English

धनुष-ऐश्वर्या : अलग हुनुको रहस्य



काठमाडौं । दक्षिण भारतीय अभिनेता धनुष र उनकी श्रीमती ऐश्वर्या रजनीकान्त वैवाहिक जीवनबाट अलग भइसकेका छन्। उनीहरूले गत सोमबार विज्ञप्ति जारी गर्दै आफूहरू अलग्गिएको घोषणा गरे।

यो जोडीले सन् २००४ मा विवाह गरेका थिए। उनीहरूका यात्रा र लिंगा नामका दुई छोरा छन्। उनीहरूनिकट स्रोतका अनुसार विवाहको सुरुवाती दिनदेखि नै यो जोडीबीच खटपट सुरु भइसकेको थियो।

धनुष एकपछि अर्को फिल्ममा व्यस्त थिए। उनी फिल्मको सुटिङका लागि अधिकांश समय घरबाहिर रहन्थे। यो कुरा ऐश्वर्यालाई मन परिरहेको थिएन।

‘धनुष निकै कामकाजी मान्छे हुन्। धनुष कुनै पनि घरायसी कामभन्दा आफ्नो व्यावसायिक कामलाई अगाडि राख्छन्। कैयौं यस्ता उदाहरण छन् कि उनले कामको प्रतिबद्धताका कारण परिवारलाई ध्यान दिन दिएनन् र त्यहीकारण शहरमा र आउटडोर सुटिङका लागि उनी हिँडिरहे’, स्रोतले भनेको छ।

स्रोतले ऐश्वर्यासँग केही खटपट हुनासाथ धनुषले नयाँ फिल्ममा हस्ताक्षर गर्ने गरेको दाबी गरेको छ। यद्यपि अलग्गिनु अघि दुवैले निकै छलफल गरेका थिए। ऐश्वर्यासँग अलग्गिनुअघि उनले फिल्म ‘अतरंगी रे’को सबै काम पुरा गरेका थिए। फिल्म हिट भएपछि उनले अलग्गिने निर्णय लिए।

अलग्गिए पनि उनीहरूले दुई छोराको रेखदेख सँगै गर्नेछन्। उनीहरूमध्ये कोही एकले कस्टडीको माग गरेका छैनन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो

सहरका स्थानीय रैथाने चिनियाँ नयाँ वर्षको उमंगमा उर्लिरहेका बेला गत आइतबार हङकङेली नेपालीहरूको लामै लर्को भने युङ लङ थिएटरतर्फ सोझिएको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य