English

एलिना चौहानका फ्यान चुम्बन गर्नेदेखि सिरानीमा फोटो टाँस्नेसम्म



पछिल्लो समय चर्चामा रहेकी गायिका हुन् एलिना चौहानकालीप्रसाद बाँस्कोटाको आवाज रहेको गीत ‘इन्स्टाको फोटो’ कभरमा (जवाफ) दिएर गाएको गीतबाट उनले धेरै चर्चा कमाउन सफल भइन् । त्यसपछि उनका गीतहरू लगातार हिट भए ।

पाँच दर्जन बढी गीतमा स्वर दिइसकेकी एलिनाका ‘मिनिरल वाटर’, ‘कुरा काट्ने मान्छेले काटून्’, ‘छेकेर माया छेकिन्न’, ‘मेरो परान’ लगायतका गीत चर्चित छन् । गीतहरू हिट भएलगत्तै उनको फ्यानहरू पनि ह्वातै बढेका छन् । आफ्ना धेरै फ्यानहरूमध्ये केही अनौठा फ्यानलाई उनी यसरी सम्झिन्छिन् :

सिरानी तथा भित्ताभरि मेरो फोटो टाँस्ने फ्यान

हेटौंडामा एक जना फ्यान हुनुहुन्छ सुस्मिता खड्का जसले सिरानीमा मेरो फोटो प्रिन्ट गर्नुभएको छ । उहाँको कोठाको भित्ताभरि पनि मेरो फोटो टाँस्नुभएको छ । उहाँ मलाई अलि अनौठो लाग्छ । धेरै फ्यानहरू मैले म्यासेजको रिप्लाई गरिन घमन्डी भनेर रिसाउनुहुन्छ । व्यस्तताको कारण मैले रिप्लाई नगर्दा पनि ती फ्यानले भने बारम्बार म्यासेज गरिरहनु हुन्छ ।

धेरै टिकटकहरूमा मेन्सन पनि गर्नुभएको रहेछ । एकपटक उहाँले मेन्सन गर्नुभएको भिडियो मैले हेरेँ त्यसमा उहाँले कोठाभरि मेरो फोटो टाँसिएको देखाउनुभएको रहेछ । रिप्लाई नगर्दा पनि उहाँले लगातार गरेको माया देखेर धेरै खुसी लाग्यो र केही समय अगाडि मैले उहाँलाई भेटेँ ।

अँगालो हालेर चुम्बन गर्ने फ्यान

केही समयअघिको कुरा हो । एउटा कार्यक्रमको शिलशिलामा दिल्ली गएको थिएँ । त्यहाँ स्टेजमा गीत गाइरहेको बेला एक जनामाथि स्टेजमाथि नै आउनुभयो र मलाई अंगालो हाल्नुभयो । गालामा चुम्बन पनि गर्नुभयो । कार्यक्रम सकाएर म होटलमा फर्किएँ । होटलमा पुगेर ऐना हेर्दा त मेरो गालाभरि लिपिस्टिकको दाग रहेछ ।

मेरै नामबाट टिकटक आइडी बनाएर चलाउने फ्यान

एक जना महिला फ्यान नै हुनुहुन्छ जस्ले मेरो नामको टिकटक आईडी बनाउनुभएको छ । उहाँको नाम आरोही हो । टिकटकमा मेरै फोटो, मेरै गीत र मेरै अन्तरवार्ता राख्नुहुन्छ । मेरो हरेक नयाँ गीत निक्लिनेबित्तिकै शुभकामना तथा प्रतिक्रिया दिनुहुन्छ । फेसबुकको हरेक फोटोमा कमेन्ट गर्नुहुन्छ । उहाँ पनि मलाई अलि अनौठो लाग्छ ।

‘बरीलै’ गीत सुनेर मात्र खाना खाने भाइ

एक जना सानो फ्यान हुनुहुन्छ जस्ले मेरो बरीलै गीत नसुनी खाना नै खानु हुन्न रे । उहाँको मम्मिले मलाई धेरैपटक फोन म्यासेज गरिरहनुहुन्छ । मेरो छोरो तपाईंको गीत नसुनी खाना नै खाँदैन के गर्ने होला भनेर गुनासो पनि गर्नुहुन्छ । ती सानो भाइ पनि मेरो अनौठो फ्यानभित्र नै पर्छन् ।

यो पनि पढ्नुहोस् :
ज्योती भन्छिन्– ‘फ्यानले ओठमा किस गर्दा बान्ता आयो’
सोनिकाका फ्यान– सुनको सिक्री गिफ्ट दिनेदेखि झम्टेर रुनेसम्म



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

हङकङमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ युथ फोरमको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान गरौं, जीवन बचाऔं”

Latest










Popular
Suggested