलग्गिए पनि उनीहरूले दुई छोराको रेखदेख सँगै गर्नेछन्। उनीहरूमध्ये कोही एकले कस्टडीको माग गरेका छैनन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

काठमाडौं । पत्रकार/गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

Latest










Popular
Suggested