English

जाडोमा फेसियल गर्दा ध्यान दिनुहोस् यी कुरा



अनुहारको सौन्दर्य कायम राख्नका लागि महिलाहरूले फेसियल गर्ने गर्छन् । तर, जाडोमा फेसियल गराउनुअघि र गराइसकेपछिको अवस्थामा धेरै परिवर्तन आउने गर्छ । जाडोमा छाला निर्जीव र सुक्खा हुने हुँदा जाडोको अवस्थामा तपाईं फेसियल गराउन जाँदा तपाईंले यी कुरामा ध्यान दिनुपर्छ ।

सही फेसियलको छनोट गर्नुहोस्

बढ्दो उमेरसँगै हामीहरूमा प्रायः छालासँग सम्बन्धित धेरै समस्याहरू देखिन थाल्छन् । महिलाहरूको मृत छालाजस्तै धेरै समस्याहरूसँग संघर्ष गर्नुपर्दछ जसले छालालाई नराम्रो असर पार्दछ । यस्तो समस्याहरूबाट समाधान गर्न फेसियल गराउनु राम्रो हुन्छ । वास्तवमा फेसियलले छालालाई कडा बनाउँछ जसले गर्दा तपार्इंलाई जवान र सुन्दर देखाउँछ । तर, फेसियल गर्दा सही र गुणस्तरीय प्रोडक्टको छनोट गर्नुपर्छ ।

फेसियल गर्नुअघि छालाको समस्या ब्युटिसियनलाई बताउनुहोस्

धेरैजसो अनुहारको किटहरूमा भिटामिन ‘ई’ र एन्टिअक्सिडेन्ट गुडहरू छन् भनिन्छ । जसले तपाईंको छालालाई पोषण दिन काम गदर्छ । यस्तो अवस्थामा जाडोमा स्वस्थ राख्नका लागि दुवै तत्व महत्वपूर्ण हुन्छन । फेसियल गनुअघि छालाको समस्या ब्युटिसियनलाई भन्नुहोस् । ब्युटिसियनले तपाईंको समस्यालाई ध्यानमा राखी त्यहीअनुसार तपाईंको फेसियल गराउनेछन् ।

फेसियल गरेपछि यी कामहरू नगर्नुहोस्

फेसियल गरेपछि चर्को घाममा हिँड्नु हुँदैन । फेसियल गरिसकेपछि ब्युटिसियनले अन्तिममा सिरम प्रयोग गर्ने गर्दछन् ताकी छाला हाइड्रेटेड रहन्छ । यस्तो अवस्थामा जबसम्म अवशोसित हुँदैन तबसम्म पार्लर नछोडनुहोस् ।

यसबाहेक जाडोमा फेसियल गरेपछि फेस वाइप, फेस प्याक, फेस प्याक लगाउनु हुँदैन । कम्तिमा दुई दिनसम्म यसो नगर्नुहोस् । फेसियलपछि फेस ओएली देखिएको छ भने चार घन्टापछि मात्रे चिसो पानीले धुनुहोस् ।

यो पनि…
कपाललाई यसरी बनाउनुहोस् लामो र सुन्दर
कपालमा कलर गर्दा नभुल्नुहोस् यी चार कुरा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते शनिबार २५

हरितालिका तीजको अवसर पारेर महिला श्रृजनशील केन्द्रले आयोजना गरिएको ‘‘२१औं डाबर गुलावरी तीज फेस्टिबल–श्रृजनशील उद्यमी मेला २०८१’ आजबाट सुरु भएको

मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आस्माकुमारी केसीले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा

Latest










Popular
Suggested