English

सुरक्षित यौनसम्पर्कका लागि १० टिप्स



यौनसम्पर्कको समयमा यी कुराहरुमा ध्यान दिनुभयो भने सुरक्षित यौनसम्पर्कको लागि सहयोग पुग्ने छ ।

– यौनसम्पर्कको बेलामा पानी वा सिलिकन लुर्बिकेन्ट्सको प्रयोग गर्नुहोस् । भ्यासलिन वा तेलको प्रयोग गर्नु हुँदैन ।
– गर्भनिरोधक औषधी, हर्मोनल इन्जेक्सन, कपरटी आदिको उपयोग गरेर गर्भ रहदैन तर यसले यौन रोगबाट बचाउँदैन ।
– यदि असुरक्षित यौन सम्पर्क भएको छ भने तुरुन्त गर्भनिरोधक औषधीको प्रयोग गर्नुहोस् । औषधी सेवन गर्न जति ढिला भयो गर्भ रहने सम्भावना त्यत्ति नै धेरै हुन्छ ।
– बारम्बार आकस्मिक गर्भ निरोधक औषधीको प्रयोग गर्नु हुँदैन । गर्भनिरोधक औषधीको विषयमा आवश्यक जानकारी लिएर मात्र प्रयोग गर्नु पर्छ ।
– यौनसम्पर्क पहिले प्राइभेट पार्टहरुलाई राम्ररी सफा गर्नुपर्छ ।
– कुनै पनि यौन रोगको लक्षण देखिएको छ भने यौनसम्पर्क गर्नु हुँदैन ।
– एउटा पार्टनरसँग मात्र यौनसम्बन्ध राख्नुपर्छ । धेरै जनासँग यौनसम्बन्ध राख्दा विभिन्न रोग लाग्न सक्छ ।
– महिनावारी भएको बेला यौनसम्पर्क गर्दा पनि गर्भनिरोधकको उपायहरु अपनाउनु पर्छ । महिनावारीको बेला यौनसम्पर्क गर्दा गर्भ रहदैन भनेर सोच्नु गलत हो ।
– गर्भनिरोधक औषधीको सेवन गर्दा नियमित रुपमा गर्नु पर्छ । अनियमित रुपमा यसको प्रयोग गर्दा यो प्रभावकारी हुँदैन ।
– यौन स्वास्थ्यको बारेमा एकदमै सचेत हुनुपर्छ । केही समस्या छ भने यौन साथीलाई खुलेर बताउनु पर्छ ।

यो पनि पढ्नुहोस् :
यी देशमा यस्ता छन् सेक्स सम्बन्धि अनौठा नियम
सुप बनाउन काटेर टुक्रा बनाइएको कोब्राले डसेपछि सेफको मृत्यु
गाईले नब्याउँदै दूध दिन थालेपछि…

जसले १०० शवसँग यौन सम्पर्क गरे



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ युथ फोरमको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान गरौं, जीवन बचाऔं”

चैत १८, काठमाडौं। नेपालकै प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ(किओच) लाई पाँच करोड आर्थिक

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

Latest










Popular
Suggested