English

बिहान सेक्स गर्नुका फाइदा



आजको दौडधुपको जीवनमा प्रायः मानिसहरू घण्टौँसम्म काम गर्छन् । जसका कारण घर फर्किने क्रममा यति धेरै थकित हुन्छन् कि घर पुग्नासाथ खाना खाई गहिरो निद्रामा डुबेका हुन्छन् । यो दैनिक दिनचर्याले धेरैको यौन जीवनमा असर गरिहेको हुन्छ । धेरैपटक मानिस तनाव र चिन्ताका कारण सेक्सप्रति उदासिन पनि देखिन्छ । सेक्सले तनाव कम गर्नुका साथै मुडमा पनि सुधार गर्छ । धेरैजसो मानिसहरू राति सेक्स गर्न रुचाउँछन् । तर, रातिको सट्टा बिहान सेक्स गर्नु स्वास्थका लागि फाइदाजनक हुन्छ ।

तनावमुक्त हुन्छ

बिहान सेक्स गर्दा शरीरमा ‘अक्सिटोनिस’ नामक तनाव कम गर्ने हर्मोन निस्कन्छ । जसले तनाव कम गर्न र मुड ठीक गर्न मद्दत गर्छ । यदि, तपाई आफ्नो दिनलाई राम्रोसँग शुरु गर्न चाहनुहुन्छ भने, बिहान सेक्स गर्ने बानी बसाल्नुहोस् ।

छालालाई चम्किलो बनाउँछ

बिहानको समयमा पुरुषहरूमा कामवासना बढाउने टेस्टोस्टेरोनको स्तर दु्रतगतिमा बढाउँछ । जसले लिंगमा कठोरता निम्त्याउँछ । बिहान यौन सम्पर्क गर्दा रोग लाग्ने सम्भावना कम हुन्छ र छालामा अद्भूत चमक पनि आउँछ ।

एक्सरसाइज राम्रो हुन्छ

बिहान यौनसम्पर्क गर्नु भनेको यो कुनै एक्सरसाइजभन्दा कम होइन । वास्तवमा बिहान हावामा अक्सिजनको मात्र बढी हुन्छ र यस समयमा यौनसम्पर्क गर्दा मानिसले ठूलो सास फेर्छ । जसका कारण अक्सिजन सजिलै फोक्सोमा पुग्छ । यसबाट मन शान्त रहन्छ र हृदयाघातको खतरा पनि धेरै हदसम्म कम हुन्छ ।

प्रतिरक्षा बढाउँछ

बिहान सेक्स गर्दा शरीरमा ‘इम्युनोगोविन ए’ नामक एन्टिबडी उत्पादन हुन्छ । जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । यसबाट अन्य ३० प्रतिशत रोगहरू पनि कम हुन्छ र मानिसलाई लामो समयसम्म निरोगी बनाउँछ ।

वीर्यको गुणस्तर राम्रो हुन्छ

एक अनुसन्धानका अनुसार बिहान यौनसम्पर्क गर्दा पुरुषमा वीर्यको गुणस्तर १२ प्रतिशतले बढ्छ । विशेष गरी गर्भधारणमा समस्या हुने महिलाले बिहान यौन सम्र्पक गनुपर्छ । यसले गर्भधारणको सम्भावना बढाउँछ । र यौनसम्बन्धी धेरै समस्याबाट छुटकारा दिलाउँछ ।

यो पनि…
कोभिड भ्याक्सिनपछि शारीरिक सम्पर्क कति सुरक्षित ?
विवाहअघि सोध्नुहोस् यी कुरा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

स्विट्जरल्यान्डमा भएको जेनेभा मोटर सोमा चिनियाँ बिवाइडी ब्रान्डका दुईवटा मोडलका गाडी टप थ्रीमा परेका छन् । ‘वल्र्ड कार अवार्ड २०२४’ का

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।