English

वाफ : रुघाखोकीबाट राहत, अनुहारलाई सुन्दर



काठमाडौं । विश्वभर कोभिड-१९ को संक्रमण बढेसँगै रुघाखोकी लााग्नबाट जोगिन तातो वाफ लिने चलन छ। पानी उमालेर वाफ लिँदा रुघाखोकीबाट राहत पाइनुका साथै अनुहारलाई पनि सुन्दर बनाउँछ।

सामान्यतया रुघाखोकी निको पार्ने उदेश्यले वाफ लिइन्छ । तर,यसबाट अनुहार पनि सुन्दर हुन्छ भन्ने खासै वास्ता हुँदैन। तातो वाफमा केहीबेर बस्नुपर्दा गाह्रो भए पनि रुघाखोकीबाट बच्न र छालाको सौन्दर्य बढाउन यो निकै लाभदायक उपाय हो।

साउना वाथ र स्टिम पनि यसकै ठूलो रुप हो। तर, त्यो खर्चिलो छ। वाफ लिनुको सबैभन्दा सकारात्मक पक्ष भनेको घरमा सहजै यो सुविधा लिन सकिन्छ। कम खर्च र प्राकृतिक पद्धति भएकाले यो सौन्दर्य बढाउने भरपर्दो उपाय मानिन्छ।

छाला सफा

वाफ लिंदा छालाको भित्रसम्म सफा हुन्छ। छालाभित्र जमेका फोहोरलाई यसले निकाल्छ। यस्ता फोहोरले छालाको छिद्र बन्द गरेर चमकलाई घटाउने काम गरेको हुन्छ। वाफ लिंदा छालाका छिद्र खुल्ने भएकाले फोहोर जम्मा भएर बस्न पाउँदैन्। फोहोर निस्केपछि छालाको चमक बढ्छ।

रक्तसंचार सन्तुलन

वाफ लिंदा पसिना आउँछ। त्यसले गर्दा रक्तसंचार सन्तुलित हुुन्छ। वाफको तातोले खुम्चिएका रक्त नलीहरू फुक्छन्। रक्तसंचार सहज भएपछि त्यसले छालालाई पोषण दिन्छ। छालाले अक्सिजनको मात्रा पर्याप्त पाउँछ। त्यसले गर्दा अनुहारमा प्राकृतिक चमक बढ्छ। जुन कुनै सौन्दर्य प्रसाधनले बढाउन सक्दैन।

किटाणुमुक्त
वाफ लिंदा अनुहारमा दाग, धब्बा, डण्डिफोरहरू पैदा गर्ने किटाणुबाट मुक्ति पनि पाइन्छ। छालाका छिद्रहरू खुलेर मृत कोष, फोहोर र व्याक्टेरिया निस्कासन हुने हुँदा अनावश्यक दाग, फोहोर, डण्डिफोरजस्ता समस्याबाट बच्न मद्दत पुग्छ।

टाउको दुख्दैन

वाफ लिने गर्दा सर्दिका कारण हुने गरेको टाउको दुखाई पनि कम हुँदै जान्छ। चिसोबाट जोगिनुका साथै टाउको दुख्ने समस्याबाट पनि वाफ लिंदा आराम पाइन्छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

इटहरी/ विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो ‘एसईई’ यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

Latest










Popular
Suggested