English

पिरियडको बेला सेक्सलाई रमाइलो बनाउन यसो गर्नुस्



महिनावारीको समयमा यौन सम्पर्क राख्नुुहुन्छ कि हुँदैन भन्ने विषयमा विवाहित दम्पत्तिको बहस हुने गरेको छ । तर, कतिपय जोडीलाई पिरियड सेक्स मन पर्छ भने कसैका लागि धार्मिक मान्यताका कारण यसबारे सोच्नसम्म पनि निषेध गरिएको हुन्छ ।

तर, चिकित्सा विज्ञानका अनुसार महिनावारीको समयमा सेक्स गर्नु सामान्य र सुरक्षित हुन्छ । महिनावारीको समयमा सेक्स गर्दा महिलामा उत्तेजित हुने स्तर सामान्य दिनको तुलनामा धेरै हुने गरेको पनि पाइएको छ ।

यदि, दुवैले प्रयास नगरेको तर, यसको बारेमा उत्सुक हुनुहुन्छ भने यस्ता केही जानकारी महत्वपूर्ण हुनसक्छ ।

तातो पानीमा नुहाउनुहोस्

महिनावारीको समयमा यौन सम्र्पक गर्नु असहज हुन सक्छ । विशेषगरी, महिलाहरूले यस्तो समयमा तातो पानीले नुहाउनुपर्छ । नुहाउँदा रगत सफा हुन्छ र क्लिोटोरिसमा थप उत्तेजना हुनेछ जसका कारण तपाईं राम्रो चरम उत्तेजित हुन सक्षम हुनुहुनेछ ।

ओछ्यानका लागि विशेष तयारी गर्नुहोस्

तपाईलाईं पिरियड सेक्सको चाहना छ भने आत्तिनुपर्ने अवस्था केही छैन । सावधानी अपनाएर सफा आफ्नो ओछ्यान तयार गर्नुहोस् । यसमा गाढा रंगको बेडसिट प्रयोग गर्नुहोस् । गाढा रंगको बेडसिटले गर्दा सेक्सको मुड राम्रो हुन्छ ।

सुरक्षा अपनाउनुहोस्

महिनावारी चलिरहेको छ वा छैन भन्ने कुराले फरक पार्दैन । यदि, तपाईं दुवैले बच्चा चाहनुहुन्न भने पिरियड सेक्स गर्दा सुरक्षालाई नर्बिसनुहोस् । किनकि, कहिलेकाहीँ महिनावारीको समयमा महिलाहरू असुरक्षित यौनसम्पर्कले गर्भवती हुन सक्छन् । त्यसैले, कन्डमको प्रयोग गर्नलाई बिर्सनु हुँदैन ।

यो पनि
गर्भावस्थामा सेक्स गर्दा यी कुरामा ध्यान दिऔं
लामो समयसम्म यौन आनन्द लिन यसो गर्नुहोस्



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो

काठमाडौंका धीरज बस्नेत र आर्थिक बस्नेत पुरुष समलिङ्गी जोडी हुन् । उनीहरूले ६ महिनाअघि विवाह गरे । करिब डेढ वर्षको

‘रक्तदान महादान, रक्तदान जीवनदान’ भन्ने नारालाई आत्मसात गर्दै बुटवलस्थित भिमसेन नेवाः मयजु पुचले शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ

पुरुषबाट महिला बलात्कार भएका घटना थुप्रै सुनिन्छ । तर, महिलाले पुरुषलाई बलात्कार गरेको घटना खासै सुनिँदैन/बाहिर आउँदैन । के महिलाले