English

संगीतमा दंग ज्येष्ठ नागरिक



युवा भविष्यको खोजीमा सहर पसिरहँदा वृद्धाश्रम जस्तै बनेको गाउँहरूलाई केही रमाईलो तथा उल्लासमय बनाउनको लागि भूमिकास्थान नगरपालिकाले भजनकृतन सामग्री हस्तान्तरण गरेपछि खिमबहादुर केसी दंग छन् ।

‘अब त गाउँ रमाइलो हुन्छ,’ नगरस्तरीय ज्येष्ठ नागरिक समन्वय समितिका अध्यक्षसमेत रहेका केसीले भने, ‘दिनभर कहाँ पुगेर समय कटाउने भन्ने चिन्ता हुन्थ्यो, अब केही सजिलो हुने भयो ।’

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले हरेक वडाहरूमा वडास्तरीय ज्येष्ठ नागरिक समन्वय समिति गठन गरी बाँसुरी, मजुरा, मादल लगायतका सामग्रीहरू वितरण गरेपछि दिनभर टोलाएर बस्ने वृद्धवृद्धाहरूमा केही खुसीको राहत पुग्ने अपेक्षा नगरपालिकाले लिएको छ ।

‘वृद्धाअवस्थामा एक्लै रहने ज्येष्ठ नागरिकहरूको सक्रिय जीवनयापनको लागि सहयोग होस् भन्नका लागि भजनकृतन सामग्री हस्तान्तरण गरेका हौं’, थापाले भने, ‘अब टोलटोलमा बुवा आमाहरू भेला हुनुहुनेछ, अनि नाचगान रमाइलो गर्नुहुनेछ ।’

‘गाउँहरूमा बुढाबुढीमात्र हुनुहुन्छ । दिनभर कहाँ गएर भुल्ने भन्ने समस्या छ,’ भूमिकास्थान नगरपालिकाका नगरप्रमुख रेशम थापाले भने, ‘एक्लै हुँदा वृद्धवृद्धामा आउन सक्ने स्वास्थ्य समस्या कम गर्नका लागि पनि यी सामग्रीहरू दिइएको हो ।’

‘वृद्धाअवस्थामा एक्लै रहने ज्येष्ठ नागरिकहरूको सक्रिय जीवनयापनको लागि सहयोग होस् भन्नका लागि भजनकृतन सामग्री हस्तान्तरण गरेका हौं’, थापाले भने, ‘अब टोलटोलमा बुवा आमाहरू भेला हुनुहुनेछ, अनि नाचगान रमाइलो गर्नुहुनेछ ।’

नगरपालिकाले खिमबहादुर केसीको अध्यक्षतामा नगरस्तरीय ज्येष्ठ नागरिक समन्वय समिति गठन गरेको छ । जसको उपाध्यक्षमा खिमबहादुर चुदाली, सचिवमा तारा बेल्वासे, कोषाध्यक्षमा पार्वता शारु लगायत छन् ।

यो पनि…
आलुले पनि बनाउँछ आत्मनिर्भर
तेजाब आक्रमणमा परेकी मुस्कान खातुनको बायोपिक बन्ने



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

Latest










Popular
Suggested