जसले १०० शवसँग यौन सम्पर्क गरे



बेलायतका एक व्यक्तिले कम्तिमा १०० शवसँग यौन सम्पर्क गरेको स्वीकारेका छन् । दुई महिलाको हत्या गरेको आरोपमा १० वर्षअघि पक्राउ परेका डेभिड फुलरले आफूले काम गर्ने अस्पतालका मुर्दाघरका शवसँग घृणित कार्य गरेको स्वीकारेका हुन ।

फुलरले सन् १९८७ मा वेन्डी नेल र र क्यारोलिन पियर्स नाम गरेका दुई महिलाको हत्या गरेका थिए । उनी सन् २०११ को सेप्टेम्बरमा पक्राउ परेका थिए । फुलरले सन् १९८९ देखि २००० सम्म केन्ट एन्ड ससेक्स अस्पताल र टर्नब्रिज वेल्स हस्पिटलका मुर्दाघरमा ल्याइएका महिलाका शवसँग यौन सम्पर्क गरेका थिए । उनले ११ बर्षीय किशोरीदेखि ८० वर्षीया बृद्धको शवसँग घृणित कार्य गरेका थिए ।

ती अस्पतालका मुर्दाघरमा उनले १२ वर्षसम्म इलेक्ट्रिसियनको रुपमा काम गरेका थिए । उनी राति अबेरसम्म काम गर्थे । एक पीडितकी आमाले एउटा सनसनीपूर्ण अन्तर्वार्तामा फुलरले आफ्नो २४ वर्षीय छोरी अजार केमेलको शवलाई टनब्रिज वेल्स हस्पिटलमा पटक पटक बलात्कार गरेको बताएकी छिन् । २४ वर्षीय केमेलको लडेर मृत्यु भएको थियो ।

यो घटना अनुसन्धानका लागि बेलायत प्रहरीलाई २५ लाख युरो खर्च लागेको छ । ६७ वर्षीय फुलरलाई अदालतले आजिवन काराबासको सजाय सुनाएको छ ।

यो पनि पढ्नुहोस् :
यी देशमा यस्ता छन् सेक्स सम्बन्धि अनौठा नियम
सुप बनाउन काटेर टुक्रा बनाइएको कोब्राले डसेपछि सेफको मृत्यु
गाईले नब्याउँदै दूध दिन थालेपछि…



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक व्यक्ति अमेरिकी एयरलाइन्सको एउटा विमानको ल्यान्डिङ गियरमा बसेर  ग्वोमालाबाट अमेरिकाको मियामी पुगेका छन् । शनिबार मियामीमा विमान अवतरण गरेपछि

भारतको उत्तर प्रदेशमा अस्पतालले मृत घोषित गरेका एक व्यक्ति जीवितै देखिएका छन् । एउटा अनौठो घटनामा मृत घोषणा गरेर शवगृहमा

जीवित सर्पले डसेर मानिस को मृत्यु भएको घटना त नेपालमा थुप्रै छन् । तर, मृत सर्पले टोकेर मृत्यु भएको घटना

यौनका विषयमा विश्वका हरेक देशहरुको आ–आफ्नै मान्यता, धारणा, परम्परा तथा कानून छन् । कुनै देश यौनका विषयमा निकै खुला छन्