English

सुप बनाउन काटेर टुक्रा बनाइएको कोब्राले डसेपछि सेफको मृत्यु



जीवित सर्पले डसेर मानिस को मृत्यु भएको घटना त नेपालमा थुप्रै छन् । तर, मृत सर्पले टोकेर मृत्यु भएको घटना हामीले सायदै सुनेका छौं । दक्षिण चीनमा एउटा यस्तो घटना घटेको छ, जसले सबैलाई चकित बनाएको छ । त्यहाँ एक रेष्टुरेन्टका सेफले कोब्रा सर्पको सुप बनाउन कोब्राको टाउको काटेर छुट्टै राखेका थिए । सुप बनाएर २० मिनेटपछि त्यो टाउकोलाई फ्याँक्न खोज्दा उनलाई त्यस कोब्राको काटिएको टाउकोले डस्यो । जसकारण ती सेफको मृत्यु भयो ।

विषालु कोब्रा सर्पको मासुबाट बनेको सुप दक्षिण चीनमा धेरै प्रख्यात छ । यसलाई एक दुर्लभ व्यञ्जनमा गणना गरिन्छ । सेफ पेंग फेनले स्पिटिङ कोब्राको टाउको काटेपछि २० मिनेटमा सुप तयार पारे । त्यसपछि किचन सफा गर्नको लागि सर्पको काटिएको टाउकोलाई डस्टबिनमा फ्याक्न उठाउँदा उनलाई कोब्राले टोकेको हो ।

रेष्टुरेन्टमा आएका ४४ वर्षीय लिन सन भन्छन् ‘म यहाँ मेरी श्रीमतीको जन्मदिनको अवसरमा खाना खान आएको थिएँ । जब अचानक भान्छा भित्र हंगामा भयो । हामीलाई थाहा थिएन कि भित्र के भईरहेको थियो, तर भान्साबाट चिच्याएको आवाज सुनियो ।’

उनले भने, ‘केही समयपछि नै हामीलाई थाहा भयो सेफलाई सर्पले टोक्यो । रेष्टुरेन्टमा भागदौड मच्चियो ।’ हामीले डाक्टरलाई फोन गर्यौ । तर, डाक्टरको टीम आइपुग्दा सेफको मृत्यु भइसकेको थियो । यसप्रकारको घटना एकदमै नौलो भएको उनले बताए ।

विशेषज्ञहरु भन्छन् कि मारिएपछि पनि सर्पले एक घण्टाको लागि प्रतिक्रियाशील व्यवहार गर्न सक्छन् । सर्पको टाउको शरीरबाट अलग भए पनि जीवित रहन्छ । शरीरले काम गर्न छाड्छ । कोब्राको मुखबाट निस्कने थुक एकदमै विषालु हुन्छ । यसको असरले गर्दा आधा घन्टा भित्र मानिसको मृत्यु हुन्छ ।



सम्बन्धित खबरहरु

क्रिकेटलाई भागबन्डा होइन, संरक्षण चाहिएको बेला हो यो । एनपिएलको उद्घाटन समारोहमा फ्लड लाइट बल्दै गर्दा पारस खड्काका आँखा रसाए।

हिन्दूहरुको दोस्रो महान पर्व तिहार । यस पर्वमा काग, कुकुर, गाई, गोरु र दाजुभाईको पूजा गरी पाँच दिन मनाइन्छ ।

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

म्यानचेस्टर युनाइटेडप्रतिको प्रेमलाई संसारकै सर्वोच्च स्थानमा पुर्याउँदै, हङकङमा बसोबास गर्ने नेपाली समर्थक राज गुरुङले यसै वर्ष सगरमाथाको सफल आरोहण गरेका

Latest










Popular
Suggested