English

दुई जनाको मृत्यु हुँदा थपिए यति कोरोना संक्रमित



नेपालमा पछिल्लो २४ घण्टामा ८४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार ८४८ जनामा गरिएको परीक्षणमा ८४१ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७८४ जनाको एन्टिजेन परीक्षण गर्दा २२४ जनामा संक्रमण देखिएको छ । यी मध्ये २७ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन विधिबाट गरिएको १२ हजार ६३२ परीक्षणबाट १ हजार १६७ जनामा कोभिड संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पीसीआर परीक्षणमा ८ लाख ३२ हजार ५८९ जनामा संक्रमण देखिएको छ ।

२४ घण्टामा २२४ जना संक्रमणमुक्त भएका छन् । यो सँगै निको हुनेको संख्या ८ लाख १४ हजार २ सय ३० पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या २ रहेको छ । कोरोनाबाट हालसम्म ११ हजार ६०४ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमित संख्या ६ हजार ७५५ जना छन् ।

२४ घण्टामा ४५ हजार ४९३१ जनाले खोप लगाएका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यो पनि…
जाडोमा छालाको हेरचाह कसरी गर्ने ?
यी हुन् फोक्सो क्यान्सरका कारण र लक्षण, कसरी बच्ने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

आफ्नो बिमारी साथीलाई कुरुवा बस्न महाराजगञ्ज स्थित शिक्षण अस्पताल पुगेका ज्ञानबहादुर लामाको टि–सर्टमा रगतको छिटा देखेपछि अस्पतालमा कार्यरत एक नर्सले