English

यी हुन् नियमित च्यवनप्रास खानुका फाइदा



च्यवनप्रास एक आयुर्वेदिक सूत्र हो, जसले प्रतिरक्षा प्रणालीलाई बढाउँछ र शरीरलाई संक्रमणबाट बचाउँछ । दैनिक यसको नियमित सेवनले धेरै स्वास्थ्य लाभ मिल्छ ।

च्यवनप्रास स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र रुघाखोकी जस्ता संक्रमणलाई टाढा राख्छ । च्यवनप्रास धेरै प्रकारका जडीबुटीबाट बनेको हुन्छ । एन्टिअक्सिडेन्टले पनि भरिपूर्ण हुन्छ । कोरोनाभाइरस महामारीको समयमा रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि च्यवनप्रास उपयोगी छ ।

कोरोना भाइरसको संक्रमणको उपचारमा रोग प्रतिरोधात्मक क्षमता बढाउन च्यवनप्रासले सहयोग गर्छ तर, मधुमेहका बिरामीहरूले भने चिनीरहित च्यवनप्रास खानुपर्छ । उच्च रक्तचाप भएका व्यक्तिहरूले पनि यसको सेवन सीमित मात्रामा मात्र गर्नुपर्छ ।

च्यवनप्रास सबै उमेर समूहले सेवन गर्न सक्छन् । बालबालिकाहरूले दैनिक पाँच ग्राम र वयस्कहरूले १० ग्राम सेवन गर्नुपर्छ । यसको सेवन खाना खानुभन्दा एक घण्टाअघि गर्नु उपयोगी हुन्छ ।

च्यवनप्रास सबै उमेर समूहले सेवन गर्न सक्छन् । बालबालिकाहरूले दैनिक पाँच ग्राम र वयस्कहरूले १० ग्राम सेवन गर्नुपर्छ । यसको सेवन खाना खानुभन्दा एक घण्टाअघि गर्नु उपयोगी हुन्छ । यसको सेवन पछि मन तातो दूध वा मनतातो पानीको सेवन गर्दा यसको प्रभावकारिता झन् बढी हुन्छ ।

दैनिक च्यवनप्रास खाँदा के–के फाइदा हुन्छ ?

च्यवनप्रास विभिन्न प्रकारका जडीबुटी, र प्रशोधित खनिजबाट बनाइन्छ । आयुर्वेदिक औषधि सेवन गर्दा धेरै स्वास्थ्य लाभहरू हुन्छन् । परापूर्व कालदेखि नै अमलाबाट बनेको च्यवनप्रासलाई रोग प्रतिरोधात्मक क्षमता र दीर्घायु बढाउने औषधिको रूपमा प्रयोग गर्दै आइएको थियो ।

च्यवनप्रासमा एन्टी एजिङ गुण हुन्छ । भिटामिन, मिनरल र एन्टिअक्सिडेन्ट सप्लिमेन्टहरु भएकोले यो बहुगुणी खाद्यपदार्थ हो ।

श्वास नलीलाई सफा गर्छ ।
– पाचन प्रणालीमा सुधार गर्छ र कब्जियत कम गर्छ ।
– यसले शरीरमा ऊर्जा बढाउँछ ।
– रगतलाई सफा गर्छ र विषाक्त पदार्थलाई बाहिर निकाल्छ ।
रक्तचापलाई सामान्य बनाउँछ ।
– दैनिक गतिविधि र एकाग्रता सुधार गर्न मद्दत गर्दछ ।
– शरीरलाई संक्रमणबाट बचाउन मद्दत गर्छ ।
– जवान बनाउन मदत गर्छ ।
– रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
– शरीरलाई बलियो तथा तन्दुरुस्त बनाउँछ ।

यो पनि…
कत्तिको खतरनाक छ ओमिक्रोन ? यस्ता हुन्छन् लक्षण
काठमाडौंमा कोरोना बुस्टर डोज, कहाँ–कहाँ छ खोप केन्द्र ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,