English

यस्ता छन् फुटबल खेलाडी सुजल श्रेष्ठका ४ अनौठा फ्यान



लोकप्रिय नेपाली फुटबल खेलाडी सुजल श्रेष्ठले नेपाली फुटबल टिममा ११ वर्ष बिताइसकेका छन् । केही समय नेपाली फुटबल टिमको क्याप्टेनसमेत रहेका उनलाई फुटबल प्रेमी धेरै दर्शकहरूले माया गर्छन् । २०१९ मा भएको साफ च्याम्पियनसिपमा नेपाललाई गोल्ड मेडलसमेत दिलाउन सफल श्रेष्ठको फ्यान फलोइङ एकदमै राम्रो छ । उनको स्वास्थ्यको कारण पछिल्ला केही खेलहरूमा उनले सहभागिता जनाउन नपाए पनि उनको प्रशंसकहरू घटेका छैनन् । धेरै फ्यानहरूमध्ये आफ्ना केही अनौठा फ्यानलाई उनी सम्झिरहन्छन् ।

उनका धेरै अनौठा फ्यान त मेरो छैनन्, तर एक जना फ्यान छन् जापानमा जसले उनलाई असाध्यै माया गर्छन् । उनलाई समय समयमा फोन म्यासेज गरेर चिन्ता व्यक्त गरिरहन्छन् । एक नेपाली जो कामको सिलसिलामा विदेशमा बसे पनि देश र देशका खेलाडीप्रति गरेको माया देखेर उनलाई खुसी लाग्छ । उनले जापानमा रहेर पनि फुटबललाई एकदमै माया गर्छन् । छुट्टीमा नेपाल आउँदा ती फ्यानसँग श्रेष्ठको भेट पनि भएको छ । उनलाई भेटेर ती फ्यान असाध्यै खुसी भएका थिए । त्यसैले, ती फ्यानलाई उनी शुभचिन्तक भन्न रुचाउँछन् ।

फ्यानहरूको माया व्यक्त गर्ने तरिका बेग्ला–बेग्लै हुन्छ । त्यस्तै, करिब तीन चार वर्षअघिको कुरा हो एक जना फ्यानले सुजलको चित्र बनाएर फ्रेम गरेर उनलाई उपहारस्वरूप दिएका थिए ।

फ्यानहरूको माया व्यक्त गर्ने तरिका बेग्ला–बेग्लै हुन्छ । त्यस्तै, करिब तीन चार वर्षअघिको कुरा हो एक जना फ्यानले सुजलको चित्र बनाएर फ्रेम गरेर उनलाई उपहारस्वरूप दिएका थिए । ती फ्यानको बसाइ दुबईमा थियो । तर, नेपाल आएको बेला उनको जन्मदिनको अवसर पारेर एकदमै राम्रो चित्र बनाएर उपहारस्वरूप दिएका थिए । त्यसैले, उनलाई पनि सुजल सधैँ सम्झन्छन् । फ्यानले दिएको उपहार उनले एकदमै जतन गरेर राखेका छन् ।

सुजलको अर्को एक जना फ्यान पनि अलि अनौठा नै छन् । ‘म तपाईंको एकदमै ठूलो फ्यान हुँ’ भनेर उनलाई पटक–पटक म्यासेज गर्थे ती फ्यानले । व्यस्तताको कारण श्रेष्ठले ती फ्यानलाई म्यासेजको जवाफ भने दिएका थिएनन् । एक पटक ती फ्यानले म्यासेजमा उनलाई एउटा फोटो पठाएका रहेछन् । ती फ्यानले श्रेष्ठको जस्तै हेयर स्टाइल बनाएका थिए । ‘दाइ म तपाईंको फ्यान भएकोले तपाईंको जस्तै हेयर स्टाइल बनाएको’ भनेर म्यासेज पनि छोडेका थिए ।

ती फ्यानलाई पनि उनी सधैँ सम्झन्छन् । श्रेष्ठ कतारमा बसेको बेला समय मिल्ने बित्तिकै ती फ्यानले उनलाई धेरै पटक कतार घुमाएका छन् ।

धेरै वर्ष अघिको कुरा हो खेलकै सिलसिलामा उनी कतार गएका थिए । प्रायः फुटबल अभ्यासमा नै व्यस्त हुने भएकोले बाहिर गएर घुम्ने समय पाएका थिएनन् । कतारमा एक जना फ्यानले फोन गरेर उनलाई खाना खान निम्तो दिए । ती फ्यानको निम्तो स्विकार्दै उनी खाना खान गए । त्यहाँ उनको भेट फ्यानको परिवारसँग पनि भयो । उनले फ्यानको परिवारबाट पनि आफ्नै परिवारको सदस्य जस्तै माया पाए । त्यसैले, ती फ्यानलाई पनि उनी सधैँ सम्झन्छन् । श्रेष्ठ कतारमा बसेको बेला समय मिल्ने बित्तिकै ती फ्यानले उनलाई धेरै पटक कतार घुमाएका छन् ।

यो पनि पढ्नुहोस् :
स्वप्न सुमनका फ्यान: स्कुटरमा गिफ्ट छोड्नेदेखि स्टेजमा गुलाफ फ्याँक्नेसम्म
ज्योती भन्छिन्– ‘फ्यानले ओठमा किस गर्दा बान्ता आयो’
सोनिकाका फ्यान– सुनको सिक्री गिफ्ट दिनेदेखि झम्टेर रुनेसम्म



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested