English

यी हुन् नियमित च्यवनप्रास खानुका फाइदा



च्यवनप्रास एक आयुर्वेदिक सूत्र हो, जसले प्रतिरक्षा प्रणालीलाई बढाउँछ र शरीरलाई संक्रमणबाट बचाउँछ । दैनिक यसको नियमित सेवनले धेरै स्वास्थ्य लाभ मिल्छ ।

च्यवनप्रास स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र रुघाखोकी जस्ता संक्रमणलाई टाढा राख्छ । च्यवनप्रास धेरै प्रकारका जडीबुटीबाट बनेको हुन्छ । एन्टिअक्सिडेन्टले पनि भरिपूर्ण हुन्छ । कोरोनाभाइरस महामारीको समयमा रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि च्यवनप्रास उपयोगी छ ।

कोरोना भाइरसको संक्रमणको उपचारमा रोग प्रतिरोधात्मक क्षमता बढाउन च्यवनप्रासले सहयोग गर्छ तर, मधुमेहका बिरामीहरूले भने चिनीरहित च्यवनप्रास खानुपर्छ । उच्च रक्तचाप भएका व्यक्तिहरूले पनि यसको सेवन सीमित मात्रामा मात्र गर्नुपर्छ ।

च्यवनप्रास सबै उमेर समूहले सेवन गर्न सक्छन् । बालबालिकाहरूले दैनिक पाँच ग्राम र वयस्कहरूले १० ग्राम सेवन गर्नुपर्छ । यसको सेवन खाना खानुभन्दा एक घण्टाअघि गर्नु उपयोगी हुन्छ ।

च्यवनप्रास सबै उमेर समूहले सेवन गर्न सक्छन् । बालबालिकाहरूले दैनिक पाँच ग्राम र वयस्कहरूले १० ग्राम सेवन गर्नुपर्छ । यसको सेवन खाना खानुभन्दा एक घण्टाअघि गर्नु उपयोगी हुन्छ । यसको सेवन पछि मन तातो दूध वा मनतातो पानीको सेवन गर्दा यसको प्रभावकारिता झन् बढी हुन्छ ।

दैनिक च्यवनप्रास खाँदा के–के फाइदा हुन्छ ?

च्यवनप्रास विभिन्न प्रकारका जडीबुटी, र प्रशोधित खनिजबाट बनाइन्छ । आयुर्वेदिक औषधि सेवन गर्दा धेरै स्वास्थ्य लाभहरू हुन्छन् । परापूर्व कालदेखि नै अमलाबाट बनेको च्यवनप्रासलाई रोग प्रतिरोधात्मक क्षमता र दीर्घायु बढाउने औषधिको रूपमा प्रयोग गर्दै आइएको थियो ।

च्यवनप्रासमा एन्टी एजिङ गुण हुन्छ । भिटामिन, मिनरल र एन्टिअक्सिडेन्ट सप्लिमेन्टहरु भएकोले यो बहुगुणी खाद्यपदार्थ हो ।

श्वास नलीलाई सफा गर्छ ।
– पाचन प्रणालीमा सुधार गर्छ र कब्जियत कम गर्छ ।
– यसले शरीरमा ऊर्जा बढाउँछ ।
– रगतलाई सफा गर्छ र विषाक्त पदार्थलाई बाहिर निकाल्छ ।
रक्तचापलाई सामान्य बनाउँछ ।
– दैनिक गतिविधि र एकाग्रता सुधार गर्न मद्दत गर्दछ ।
– शरीरलाई संक्रमणबाट बचाउन मद्दत गर्छ ।
– जवान बनाउन मदत गर्छ ।
– रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
– शरीरलाई बलियो तथा तन्दुरुस्त बनाउँछ ।

यो पनि…
कत्तिको खतरनाक छ ओमिक्रोन ? यस्ता हुन्छन् लक्षण
काठमाडौंमा कोरोना बुस्टर डोज, कहाँ–कहाँ छ खोप केन्द्र ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा सुजुकी गाडीहरूको आधिकारिक वितरक, सिजी मोटोकर्पले आफ्नो बहुप्रतिक्षित पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल (BEV), सुजुकी ई–भिटारा (Suzuki e–Vitara) को

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

इटहरी/ चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको अध्यक्षमा चलचित्र पत्रकार सुबास संकल्प श्रेष्ठ चयन भएका छन् । धरान-१५ स्थित होटल

काठमाडौं– काठमाडौंको स्थापितमध्येको एक शैक्षिक परामर्श केन्द्र ब्रेनब्रिज एजुकेसनले चार हप्ता लामो निःशुल्क करिअर काउन्सिलिङ सेसन सुरु गरेको छ ।

Latest










Popular
Suggested