English

कानुनले घटायो वृद्धाआश्रममा ज्येष्ठ नागरिक



स्थानीय तहले स्थानीयस्तरमा व्यवस्थापन गर्दा पशुपतिस्थित वृद्धाश्रममा ज्येष्ठ नागरिकको सङ्ख्या घटिरहेको छ । जम्मा २३० जना क्षमताको सो आश्रममा पहिले क्षमता जतिकै सङ्ख्यामा ज्येष्ठ नागरिक भए पनि अहिले त्योभन्दा आधा सङ्ख्यामा रहेको समाज कल्याण केन्द्र, वृद्धाश्रम (पशुपति) कार्यालयले जनाएको छ ।

पाँच/छ वर्ष पहिले सङ्घीयता कार्यान्वयनमा आएसँगै यहाँ आउने ज्येष्ठ नागरिक कम भइरहेको कार्यालयका प्रमुख ओमप्रकाश पाण्डेले बताए । उनले भने, ‘सङ्घीयता कार्यान्वयन भएपछि ७५३ स्थानीय तहमा नै ज्येष्ठ नागरिकका लागि कतै आश्रम कतै हेरचाह केन्द्र र कतै दिवा खाजा केन्द्र रहेकाले यहाँ रहेको सङ्ख्या घटीरहेको छ ।’

विस्तारै घट्दै गएकाले अहिले आश्रममा १०२ ज्येष्ठ नागरिक रहेका छन् । यो सरकारले सञ्चालन गरेको एक मात्रै ज्येष्ठ नागरिक आश्रम हो । देशभरमा गैरसरकारी संस्थाले पहिलेदेखि नै आश्रम सञ्चालन गर्दै आएका थिए । अहिले धेरै स्थानीय तहले पनि ज्येष्ठ नागरिकका लागि आश्रम र हेरचाह केन्द्र सञ्चालन गरिरहेका छन् ।

उमेर ६० वर्ष पुगेको हुनुपर्ने र असहाय नागरिकलाई स्थानीय तहले आश्रयका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई सिफारिस गर्दछ ।

उमेर ६० वर्ष पुगेको हुनुपर्ने र असहाय नागरिकलाई स्थानीय तहले आश्रयका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई सिफारिस गर्दछ । स्थानीय तहले यो व्यक्तिलाई सहायता गर्ने व्यक्ति र सम्पत्ति छैन भनेर मन्त्रालयमा सिफारिस गर्छ । उनले भने, ‘मन्त्रालयले यहाँ सिफारिस गरेर पठाएपछि राखिन्छ ।’

६० वर्ष उमेर पूरा भएकामध्ये कतिपय हिँडडुल नै गर्न नसक्ने, कतिपय अपाङ्गता भएका र कतिपय मानसिक समस्या रहेका छन् । असहाय र अपाङ्गता भएका ज्येष्ठ नागरिकको स्याहारका लागि सुसारे, कुचिकार, भान्छेलगायत दरबन्दी रहेको प्रमुख पाण्डेले बताए । ज्येष्ठ नागरिकको हेरचाह, खानपिन, उपचारसँगै अतिरिक्त क्रियाकलापको समेत व्यवस्थापन गरिरहेको उनले बताए ।

सामान्य उपचारका लागि यहाँ नै स्वास्थ्यकर्मी छन् भनेर ठूलो समस्या हुँदा सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज लैजाने गरिएको उनले बताए । उनले भने, ‘अस्पतालसँगको सम्झौताअनुसार निःशुल्क उपचार गर्छ ।’ अहिले यहाँ मानसिक स्वास्थ्यमा समस्या भएका आठ/नौ जना छन् । नियमितरुपमा पाटनस्थित मानसिक अस्पतालमा लगेर औषधि खुवाइरहेको उनले बताए ।

कोभिडको जोखिम रहेकाले पहिले जसरी स्वास्थ्य सुरक्षामा ध्यान दिइने प्रमुख पाण्डेले बताए । सङ्क्रमण बढेपछि यहाँ बाहिरी जमघट कम गर्ने उनले बताए । ज्येष्ठ नागरिक एउटै भान्सामा खाना खानुपर्ने हुँदा जोखिम भएकाले ध्यान दिइएको छ ।

अहिले यहाँ ४० जिल्लाका ज्येष्ठ नागरिक छन् । उनीहरुमध्ये अधिकांशको सन्तान नभएको प्रमुख पाण्डेले बताए । यहाँ भएका ज्येष्ठ नागरिकले कतिपयको सन्तान भएको बताउने गरेका छन् । ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ आउनु पहिले यहाँ सन्तान भएका पनि रहेका थिए ।

अहिलेसम्म कार्यविधिका कारणले सन्तान भएकालाई नराखिएको भए पनि आगामी दिनमा कार्यविधि संशोधन गरेर राख्न सकिने उनले बताए ।


त्यतिबेला आएका कतिपय अझै पनि छन् । पहिले भएकालाई हटाउन नमिले पनि अहिले ऐनअनुसार सन्तान भएकालाई राखिएको छैन । छोराछोरी छन् तर हेर्दैनन् भने पनि अहिलेसम्म राख्न नमिल्ने उनले बताए । उनले भने, ‘अहिलेसम्म सन्तान भएकालाई राख्न पर्यो भनेर सिफारिस पनि आएको छैन ।’

स्थानीय तहले मन्त्रालयमा सिफारिस गर्दा नै छोराछोरी नभएकालाई गर्दै आएको छ । अहिलेसम्म कार्यविधिका कारणले सन्तान भएकालाई नराखिएको भए पनि आगामी दिनमा कार्यविधि संशोधन गरेर राख्न सकिने उनले बताए । सन्तान नभएकासँगै दिनभर बस्न चाहने र सडकमा भेटिएका असहायलाई आश्रममा ल्याउन आवश्यक रहेको कार्यालयले जनाएको छ ।

गोठाटारमा सरकारले निर्माण गर्ने आश्रममा एकाथरी सन्तान नभएका बुबाआमा, सडकमा बेवारिसे, अर्को सन्तान रहेर पनि हेला गरेका र अर्को दिवा सेवा केन्द्र आश्रय दिने योजना छ । कतिपय ज्येष्ठ नागरिकसँग सम्पत्ति भए पनि उनीहरु कानुनी लडाईं लड्न नसक्दा लिन नसकिरहेको प्रमुख पाण्डेले बताए ।

यो पनि…
संगीतमा दंग ज्येष्ठ नागरिक
‘ज्येष्ठ नागरिक ज्ञान र अनुभवका खानी हुन्’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested